१.लालबाबु प्रसाद चौरसिया (स्थानीय)
वीरगंज – २४
मधेश प्रदेशमा लागु औषध प्रयोगकर्ता बढ्नुको मुख्य कारण हाम्रो प्रदेशको बोर्डर एकदम खुल्ला भएकोले हो । बोर्डर खुल्ला हुनाले युवाहरु वा अन्य मानिसहरुले लागु औषधको ओसार पोसार गर्ने काममा बढी लाग्ने गरेको छ । हामीहरु लागु औषधको सेवन गर्नेहरुलाई प्रहरीले पक्रिएको दिनहुँ जस्तो समाचारमा सुन्दै आएका छौं । यहाँको बच्चाहरु पढे लेखेका भए पनि रोजगार नपाएर पनि लागु औषधको कुलतमा लाग्ने गरेका देखिन्छ । बच्चाहरु आमाबुबाको व्यवहारले आमाबुबाको अनावश्यक बोलीले गर्दा पनि लागु औषधमा बढी लाग्ने गरेका छन् । धेरै युवा तथा बालबालिकाहरु गलत संगतको कारणले गर्दा पनि लागु औषधको सेवन गर्न थाल्छन । स्थानीय सरकारले लागु औषध कम गर्नको लागि युवाहरुलाई जागिरको व्यवस्था गर्नुपर्छ । लागु औषधको बारेमा जनचेतना फैलाउन कार्यक्रम गर्नुपर्छ । गाउँ–गाउँमा जनहितमा जारी पर्चा पम्पलेट टाँसी सचेत गर्नुपर्छ । लागु औषधको बेफाइदाको बारेमा सावधान गराउनु पर्छ । लागु औषधमा प्राय १४ देखि ३० वर्षको बालक तथा युवाहरु लागेको हुन्छ । हाम्रो मधेश प्रदेश त्यसता धेरै संस्थाहरु छन । जसले लागु औषधका कुलतमा लागेका व्यक्तिहरुलाई छुटाउन लागिपरेका छन् ।
२.सुल्ताना खातुन (स्थानीय)
वीरगंज – ८
मधेश प्रदेशमा लागु औषध सेवनकर्ता बढनुको कारण अभिभावकको लापर्वाही हो । अहिलेको समय स्थिति अनुसार लागु औषध प्रयोग गर्नेहरुको आमाबुबाले आफ्नो छोराछोरीमा त्यति ध्यान दिइरहेका छैन । समय अनुसार अहिले बच्चाहरुको संगत बढ्दै गइरहेको छ । अभिभावकहरुले आफ्नो छोरा छोरीहरुलाई पैसाको कमी गरिरहेको छैन । बच्चाहरुले जति पैसा मागे पनि आमाबुबा दिन्छन् । आफ्नो
बच्चाहरु माथि धेरैै विश्वास गर्छन । यसले गर्दा मधेश प्रदेशमा लागुपदार्थ सेवनकर्ता बढिरहेको छ । मोबाइलका बच्चाहरु अनावश्यक कुराहरु सिकिरहेको छ । त्यसै गरी हाम्रो सरकारले पनि यस समस्याको समाधान तिर लिएर जानु पर्छ । यस्ता समस्याहरुको समाधान गर्न स्थानीय सरकारले विशेष योजना बनाउनु पर्छ । अहिले क्याम्पस पढ्ने विद्यार्थीहरुमा पनि लागु औषधको प्रयोग फेसनको रुपमा सेवन गर्ने प्रचलन छ । अभिभावक, शिक्षक, नागरिक समाज सबैले लागु औषधको न्यूनिकरणकालागि जागरुक हुनुपर्छ । खुल्ला सिमाना भएकोले सिमाना सुरक्षा कडा गर्नुपर्छ । नीति नियम विपरित काम गर्नेलाई कार्वाहीको दायरामा ल्याउनुपर्छ ।
३. निशा शर्मा (स्थानीय)
वीरगंज – ७
लागु औषध प्रयोगकर्ता बढ्नुको कारण खुल्ला सिमाना हो । खुल्ला सिमानाको कारण लागु औषधको ओसार पसार र प्रयोग गर्नेको संख्या दिन दिनै बढेको छ । त्यसले गर्दा गलत संगतमा लागेर बच्चाहरुले लागु औषधको ओसार पसार गर्ने र खाने गरेका छ । अहिलेको सानो सानो बच्चाहरु पनि लागु औषधको प्रयोगमा लागेको छ । विद्यालय पढने बच्चाहरु लागु औषधको प्रयोग गरीरहेको छ । आमा बुवाले आफ्नो छोराछोरीहरुलाई धेरै छुट् दिएर र गलत संगतमा परेर लागु औषध प्रयोग गरी रहेको छन् । अहिले अभिभाकहरु पनि धेरै व्यस्त भएको छन् । छोराछोरी के गरिरहेका छन् भन्ने कुरामा भने ध्यान दिन सकेका छैनन् । लागु औषधको दुव्र्यसनको आदत लागेमा छुटाउन भने धेरै समस्या हुन्छ । यसबाट बचाउनको लागी सबै भन्दा पहिला सम्पूर्ण अभिभावकहरुले समयमा नै आफ्नो छोराछोरीमा ध्यान दिनुपर्छ । अनि मात्र यो लागु औषधमा कमी हुन्छ । यसको न्युनिकरण गर्नुकालागि सर्वप्रथम सचेतना कार्यक्रमहरु गर्नुपर्छ । सचेतना कार्यक्रमको लागि स्थानीय सरकारले पनि ध्यान दिनुपर्छ । विद्यालयमा, चोकचोकमा लागु औषध सम्बन्धी कार्यक्रम गरेर अभिभावक तथा नागरिकलाई सचेतना गराउनुपर्छ ।
४.अमन गुप्ता (स्थानीय)
वीरगंज – ६
मधेश प्रदेशमा शिक्षाको स्तर कमजोर छ । धेरै बालकहरुमा चेतनाको अभावले पनि कुलतमा लागेका छन् । धेरै युवाहरु पढेर पनि बेरोजगार नै छन् । लागु औषधको ओसार–पसारमा धेरै पैसा आउँछ भन्ने लोभलालचले गर्दा धेरै मानिसहरु यस्ता काममा लागेको हुन्छ । सिमा नाकामा सुरक्षा निकायहरु अझै कडा गर्नुपर्छ । हरेक बालबालिकाहरुलाई स्थानीय सरकारले राम्रो शिक्षा प्राप्त गर्ने अवसर दिनुपर्छ । बेरोजगार युवाहरुलाई सीपमूलक तालिम दिने व्यवस्था मिलाउनु पर्छ । सरकारले नियम कडा बनाउदाँ केही हदसम्म लागु औषधमा कमी आउन सक्छ । मधेश प्रदेशमा लागु औषध प्रयोगकर्ता बढ्नुको धेरै कारणहरुे छन् । त्यस्ता दुव्र्यसनमा सबै भन्दा बढी युवाहरु नै संलग्न भएको पाइन्छ । त्यस्ता कुलतबाट बचाउन लागु औषध विरुद्धको कार्यक्रमहरु संचालन गर्नुपर्छ । विभिन्न कार्यक्रमहरु गरेर कूलतमा लागेकाहरुलाई यसका नकारात्मक पक्षहरुको बारेमा बताउनु पर्छ ।
५.साहिद अलि (स्थानीय)
वीरगंज – ८
मधेश प्रदेशमा लागु औषध सेवनकर्ता बढ्नुको कारण बच्चाहरु गलत संगत हो । विद्यालयमा एउटा बच्चाले लागु औषध सेवन गरिरहेको छ भने त्यसले धेरै जनालाई बिग्रान सक्छ । कलेजहरुमा पढ्ने धेरै युवाहरुले लागु औषधको सेवन गरिरहेको छन् । खुल्ला सिमाना भएको कारणले लागु औषधको ओसार–पसार गर्ने र सेवन गर्ने भएकोले यिनीहरुलाई सही बाटोमा ल्याउन राज्यको ठूलो हात हुन्छ । नेपालको नै आर्थिक स्थिति कमजोर छ । धेरै युवाहरु पैसा कमाउनको लागि पनि लागु औषधको ओसार पोसार र सेवनमा लागेको पाइन्छ । जसले गर्दा लागु औषधको प्रयोगमा बढ्दै आएको छ । लागु औषधबाट युवाहरुलाई जोगाउन सरकारले बेरोजगारी समस्या समाधान गर्नुपर्छ । नियकलाई कडा बनाउनु पर्छ ।
६. कमल चम्लागाई
वीरगंज,पर्सा
मधेश प्रदेशमा लागु औषध सेवनकर्ता बढ्नुको कारण मुख्यतय सरकार नै दोषी छ । सरकारको कमीकमजोरी नै देखिन्छ । स्थानिय सरकार, मधेश सरकारले वर्षौंनी कार्यक्रमहरु गरेको हुन्छ । कार्यक्रम मात्र गरेर मात्र हुदैन । लागु औषधमा लागेका युवायुवतीहरुलाई रोजगारीको अवसर दिनुपर्छ । सरकारले लागु औषधको कूलतमा लागेका युवायुवतीहरु राष्ट्रको अंग हो । भन्ने कुरा सरकारले सोच्नु पर्छ । सीपमुलक कार्यक्रम गर्नुपर्छ । खुल्ला सिमाना भएकोले बेरोजगारी युवाहरुको संख्या बढ्दै गएको छ । बेरोजगारको कारणले हत्तोत्साहित भएर युवाहरु लागु औषध सेवन गरेको जस्तो लाग्छ । लागु औषध न्यूनिकरणकोलागि लागिपरेका धेरै संस्थाहरु छन् । उनीहरुले पनि संस्था चलाउने काम मात्र गरेर हुदैन । संघ सरकार, प्रदेश सरकार र स्थानीय तहसंग हातेमालो गरेर अगाडी बढ्नुपर्छ । कसरी काम गर्दा लागु औषध सेवनकर्ताहरु न्यूनिकरण गर्ने पहल गर्नुपर्छ । समाजमा पनि लागु औषध प्रयोग कर्ताहरुसंग भेदभाव गर्नाले उनीहरु झन लागु औषध तर्फ जान झनै फस्न सक्छन् । त्यसैले लागु औषध प्रयोग कर्तालाई समाज भित्र राखेर सुधार्ने काम गर्नुपर्छ । रोजगारी नपाएको युवा युवतीहरुले पैसा कमाउनको लागि खुल्ला सिमानाको उपयोग गरेर लागु औषधको ओसार पसार गर्छन । जुन युवाले लागु औषधको ओसार पसार गर्छ । ति युवाहरुले नै लागु औषधको सेवन गर्छ । वीरगंजमा लागु औषध न्यूनिकरण गर्नको धेरै संस्थाहरु खुलेको छ । तर त्यो संस्थाबाट धेरै काम हुन सकेको छैन । मानसिक तनावको कारणले पनि धेरै युवाहरुले लागु औषधको सेवन गर्छन । हामीहरुले विद्यलयहरुमा गएर क्याम्पसहरुमा पनि लागु औषध विरुद्ध जनचेतना फैलाउने काम गर्नु पर्छ । किनभने अहिले सबै भन्दा बढी कलेज र विद्यालयका बच्चाहरु नै प्रयोग कर्तामा आएका छन् ।
७. राजन श्रीवास्ताव
वीरगंज,पर्सा
लागु औषध प्रयोगकर्ता बढ्नुको कारण हाम्रो समाजमा आमाबुबाको लापर्वाही हो । पैसाको लोभ लालचले गर्दा एक मान्छेले अर्को मान्छेलाई पहिला फ्रि मै लागु औषध दिएको हुन्छ । तर जब उसमा त्यस लागु औषधको लत लाग्छ । निःशुल्कमा लागु औषध दिने मान्छे धेरै पैसामा लागु औैषध दिने गर्छ । गलत संगतले गर्दा खेरी पनि धेरै युवाहरु लागु औषधको लतमा परेको छ । समाजिक संजालले गर्दा पनि धेरै मानिसहरुले सेवन गरेका हुन्छन् । त्यही हेरेर नै धेरै बच्चाहरु सिको गर्छन । आमा बुबाले बच्चाहरुलाई मागे जति पैसा दिने, के कामको लागि भनेर सोध खोज पनि नगर्ने भएकोले लुकिछिपि लागु औषधको लतमा फसेको पाइन्छ । आमा बुबाको डरले बच्चाहरु बाहिर गएर लुकेर लागु औषधको सेवन प्रयोग गरिरहेका हुन्छन् । कलेजमा पढ्ने बच्चाहरु आफ्नो गाउँबाट वीरगंजमा घर भाडाको लिएर बस्छन् । साथीहरुको लहैलहैमा परेर लागु औषधको सेवन गर्न सुरु गर्छन् । त्यसैले हरेक आमाबुबाहरुले सचेत हुनुपर्छ । घर बाहिर गएको बच्चाहरुले बेला–बेलामा गएर निगरानी गर्नुपर्छ ।
८. शान्ता गैरे
सिमरा–१,बारा
मधेश प्रदेशमा लागु औषध बढ्नुको धेरै कारणहरु छन् । हाम्रो प्रदेशको खुल्ला सिमाना छ । जसले गर्दा लागु औषध धेरै सजिलोसँग मधेशका जिल्लाहरुमा आउँछ । लागु औषध बेच्ने बाहिरको मानिसहरु बेरोजगार युवाहरुलाई धेरै पैसा कमाउने लोभ लालच देखाएर लागु औषधको ओसार पसार गराइरहेको छन् । यहाँ आफ्नो बिक्री बढाउनकोलागि कलेजको विद्यार्थीहरु र यहाँको युवाहरुलाई पहिला त निःशुल्क दिने गर्छन् । लतमा फसेपछि पैसा नभए दिदैनन् । कतिपय युवाहरु आफू लागु औषध सेवनकोलागि भए पनि यस्ता काममा युवाहरु लाग्ने गरेको पाइन्छ । कतिपय चेतनाको कमी भएर लागु पदार्थको सेवन गरेको छन् । लागु औषधको सेवन गर्नु राम्रो होइन भन्ने बुझेकाले पनि मानसिक तनाब कम गर्ने बाहानामा लागु औषधको सेवन गरेको पाइन्छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना