सोमबार मात्रै प्रहरीले कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट भन्सार छलेर नेपाल भित्र्याइएका अन्दाजी ६ लाख रुपैयाँका सामानसहित १ जनालाई पक्राउ गरेको छ ।
कैलालीको भजनी र धनगढी तथा कञ्चनपुरको कृष्णपुर, लालझाडी र भीमदत्त नगरबाट उक्त मूल्यको सामानसहित १ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कैलालीको भजनी नगरपालिका–४ कुडीबाट अन्दाजी ६० हजार रुपैयाँ बराबरको सुर्ती, प्लाष्टिको झोला, प्लाष्टिकको त्रिपाललगायतका सामान वेवारिसे अवस्थामा बरामद गरिएको छ ।
त्यस्तै, धनगढी उपमहानगरपालिका–३ भन्सार कार्यालय नजिकबाट करिब ५१ हजार मूल्य बराबरको चिनी, प्याज, मैदा, मटर, लेडिज स्विटर, मखमल दोपट्टालगायतका समान वेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मछेली पुल नजिकबाट अन्दाजी ३९ हजार रुपैयाँ बराबरको खेलौना, टफी, मसलालगायत वरामद भएको छ ।
कञ्चनपुरकै भीमदत्त नगरपालिका–१० बिद्युत कार्यालय अगाडी पूर्वपश्चिम राजमार्गबाट अन्दाजी १ लाख २० हजार रुपैयाँको किरानाका सामान, मोटर पार्टस, जुता, चप्पल, खाद्यान्नलगायतका सामान पनि वेवारिसे अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
त्यस्तै, कञ्चनपुरकै लालझाडी गाउँपालिका–४ देखतभुलीबाट १ लाख ८० हजार रुपैयाँको माछा, चिनी, चुरन र मोटरसाईकलसहित कृष्णपुर नगरपालिका–२ वाणीका २३ वर्षीय विजय चौधरीलाई पक्राउ गरिएको प्राप्त जानकारीमा उल्लेख छ ।
प्रहरीका अनुसार लालझाडी गाउँपालिका–४ देखतभुलीबाट नै अन्दाजी १ लाख ५३ हजार रुपैयाँ बराबरको माछा, चिनी, आन्टी नामक स्विट सुपारी र एउटा मोटरसाईकल वेवारिसे अवस्थामा फेला परेको छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना