माध १ गते मनाईने थारु समुदायको पर्व माधीको रमीझमी सुरु भएको छ । नयाँ वर्षजस्तै मनाईने माघीले थारु समुदाय र थारु समुदायको बस्तीमा रौनक बढाएको छ ।
नेपालका केहि ठाउँहरुमा जस्तै दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुर, बारा र पर्सा जिल्लाका थारु गाउँमा यतिबेला माघीको रौनक तथा चहलपहल बढेको हामि आफैले देखन सक्छौ । पुसको अन्तीमदेखि माघको मध्यसम्ममा थारु समुदायले माघी पर्व मनाउने गर्दछन् ।
“माघीका अवसरमा रामाईलो कार्यक्रमहरु पनि गर्ने गरेका छन् । जस्तै माघी नाच, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाँच थारु गाउँमा सुरु भएका छन् । “गाउँगाउँमा नाचसँगै माघीको चहलपहल सुरु भएको छ, माघीकै अवसरमा सबैको घरघर पहुना आउने चलन छ ।” थारु समुदायमा माघीलाई नयाँ सालको रुपमा हेरिन्छ । माघीदेखि नै समुदायमा नयाँ कामको र नयाँ व्यवस्था लागू हुने भएकाले यसलाई विशेषरुपमा हेरिने गरेका छन् ।
माघीलाई थारु समुदायमा आफ्नै तरिकाले मनाउने तर नीति व्यवस्था र गाउँ सञ्चालन प्रक्रिया भने एक वर्षलाई एउटै प्रकृतिको हुनेहुँदा यसले रोचकता बढाएको छ । “माघी आएसँगै थारु गाउँमा माघीको रौनक र चहलपहल छुट्टै बढेको छ”, जस्तै हामिले देख्न सक्छौ “नयाँपुस्तामा संकृतिको संरक्षण र परिस्कृत गर्ने सोच पनि पलाएको छ ।”
माघी थारू समुदायको चाड मात्रै नभएर यस अवसरमा नयाँ रीतिथिति, नयाँ अगुवा (मतहवा, भल्मन्सा, मतहवा, बरघर) चुन्ने र नीतिनियम निर्माण गर्ने पर्वका रुपमा रहेको छ । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारु समुदायको बाक्लो बस्ती रहेकाले पनि माघी यी जिल्लामा अझ विशेष महत्वका साथ मनाउने परम्परा छ ।
गाउँका अगुवा कन्दारदेखि चौकीदारसम्म चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने, लेनदेन घर सल्लाहलगायतका विषयमा छलफल हुने भएकाले यसलाई नयाँ आर्थिक वर्षका रुपमा पनि थारु समुदायले लिने गरेको छ ।
“थारु समुदायमा विशेष गरेर पुसको अन्तिम दिनदेखि माघीको प्रभाव देखिने गर्दछ । अहिले थारु गाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा सङ्कलन, पिसान कुटान, रङ्गरोगन, जाँड बनाउने ढिक्री पकाउने तथा खानाका अन्य परिकार निर्माण पूरा गरिएको छ”,। “माघीकै अवसरमा विभिन्न ठाउँमा मेला महोत्सवकोसमेत आयोजना हुने गर्दछन् ।”
थारु समुदायमा माघ १ गतेको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गरिन्छ । गाउँभरिका मानिस एकठाउँमा जम्मा भएर गाउँको एक ठाउँमा आगो बाली रातभर तापेर रमाइलो गर्दछन् । राति आगो ताप्ने र भालेबासेसँगै नदी, खोलामा नुहाउने गर्दछन् ।
नुहाएर आफूभन्दा ठूलासँग आशीर्वाद लिने र सानालाई स्नेह गर्ने चलन रहेको छ । माघ २ गते गाउँको भेला बोलाएर अगुवा छान्ने र नीति नियम बनाउने चलन छ । त्यसपछि केही दिन नाचगान गरेर पर्व मनाउने चलन छ । माघीकै अवसरमा नाचिने माघी नाच, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाच नाचिने गरिन्छ । माघी पर्वसँगै थारु संस्कृति संरक्षण र रमाइलोका लागि मगौटा नाचगान सुरु भएको हेर्न सकिन्छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना