बाराको कलैयामा २०२७ सालमा जन्मिएकी सुनिता गौतम स्व. रामराज गौतम र स्व.माहालक्ष्मी गौतमको स्नेही सन्तान हुन् । शिक्षित र सम्पन्न परिवारमा जन्मिएकी उनको विवाह २५ वर्ष अगाडी चन्द्रपुरका नेत्र अधिकृत शैलेष पौडेलसंग भएको हो । विगत लामो समयदेखि जिवन विज्ञान प्रतिष्ठान काठमाण्डौं चावेलमा आबद्ध भई सामाजिक कार्यमा सक्रृय सुनिता एक छोरा र एक छोरीकी आमा समेत हुन् । गृहिणी महिलाको दायराभन्दा बाहिर गई जिवन विज्ञान प्रतिष्ठानमा आवद्ध उनी जिवनलाई गहन ध्यान एवं साधनाको माध्यमबाट आन्तरिक र बाह्य दुवै रुपमा विकसित बनाउन तत्पर छन् । जीवनविज्ञानका बारे प्रशिक्षक समेत रहेकी सुनिता गौतम पौडेलसंग गरिएको बिशेष कुराकानी ः
१) योग, साधना भनेको के हो ?
योग भनेको आफूमै जोडिनु हो । साधरण भाषामा यसलाई योगा भन्छांै । तर यो योगा होइन । योग हो । हामी जुन साधना (ध्यान) गर्छौं । ध्यानबाट नै हामीले परमात्मा भेटछांै । आफूले आफैलाई भेट्छौ भने हाम्रो आफ्नो बुझाइ छ । योग गर्दा खेरी निश्चित आसनमा बसेर आफैलाई हेर्दै–हेर्दै जान्छौ र हामी परमात्मासम्म पुग्ने प्रयास गर्छौं । समग्रमा बुझनु पर्दा हाम्रो शरीरलाई मनसंग जोड्छांै र मनलाई परमात्मासंग जोड्ने जुन प्रयास गर्छौं । त्यसैलाई यो भनिन्छ । कुनै पनि कुरा प्राप्ति गर्नको लागि जुन हामी क्रिया गर्छौं त्यो साधना हो ।
२) तपाई कहिलेदेखि र कसरी आवद्ध हुनु भयो ?
म विगत ११ वर्षदेखि यस जिवन विज्ञानमा आवद्ध छु । यो आध्यात्मिक संस्था हो । वीरगंजमा लगभग ६ वर्ष योग विज्ञानको कार्यक्रममा प्रशिक्षण दिदै आएको छु ।
३) यसमा आवद्ध हुन के–कस्ता प्रक्रिया छन् ?
यसमा आवद्ध हुनको लागी सरल छ । कुनै शुल्क छैन । कुनै नाम लेखाउनु पर्दैन । शिविर संचालन भएको ठाँउमा प्रशिक्षण लिन सक्नुहुन्छ । एकपल्ट हेर्नुस् । यहाँलाई चित्त बुझ्छ, मन पर्छ या फाईदा देख्नुहुन्छ भने गर्न सक्नु हुन्छ ।
४) सामाजिक कामलाई निरन्तरता दिन समय व्यवस्थापन कत्तिको सजिलो छ ?
समय सबैसंग उत्तिकै छ । कस्ले कुन कामलाई महत्व दिन्छ । कुन कामलाई प्राथमिक्तामा राखेर काम गर्छ । मलाई लाग्छ मैले गरिरहेको काम समाज अनि प्रदेशकोलागि जरुरी छ । तसर्थ मैले यो योग साधना प्रवाहलाई मेरो प्राण बनाए । अन्य कामहरु हजुरहरु गर्दै हुनुहुन्छ । समय व्यवस्थापन, कुरा कुन कामलाई कत्तिको महत्व दिन्छ । मेरो सोच पहिलेदेखि नै समाज सेवा गर्ने थियो । बिस्तारै बुझ्दै गए समाजमा सेवा परसम्म जान्न अध्यात्ममा साहस, आँट, जोस जिज्ञासा अनि निरन्तरता सबै कारणले प्रशस्त समय छ । पूरा समय अब प्रशिक्षक मित्रहरु मिलि रौतहटलाई योग नगरी बनाउन हरेक नगरपालिकाको वडाहरुमा विशेष शिविर संचालन गर्नेछौं ।
५) समाजमा बढिरहेका हिंसा, बलात्कारलाई ध्यान तथा साधनाबाट परिवर्तन गर्न सकिन्छ ?
हामी मनुष्य आफ्नो वास्ताविक स्वभावमा छैनौं । हामी शरीर समाज र संयोगबाट संचालित छौं । ध्यानको साधनबाट आफ्नो स्वरुप म को हुँ ? म के को लागि जन्मेको हो ? प्रश्न उठ्नुको साथै स्वयम्मा निहित उर्जाको अनुभव पश्चात मनुष्य जे बन्न जन्मेको हो । त्यो बन्छ । यसरी मनुष्यले जब स्वयम्मा पूर्णता पाउँछ । अनि उसले बाहिरको हत्या, हिंसा, बलत्कार र अरुलाई दबाउने, दुःख दिने प्रवृति रोकिन्छ । तर योग साधनाले यो गर्न सम्भव छ । त्यसकालागि योग साधना सुरु गर्नुपर्छ । त्यसपछि मात्र हामीले सोचेको सभ्य समाज निर्माण गर्न सम्भव हुन्छ ।
६) योग र साधनाबाट कसरी प्रत्यक्ष अप्रत्यक्ष फाइदा लिन सकिन्छ ?
योग र साधनाबाट प्रत्यक्ष अप्रत्यक्ष विभिन्न फाइदा लिन सकिन्छ । जस्तै ः उर्जा एवं शक्तिमा वृद्धि, सक्रियता एवं आयु वृद्धि, हृदय, पेट, कम्मर, घुडा एवं शिरको रोगको जोखिममा कटौती, श्वास–प्रश्वासमा सहजता, सोच विचारमा सकारात्मकता, प्रभावकारी एवं सन्तुलित व्यक्तित्वको निर्माण, आत्मविश्वास, नियन्त्रण, निर्णय एवं संकल्प क्षमताको विकास र वर्तमानमा क्षण–क्षण जिउने क्षमता प्राप्ति, दिव्य प्रेमको उदय, साक्षी एवं बोधमा प्रतिष्ठा र आत्मज्ञान प्राप्ति एवं परमात्मामय जीवनमा प्रवेशको समग्र स्वीकार गर्छ ।
७) योग र साधनालाई देशव्यापी बनाउनलाई के गर्न आवश्यक छ ?
केही महिना अघि एक दिवसीय उर्जा ध्यान कार्यक्रम काठमाण्डौंमा राष्ट्रपति एवं गृहमन्त्री लगायत लगभग ३ सय उपस्थितिमा नेपाल सरकारको प्रमुख बीच योग गुरुदेवद्धारा योग साधना चलाइयो । त्यसपछि गृह मन्त्रालयबाट सबै प्रदेशहरुलाई कार्यालयको सुरु गर्नु अघि सहज स्थानमा बसी १५ मिनेट ध्यान गर्न पत्रचार गर्ने निर्णय भएको छ । हामी आफ्नो काम गरिरहेको छौं । अब स्थानीय, प्रदेश अनि केन्द्र सरकारले विशेष ध्यान दिनुपर्छ । योग विधालाई अत्यन्त आवश्यक विधा मान्न सक्नुपर्छ । नेतृत्व वर्गमा बस्नेहरुले सोच्नुपर्ने अवस्था आएको छ । विद्यालयको किताब योग छ । तर शिक्षक छैन । योगको ज्ञान दिन शिक्षकहरुलाई तालिम दिने व्यवस्था सरकारले गर्नुपर्छ । विद्यार्थीहरुले स्वयमा आफूमा भएको क्षमता बोध गर्दै साहसी, जिज्ञासु अनि निडर बनाउन योगले सहयोग गर्छ । विद्यार्थीहरुले विद्यालयमा पाएको योग साधनाले घर, समाज निर्माणमा सहयोग पुग्छ । अब ढिलो नगरौं । तीनै तहको सरकारले अब योगमा विशेष ध्यान दिनुपर्छ । सभ्य, स्वस्थ्य, स्वस्फूर्त अनि संस्कार युक्त समाजको निर्माण गर्न सक्छौं । हामीले गर्नै पर्ने सबैभन्दा आवश्यक काम योग साधनालाई घर, समाज, विद्यालय सबै तिर फैलाउनु पर्छ । अनि मात्र सभ्य समाजको हुन्छ ।
८) योग ध्यानमा आवद्ध हुन इच्छुकलाई के सुझाव दिनुहुन्छ ?
मनुष्य जिवनलाई उत्कृष्ट बनाउन सर्वप्रथम स्वयममा भएको उर्जा बोध हुनुपर्छ । त्यो उर्जा केवल योग साधनाबाट मात्र प्राप्त हुन्छ । योग साधना प्राप्त पश्चात आफ्नो संभावनालाई साकार गर्न सकिन्छ । अनि मात्र जिवनले पूर्णता पाउँछ । जिवनको शिखरमा पुग्न योगलाई बुझ्नुपर्ने भएकोले अब योग साधनालाई सम्मान दिनुपर्छ । हाम्रो अभियान मधेश प्रदेशलाई योगमय बनाउने हो । योग साधना कसरी गर्ने ? कहाँ गर्ने ? कति गर्ने भन्ने कुरा बिस्तारमा हुन्छ । विशेष साधना गर्न काठमाण्डौं जानुपर्छ ।
९) अन्त्यमा एक शब्दमा भन्नुपर्दा जिवन के हो ?
जिवन अवसर हो । यहाँले अवसरमा के गर्न इच्छा छ त्यो गर्न सक्नुहुन्छ । जीवन राम्रो गर्न चाहेमा राम्रो हुन्छ सक्छ । खराब बाटो रोज्नु भयो भने खराब नै हुन्छ । जीवनलाई आफैले बनाउने हो । योग साधना गरेको ११ वर्ष भयो । ४ वर्षको विशेष साधनाले जिवन सुन्दर भएको छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना