१.सर्मिला श्रेष्ठ ( व्यापारी )
वीरगंज – ६,माइस्थान
वर्तमान समयमा व्यापारको अवस्था नेपालमा एमदमै कमजोर भएको छ । तर मेरो पार्लर सम्बन्धी समानको व्यवसाय भएकोले अलि ठिक छ । पहिलाको तुलनमा धेरै कम छ । हाम्रो समानहरु धेरै गरेर सिजन अनुसार बिक्री हुन्छ । पार्लरहरुमा ग्राहक आएभने पार्लर चल्ने हो । पालर चलेपछि मात्र हाम्रो व्यपार पनि राम्रो चल्छ । हामी सबै एकअर्कासँग जोडिएका हुन्छौं । त्यसैले नेपालको सबै व्यपारको अवस्था एकैनास भएको छ । पहिला व्यपार ५० प्रतिशत थियो भने वर्तमान आएर त्यहि व्यपार झरेर २० प्रतिशतमा आएको छ । सरकारले पनि यसमा केही योजना गरेको छैन । अब नेपालमा प्राय घरमा मात्र आमा बुबा मात्र हुन्छन् । छोरा, छोरी विदेश जाने सोचमा गइरहेका छन् । हाम्रो नेपालको जनसंख्या पहिला जस्तो व्यपार व्यवसाय गरेर बस्नेहरुको संख्या धेरै घटिसकेको छ । नेपालमा व्यवसाय अवस्था नराम्रो भएर विदेश तिर जाने संख्या बढेको छ ।
२.सुस्मी थापा ( व्यूटिसियन )
वीरगंज –१५
वर्तमान समयमा मेरो व्यपार ठिकै चलिरहकोे छ । तर पहिला जति राम्रो भने छैन । मेरो व्युटिपार्लर नेशनल मेडिकलको नजिकमा भएकोले महिला डाक्टरहरु बढी आउँछन । मेरो पुरानो ग्राहक भएकोले मेरो पार्लरमा नै आउँछन् । तर विगत भन्दा अहिले व्यपारमा धेरैको फरक परेको छ । पहिला ५,६ दिनमा आउने ग्राहक अहिले १०,११ दिनमा आइरहेको छ । अब सबै व्यापार एक अर्कोसँग जोडिएको हुनाले एकले गर्दा अर्कोमा प्रभाव परिरहेको छ । यस्तो अवस्थामा सबैले एकअर्कोको व्यापारमा सहयोग गर्नुपर्छ । हाम्रो स्थानीय सरकारले पनि यहाँको व्यपारीको अवस्था किन यस्तो भएको पत्ता लगाई समस्याको समाधान गर्नुपर्छ । म मेकअपको समान पनि बेच्छु । वर्तमान समयमा हाम्रो व्यापार पनि धेरै कम चल्छ । वीरगंज खुल्ला सिमाना भएको कारण यहाँको सबै मान्छे रक्सौंल समान किन्न जान्छ । जसको कारणले गर्दा यहाँको व्यापार ठप्प भएको छ ।
३.गुड्डु कुमार गुप्ता ( व्यापारी )
वीरगंज – ६,माइस्थान
वर्तमानको समयमा व्यापारको अवस्था राम्रो छैन । सबै व्यवसायको आर्थिक स्थिति कमजोर छ । नेपालमा क्षेत्रको अवस्था एकैनाश छ । काम गर्ने मानिसको तलब पनि बढिरहेको छैन । काम गर्ने मान्छेलाई पनि गाह्रो छ । सबै समानको मूल्य बढेको छ । व्यापार व्यवसाय गर्नको लागि बैंकहरुले ऋण दिएको छैन । आफुले राखेको पैसा पनि झिक्न पनि पाइएको छैन् । बैंकहरुले राम्रोसंग ऋण लगानी गर्ने काम नगर्दा व्यापारीहरुले राम्रो व्यपार गर्न सकेको छैन । वीरगंजको व्यापारीहरुलाई आफ्नो पसलको घरभाडा तिर्न गाह्रो भइरहेको छ । हाम्रो स्थानीय सरकारले यसको लागि कुनै पहल गरेको छैन । यस्तै अवस्था नै भयो भने वीरगंजको सबै सेटरहरु खाली हुने सम्भावना छ ।
४.धर्मलक्ष्मी श्रेष्ठ ( व्यापारी)
वीरगंज – ५
व्यापारको अवस्था ३,४ वर्ष देखि ठिकै थियो तर यो वर्ष भने राम्रो छैन । सबै समानको मात्र मूल्य वृद्धि भएको छ । बढीरहेको छ । आम्दनी बढीरहेको छैन । व्यापार नचलेको कारणले गर्दा धेरै मानिसहरु बेरोजगार भएको छ । व्यपारीहरुको व्यपार नचलेर धेरै पसलमा काम गर्ने कामदारहरुलाई कामबाट हटाएको छ । सरकारले यस्ता उद्योग व्यवसायको विषयहरुमा सोचेर काम गर्नुपर्छ । अहिले पहिलाको भन्दा व्यपार केही भएको छ । वीरगंजको सबै मानिसहरु सामान किन्नकोलागि बाहिर जान्छन् । त्यही समान यहाँ मंहगो पर्छ किनकी हामीलाई समान बाहिरबाट ल्याउँदा भन्सारमा कर धेरै तिर्नु पर्छ । समानको कर तिरेको पनि त्यही समानमा नै जोडिन्छ ।
५.बबिता सिन्हा ( व्यापारी )
वीरगंज – १६,नगवा
अहिलेको समयमा व्यपार राम्रो छैन । मेरो २ नम्बर रोडमा कपडा पसल छ । कपडा पसलको भाडा तिर्नु पर्छ । पसलको घर भाडा पनि तिर्न सकिरहेका छैनौं । पसल बन्द गर्ने अवस्था भएको छ । हाम्रो पसलमा पहिला ३ जना कामदार काम गर्थे । तर अहिले मात्र १ जना कामदारले मात्र काम गर्छ । बिक्री नहुँदा काम गर्ने कामदारलाई तलब दिन नसक्ने भएर नै कामदारहरुलाई हटाएको हो । यहाँ व्यापार नहुनको कारणहरु पनि धेरै छ । यहाँको मान्छेहरु रक्सौल जाने भएकोले पनि वीरगंजको व्यापार बिग्रिएको हो । भरखरै सबै चाडपर्वहरु बितेको छ । सबै चाडपर्वमा पनि सोचे जस्तो व्यपार चलेन । जसको कारणले गर्दा हामीले ल्याएको सबै समानहरु बाँकी नै छ । सरकारले खुल्ला सिमानाहरुलाई अझै कडा गर्नुपर्छ । सामानको भन्सार करको दायरा घटाउनु पर्छ ।
६. सुर्य कुमार ( व्यापारी )
वीरगंज–६,माइस्थान
पहिलेको भन्दा अहिले व्यपारको अवस्था अलि राम्रो भएको छ । धेरै खुशी हुने अवस्था भने छैन । पहिला भन्दा केही सहज भएको छ । महंगाइको कारणले मान्छेले कुनै पनि समान चाहेजति किन्न सकिरहेको छैन । अहिले सरकारले करको दायरा बढाएकोले हरेक सामानमा मंहगो भइरहेको छ । मानिसले आफ्नो इच्छा अनुसारको समान किन्न सकिरहेको छैन । यसमा सरकारले नै पहल गर्नुपर्छ । पहिला एउटा लिबिस्टिकमा २० रुपैयाँ भन्सार थियो । भने अहिले त्यही समानमा ५० रुपैयाँ भन्सार छ । सिधा ५ गुणा बढेर गएकोले पहिला हामीले १ सयमा बेचेको समान अहिले २ सयमा बेच्नु परेको छ । वीरगंजको बजारमा समान किन्ने मानिस हुदैनन् । तर रक्सौलको बजारमा भने वीरगंजको मानिसले भिडले खुट्टा राख्ने ठाउँ हुदैन । सरकारले भन्सार कर घटाएमा समानको मूल्य पनि कम हुन्छ । नेपालमा नै समान पनि सस्तो दिन सकिन्छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना