वीरगंज, पुस २२
चार बुंदे निर्णय पारित गर्दै प्रेस चौतारी नेपाल पर्सा शाखाको पहिलो बैठक सम्पन्न भएको छ । पर्सा अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले नयाँ कार्य समितिलाई निर्वाचित गर्ने जिम्मेवार व्यक्तिहरुलाई धन्यवाद ज्ञापन, खाता संचालनमा नयाँ नेतृत्वका जिम्मेवार व्यक्तिको सहभागीता, चौतारीको कार्यालय व्यवस्थापन र यसै महिना भित्र एउटा वनभोज गर्ने लगायतका निर्णय गरेको हो ।
बैठकले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिदै पुस १३ गते सम्पन्न बिशेष अधिवेशन सफल पार्न सहयोग गर्ने चौतारीका केन्द्रिय अध्यक्ष, महासचिव, एमाले प्रचार प्रसार बिभागका सचिव, प्रचार विभागका केन्द्रिय सदस्यहरु, संगठनका केन्द्रिय सचिव तथा मधेश प्रदेश ईन्र्चाज, पार्टीका केन्द्रिय सदस्य, पार्टीका पर्सा अध्यक्ष, चौतारीका केन्द्रिय सदस्यहरु, पर्सा ईन्र्चाज, चौतारी पर्साका पुर्व अध्यक्षहरु, चौतारीका अग्रजहरु, पार्टीका नेतागण लगायत चौतारीका सबै सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
बैठकले नयाँ कार्य समितिले बैंक खाता संचालन गर्न कोषाध्यक्षको अनिवार्य हस्ताक्षर हुनेगरी अध्यक्ष र सचिव मध्ये एकको पनि हस्ताक्षर हुने गरी बैंक खाता संचालन गर्ने पनि निर्णय गरेको छ । यसैगरी बैठकले चौतारी पर्सा शाखाको कार्यालय संचालनको लागि उपाध्यक्ष राजेन्द्र सिंह, सह सचिव धन्नजय मिश्र र कोषाध्यक्ष संतोष पटेललाई उपयुक्त ठाँउ खोजी गरी कार्यालय व्यवस्थापन गर्न जिम्मेवारी तोकेको पनि निर्णय गरेको छ । बैठकले आगामी पुस २८ गते चौतारीका सम्पूर्ण सदस्यहरु सहभागी हुने गरी एउटा वनभोज कार्यक्रम गर्ने पनि निर्णय गरेको चौतारी पर्साका सचिव राकेश साहले बताए ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा सम्पन्न बैठकमा उपाध्यक्षद्वव राजेन्द्र सिंह, निलम पन्त, सचिव राकेश साह, सह सचिव धन्नजय मिश्र, कृष्णा कुशवाहा, कोषाध्यक्ष संतोष पटेल, सदस्यहरु राम कुशवाहा, एस.के चौरसिया, आरोहण साह, रश्मिराज भण्डारी, पन्नालाल साह, राजन कुमार सिंह, शोभा धमला, कृष्णा श्रीवास्तव, शेख सजाद हुसेन, राजु प्रसाद साह, नविन कार्की, बलिराम यादव, कमला भण्डारी लगायतको उपस्थिती रहेको थियो ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना