बाराको कलैया उपमहानगरपालिका–६ निवासी बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सात जना जेल चलान भएका छन्। स्वर्णकारको हत्या आरोपमा पक्राउ परेकी उनकी प्रेमिका भनिएकी राधा गुप्तासहित सात जनालाई अदालतले जेल चलान गरेको छ । जिल्ला अदालत बारामा कर्तव्य ज्यान, संगठित अपराध तथा हातहतियार खरखजाना मुद्दाको थुनछेक बहसमा अदालतले सात जनालाई जेल चलान गरेको अदालतका सूचना अधिकारी कृष्णप्रसाद दाहालले जनाएका छन् । बाँकी चार जना भने फरार छन् ।
स्वर्णकार हत्या प्रकरणमा अदालतमा कुल ११ जनाविरुद्ध पुस १६ गते कर्तव्य ज्यान, संगठित अपराध तथा हातहतियार खरखजाना मुद्दा दर्ता भएको थियो।
पुस १७ गतेदेखि लगातार पेसीको क्रममा अदालतले मंगलबार सात जनालाई जेल चलान गर्ने आदेश दिएको हो।
जिल्ला अदालतका न्यायाधीश शम्भुप्रसाद बरालको इजलासले उक्त मुद्दामा आरोपितहरू कलैया–६ की राधा गुप्ता, कलैया–२२ का प्रवीणकुमार साह, सुवर्ण गाउँपालिका–८ का बिगु कुमार कानु, सुवर्ण गाउँपलिका–४ का चन्द्रिकाप्रसाद यादव, रौतहटको मोलापुर नगरपालिका–६ बस्ने कौशल किशोर यादव, सन्तोषप्रसाद र अरुण कुमारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको दाहालले जनाए ।
फरार हुनेमा भारत बिहारका मनोज गुप्ता, चञ्चल पाण्डे, रौतहटको मौलापुर नगरपालिका बस्ने विनोद राय यादव र विशालकुमार यादव रहेको तथा उनीहरूविरुद्ध अदालतले कानुनबमोजिम म्याद जारी गरेको उनले बताए ।
यी चार जना अनुसन्धानकै क्रमदेखि हालसम्म फरार रहँदै आएका छन् । कात्तिक १३ गते कलैयामा दिउँसै गोली प्रहार गरी रुपेश स्वर्णकारको भारतीय सुटरले हत्या गरी फरार भएका थिए । सोही दिन प्रहरीले उनकी प्रेमिका भनिएकी राधासहित केहीलाई पक्राउ गरेको थियो। तर, मुख्य सुटर भनिएका भारत निवासी सुजित सिंह, चञ्चल पाण्डेसहित चार जना फरार भएका थिए।
बारा प्रहरीले सुजितलाई गोली प्रहार गरी बाराको विश्रामपुर गाउँपालिका–३ स्थित नेपाल–भारत सीमानाकाबाट पुस १० गते राति पक्राउ गरेको थियो। उनी हाल उपचाररत छन्।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना