प्राकृतिक विपति मौन भएर आउँने अनि कोलाहल मच्चाएर जाने प्राकृतिक प्रकोप हो । जो कुन बेला कहाँ र कसरी आउँछ भनेर पुर्व अनुमान लगाउन सकिन्न । यो बेला हावा हुरीको सिजन मानिने समयमको प्रारम्भीक समयको शूरुवातमा नै झण्डै चार दर्जनले ज्यान गुमाउन बाध्य दर्दनाक स्थिती हामीमा आलो छ । भने कयौं परिवार घरवारी विहिन भएका छन् । कतिको हात खुटा भाचिएको, त कतिको अंगभंग भएको दृष्य हाम्रो बिचमा अन्देखा छईन । २०७२ सालमा आएको भयानक दर्दनाक महाभुकम्पको पिडालाई भुल्न नपाउदै, फेरि पनि यस्तो विपत्तिको बज्र सहनु परेको छ ।
भुकम्प पिडित जनताले गुमाएको परिवारीक सुखदका ति खुशिहरु त कहिलै फर्केर आउन सकदैन्, तर बाचेकाहरु बस्ने बासको समेत राम्रो प्रवन्ध हुन नसकिरहेको अवस्था सर्वबिदितै छ । प्रत्येक बर्षमा आउने चैत्र बैशाखको चर्काै घाम, पानि, हुरी बतास सगै बर्षादको मुसल्धरे पानीलाई च्यातिएको पाल अनि भत्कीएको टहरामा नै व्यतित गर्न परेको बिडम्बना कम चानचुने थिएनन् ।
भुकम्पको बेला भौतिक एवंम आर्थिक रुपले सहयोग गर्ने सहयोगि दाताहरुले घोषणा गरेका रकम, खाद्यन्न, लताकपडाको बर्षाद हेर्दा त्यो बेलामा यस्तो लाग्थ्यो कि प्राकृतिक विपतिले सर्वथोक लुटे तापनि जिवित रहनेहरुको लागि भने पुनः यस्तो प्रकोप बाट सोहि अवस्था झेल्न पर्देन भन्ने अनुमान गरेतापनि वास्तविकतामा भने यस्तो हुन सकेन ।
गोदाममा थन्किएको खाद्यन्नका पोका गोदाममै कुहिएर फोहोरको खातमा पुर्याईयो भने लता कपडाको धनि को को बन्यो यकिन सँग बताउन मुश्किल छ उता प्राप्त नगद रकम कहाँ छ , कति कहाँ खर्च भयो र अब के के गर्न सकिन्छ भन्ने कुनै ठोस प्रमाणीक तथ्याङ्ग हामी संग छईन । उति बेलाका सहयोगी दाताहरुले घोषणा गरेको रकम यदि सहि ठाउँमा उपयोग गरिएको भए आज कोई पनि भुकम्प पिढीतले टहरामा रात बिताउन पर्दैन थियो । अब भर्खरै आएको हावाहुरीको कारण पिढीत जनताले पुनः वहि पिढा नदोहोरीएला भन्न सक्ने अवस्था देखिदैन ।
अहिले बारा/पर्साामा आएको हावाहुरीको कारण झण्डै २१०० घर परिवार बेघर भएकाछन् भने घाईतेको संख्या ६०० भन्दा बढी छन् । हुन त पिडितहरुको संघिय सरकार लागि निशुल्क उपचार साथै घर टहरा आगामी आषाढ महिना सम्म बनाउने घोषणा गरिसकेको छ, । प्रदेश सरकारले प्रत्येक मृतक परिवारलाई ३ लाख दिने घोषणा गरिसकेको अवस्था छ, नेकपाका अध्यक्ष पुष्पकमल दहालले ५/५ लाख दिने भनेका छन् यस्तै प्रदेश नं ३ र सुदुरपश्चिम सरकारले १ करोड दिने घोषणा गरेकाछन् यस्तै सहयोग गर्नेमा नेपाली काग्रेश, रा.ज.पा.,,उधोग बाणीज्य संघ,बिभिन्न संघ सस्थाले गर्नै सहयोग थुप्रैछन् । तर पनि पिडितले न्यायचित रुपमा राहत प्रापत गर्न नसक्नु दुखद पक्ष हो ।
हुन त दैविक प्रकोप भनेको अचानक नै आउने प्रकोप भएतापनि संभावनिक खतरालाई कम गर्ने श्रोत र साधनको कमिको कारण साथै बैकल्पीक उपायहरु अपनाउन नसक्दा पनि अत्याधिक क्षति व्होर्न बाध्य छौ । भने आपतबिपतको समयमा क्षतिग्रस्त भईसके पश्चात सरकारको तर्फबाट दिइने सुविधाहरुलाई यदि समय रहदै प्रत्येक गरिव परिवारलाई दिने हो भने सायद यस्ता संभावनिक घटना घट्ने सम्भावनाबाट केहि हद सम्म भए पनि राहत पाउने थिए । हावाहुरी, आगलागी, बाढीपहिरो, हुस्सु तुसारो, हिउँ, पहिरो जस्ता प्राकृतिक बिपतिको प्रकोपबाट बर्षेनि हुने गरेका यस्ता घटनाले खास गरि गरिव घरपरिवार नै प्रभावित हुने हुँदा सरकारले यस्ता भै परि आउने समस्याको सामधानको लागि कुनै ठोस विकल्प अपनाउन जरुरी छ ।
बर्षेनि यसरी हुने गरेका समस्यालाई रोकथाम गर्न र विपदको बेला सहजैरुपमा क्षतिग्रस्त हुने फुस्को, कच्चा घरहरलाई गरिवी निवारण कोष मार्फत सहयोग उपलब्ध गर्ने सहज वातावरण मिलाउन सके सानोतिनो विपतिबाट ठुलो धजनको क्षति हुन सक्ने सम्भावनालाई केहि हद सम्म कम गराउन सकिन्थ्यो । भने बेला बेलामा आएका यस्ता सहयोगीदाताहरुको सहयोगलाई सहि ठाउँमा सदुपयोग गर्ने हो भने पनि आगामी दिनमा यस्तो बिपतिमा यीनै पिडितहरुले दोहोरो पिडा झेल्न पर्ने अवस्था बाट केहि हद सम्म रोक्न सकिन्थो । हामीलाई थाहा छ प्राकृतिक प्रकोपलाई रोक्न सकिदैन न यतिबेला आउछ भनेर अनुमान नै लगाउन सकिन्छ तर यस्ता घटनाबाट प्रभावित क्षेत्रको अवलोकन गरि सरकारी पक्षबाट नै उचित व्यावस्था मिलाउन पर्छ । दुख परेपछि हतार हतार राहत घोषणा गर्नुभन्दा यस्ता घटना नदोरिने वातावरण सृजना गर्न पर्छ ।