१.कृष्ण भण्डारी (स्थानीय)
वीरगंज – ८
सरकारले अहिलले सम्म केही गरेको छैन । दिनदिनै जाडो यति बढीसकेको छ । स्थानिय सरकारले गरिबहरुको लागि केही गरेको देखेका छैनौं । धेरै जाडो बढेमा स्थानिय सरकारले गरिबहरुलाई कम्बल बाड्छ कि भन्ने आशा छ । सरकारले जाडोमा कम्बल बाट्नु हुन्छ तर त्यसको समय ठिक हुदैन । सरकारले गरिबहरुको लागि कुनै पूर्व तयारी गरेर राखेको छैन । जब जाडो बढ्छ तब कम्बल वितरण गर्ने कुराको चर्चा सुरु हुन्छ । तर यस्तो काम राम्रो होइन् । किन कि सरकारले आफ्नो काम त गर्छ । तर धेरै गरिब भन्दा पनि सवल नै व्यक्तिहरु बीचमा आएर गरिबहरुले पाउने समानबाट आफ्नो लाभ उठाउँछ । सबै गरिबहरुको लागि पुग्ने गरी समान हुदैन । सबैको आफ्नो नजिककोलागि दिन बढी जोड गर्छन् ।
२.लाल बाबु द्धिवेदी
कलैया बारा
सरकारले अहिले सम्म केही गरेको छैन । यो सरकारले अहिले यति जाडो बितिसके अहिले सम्म कुनै गरिबको लागि जाडोमा के गर्ने यसको योजना सम्म बनाएको छैन । हाम्रो वडाको अध्यक्षले पनि अहिले सम्म केही गरेको छैन । नगरपालिकाबाट कुनै सहयोग मागेको छैन । हाम्रो स्थानिय सरकारले पहिला देखि केही गर्दैन । पछि आएर जब जाडो सकिन लाग्छ । तब सबै ठाउँ–ठाउँमा गएर कम्बल बाड्ने काम गर्छन् । दाउराहरु खसाउने काम गर्छ । जाडोको समयमा गरिबहरुले दाउरा, कम्बल पाउने आश हुन्छ । सरकारले सबै गरिबहरुलाई जाडोको कपडा वा कम्बलहरु समयमा नै वितरण गर्नु पर्छ ।
३.काजल देवी
वीरगंज – ४,विर्ता
पूर्वतयारी अनुसार स्थानिय सरकारले अहिले आएर कम्बल दिइरहेको छ । सरकारबाट आएको गरिबहरुको लागि आएको सहयोग बाडेको थाहा छैन । सरकारले जब सहयोग दिइरहेको छ भने त्यो सबै सहयोग जनतामा पुगिरहेको छ कि छैन । यो कुरामा पनि ध्यान दिनुपर्छ । हामीहरुले जाडोबाट बच्नुपर्छ र गरिबहरुलाई बचाउनु पर्छ । हामी मध्यम वर्गको भएकोले हामीले हाम्रो आवश्यक्ता पुरा गर्न सक्छौं । तर एउटा गरिब र विपन्न वर्गका मानिसहरु आफ्नो लागि केही गर्न सक्दैन । त्यसैले हामी सबैले आफूले सकेको सहयोग गरेर जाडोबाट बचाउनु पर्छ । विपन्न वर्गका बेरोजगार मानिसहरुलाई रोजगारी दिनुपर्छ । जाडो प्रभावित वर्गलाई हामी सबैले सहयोग गर्नुपर्छ ।
४.सावित्री देवी श्रीवास्ताब
वीरगंज–८, गहवा
जाडो मौसममा स्थानीय सरकारले गरिबहरुको लागि पूर्व तयारी केही गरिएको छैन । जाडोको मौसमबाट हामीहरुले आफुलाई बचाउछौं । तर जो गरिब छ, बेरोजगार छ । त्यसको लागि सरकारले कुनै न कुनै व्यवस्था गर्नु पर्छ । सरकारबाट आएको सहयोग पदमा बसेकोले पाउँछ तर गरिबहरुले पाउन ग्राहो हुन्छ । सरकारबाट आएको गरिबको लागि आएको सहयोग केही गरिबहरुलाई दिएर फोटो खिचाएर आफ्नो नाम कमाउन चाहन्छन् । गरिबहरुको सहयोग गर्नुपर्छ । जाडोको समय बितेपछि न्यानो कपडा दिएर हुदैन । जाडो आउनु पहिला नै त्यसको व्यवस्था समयमा नै गर्नुपर्छ ।
५.मेनका साह
वीरगंज – १६, नगवा
गरिब तथा विपन्नहरुलाई जाडोबाट बचाउनको लागि सरकारले पूर्व तयारी गरेको छैन । तर हाल आएर गरिबहरुको लागि कम्बलहरु न्यानो कपडाहरु दिइरहेको छैन । अब बिहानको यस्तो सित लहरीबाट बचाउनको लागि बाक्लो कपडाहरु, तातो खानेकुराको आवश्यक्ता पर्छ । उनीहरुलाई कम्बल,न्यानो बाक्लो कपडाको व्यवस्था गर्नुपर्छ । हाम्रो स्थानिय सरकारबाट पनि केही जाडोबाट बचाउन केही समान वितरण गर्ने आशामा छौं । सबैले गरिब विपन्नको लागि यो जाडोमा केही न केही गर्छन । वीरगंजमा माडवारीहरुको समितिहरु छ । उनीहरुले जाडोको मौसममा गरिब तथा विपन्नहरुको लागि बाक्ला कपडाहरु, खानेकुराको प्याकेट केही पैसा लिएर बाड्ने गरेका छन् । सबै वडाहरुले पनि सहयोग गरेको हुन्छन । तर हरेक वर्ष जाडो आउँछ जाडो आउनु अगाडी नै गइसके पछि दिएको समानको के अर्थ ।
६.धम्शेर राई
वीरगंज – ८,गहवा
स्थानिय सरकारले जनचेतना र शिक्षा पहिलो प्रथमिक्तामा राख्नुपर्छ । चेतना र शिक्षा मानिसको बाँच्ने एउटा आधार बन्न जान्छ । जुन मानिससंग सीप हुन्छ त्यो मानिस कहिले गरिब हुदैन । सरकारले मात्र बाटो देखाउने हो । सरकारले गरिबहरुको लागि जे गर्छ त्यो राम्रो कुरा हो । तर जब जाडो आउँछ तब तब सरकारले गरिबहरुलाई कम्बल, बाक्ला कपडाहरु दिन्छ । त्यो समानहरु सधै दिन सरकारको क्षमताले भ्याउदैन् । उनीहरुले रोजगारी व्यवस्था गरेमा आफै कमाएर खान्छन् । जाडोबाट बच्न आफ्नो पूर्व तयारी पनि गर्छन् । सरकारले मात्र समानहरु दिएमा हुदैन गरेर खाने गरी व्यवस्था गरिदिनु पर्छ । सधैं दिनु भन्दा राम्रो उनीहरुले स्वतन्त्र कमाएर खान सक्ने बनाइ दिनुपर्छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना