१) हाडजोर्नीमा कस्ता खालका रोगहरु देखापर्छ ?
दुई वटा हाडहरु जोडिएको ठाउँलाई जोर्नी भनिन्छ । जोर्नीहरु धेरै खालका समस्या आउँछन् । जोर्नीमा हुने समस्याहरु मध्येमा सबै भन्दा बढी समस्याहरु ओस्ट्रियो अर्थोराइटिस्ट, रुमाटोड अर्थोराइटिस्ट र युरिक एसिडका समस्याहरु देखिन्छ । ओस्ट्रियो अर्थोराइटिस्ट, जुनसुकै जोर्नीमा पनि हुन सक्छ । तर धेरै चल्ने जोर्नीहरुमा प्राय गरेर घुडा र हिपमा हुने गर्दछ । जोर्नीमा हुने इन्फ्लामेसनलाई ओस्ट्रियो अर्थोराइटिस्ट भनिन्छ । यो उमेर अनुसार सम्बन्धित हुन्छ । मानिस ४० वर्षको उमेर काटेपछि बिस्तारै जोर्नीमा हुने कार्टिलेज बन्ने प्रक्रियामा कम हुन्छ । अर्थात जोर्नीका हड्डीहरु खिइदै गएर यस्ता समस्याहरु देखिन्छ ।
२) ओस्ट्रियो अर्थोराइटिस्टका लक्षणहरु के हुन् ?
जोर्नीहरुमा दुखाई बढी हनु, जोर्नीहरुको बाहिरी भाग सुन्निनु, ओस्ट्रियो अर्थोराइटिस्टका लक्षण भएका जोर्नीहरु सिधा हुन्छ । चलाउन, खुम्च्याउन गाह्रो हुन्छ । घुडामा ओस्ट्रियो अर्थोराइटिस्ट भएमा हिड्दा खेरी घुडामा खट्क–खट्क आवाज आउँछ ।
३) ओस्ट्रियो अर्थोराइटिस्ट समस्याबाट कसरी हुन्छ ?
कुनै मानिसमा कार्टिलेज नै कम बन्छ । यसको समस्या ४० वर्ष काटेपछि हुन्छ । यो जोर्नीमा बढी प्रेसर हुदाँ हड्डीहरु चाँडो खिइन्छ । जोर्नीमा प्रेसर कम पर्दा हड्डीहरु कम खिइन्छ । जो मानिसको तौल बढी छ उसलाई पनि यस्तो समस्या हुन्छ । एथलेक्टिस् खेलाडीहरुमा खेल्दा खेरी चोटपटक लागेमा, जो मानिसहरु बसेर काम गर्छ , खुट्टाहरु धेरै चलाउँछ । ओस्ट्रियो अर्थोराइटिस्ट समस्या हुन्छ ।
४) ओस्ट्रियो अर्थोराइटिस्ट समस्याबाट कसरी बचाउने ?
सबै भन्दा पहिला ओस्ट्रियो अर्थोराइटिस्टको कुनै उपचार छैन । यसलाई बचाउने तर्फ जानुपर्छ । यसमा हुने दुखाइ कम गर्ने, हरेक मानिसले आफ्नो वजन कम गर्ने , तौल कम छ भने घुडाको कसरत गर्ने , जसले घुडाको मांसपेसीहरु बलियो हुन्छ । इन्फाल्मेसन कम गर्न डाक्टरको सल्लाह गरेर पेन किलर खानु पर्छ । यो समस्या ग्रेड १,ग्रेड २ मा छ भने पेन किलर खाएर ,कसरत गरेर ठिक हुन्छ । ग्रेड ३ मा छ भने पेन किलर खाँदा पनि दुखाई कम नहुने, जतिबेला पनि दुखिरह्यो, कार्टिलेज बन्न कम भयो भने घुडाको जोर्नी फेर्नु नै पर्छ । तर पनि घुडाको जोर्नी फेर्दा १० वर्षसम्म मात्र काम गर्छ । यो अन्तिम चरणको उपचार हो ।
५) ओस्ट्रियो अर्थोराइटिस्ट हुँदाको पहिलो चरणमा कस्ता समस्या देखिन्छ ?
हिड्दा खेरी दुख्ने, सिडी चढदा दुख्ने , खुट्टा खुम्च्याएर बस्दा दुख्ने, कहिले काही सुन्निने समस्याहरु देखापर्छ । यस्तो भएमा जाँच गर्ने , एक्स–रे गर्ने, सिटी गर्ने कत्तिको परिवर्तन भएको छ । त्यो अनुसार बचाउ गर्नुपर्छ । वृद्ध अवस्थाको सुरुवात भएपछि कार्टिलेज बन्न कम हुन्छ । समस्याहरु देखिन्छ । यस्तो समस्या कुनै आमाबुबामा छ भने छोराछोरीमा पनि हुन सक्छ ।
६) ओस्ट्रियो अर्थोराइटिस्टमा कस्ता खाना खानु पर्छ ?
ओस्ट्रियो अर्थोराइटिस्ट खानेकुरासंग सम्बन्धित हुदैन । यो कुनै खान खाएर बढ्ने वा घट्ने भन्ने हुदैन । ओस्ट्रियो अर्थोराइटिस्ट भएका मानिसहरुले क्याल्सियम भएका खानेकुराहरु बढी खानुपर्छ । यसमा स्वस्थ्य खानेकुरा बढी खानु पर्छ ।
७) जोर्नीका समस्याबाट बच्न के गर्ने ?
हामीले जोर्नीहरु दुख्ने बित्तिकै शंकाको भरमा औषधी किनेर खानु हुदैन । हामीले जाँच गराएर कुन खालको समस्या हो पहिचान गरेर मात्र औषधी खानु पर्छ । समयमा नै जाँच गरेर उपचार गरे ओस्ट्रियो अर्थोराइटिस्ट पहिलो चरणमा नै कसरत र औषधीको सेवनबाट ठिक हुन सक्छ ।
८) यसको जाँचकोलागि उपचार कत्तिको महङ्गो छ ?
अहिले सरकारी अस्पतालमा पनि सजिलै उपचार गर्न सकिन्छ । यसको जाँच धेरै खर्चिलो छैन । पहिला जुन भागमा दुखेको छ । त्यसको एक्स–रे गर्नुपर्छ । हड्डीहरु खिएको छ छैन एक्स–रेबाट पत्ता लाग्छ । सुन्निएको छ भने रगतको जाँच गर्नुपर्छ । रगतको जाँचबाट युरिक एसिड छ छैन पत्ता लगाउन सकिन्छ । इनफ्लामेसन जाँचको लागि इ एस आर गर्नु पर्छ । समयमा नै जाँच गरेर कस्तो खालको समस्या हो छुट्याउन सकिन्छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना