बेरोजगारी समस्या राष्ट्रका लागि गम्भीर समस्या हो । हाम्रो देश मात्रै नभएर विकासोन्मुख राष्ट्रलाई पनि बेरोजगारी समस्याले पिरोलिरहेको हुन्छ । हामीलाई थाहा छ गरिबी बेरोजगारीको कारण हो । बेरोजगारी गरिबीको कारण उत्पन्न हुने समस्या हो । हाम्रो देश बेरोजगारीको समस्याले आक्रान्त छ । यहीँ समस्याको कारण आज वैदेशिक रोजगारीको सिलसिलामा आफ्नो देश छोडेर बाहिरिनेको संख्या अत्याधिक बढेको यथार्थ हाम्रो माझ छ ।
रोजगारी सम्बन्धी कानूनी व्यवस्था
नेपालको संविधान, २०७२ को धारा ३३ ले प्रत्येक नागरिकलाई रोजगारीको हक, धारा ३४ ले प्रत्येक व्यक्तिलाई उचित श्रम अभ्यास गर्न पाउने हक तथा धारा ४३ ले सामाजिक सुरक्षाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । त्यस्तै राज्यका निर्देशक सिद्धान्त तथा नीति अन्तर्गत धारा ५१ (राज्यका नीतिहरू) को (झ) मा सबैले काम गर्न पाउने अवस्था सुनिश्चित गर्दै देशको मुख्य सामाजिक आर्थिक शक्तिको रूपमा रहेको श्रम शक्तिलाई दक्ष र व्यावसायिक बनाउने र स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने, श्रमिकको आधारभूत अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा प्रत्याभूत गर्ने, श्रमिक र उद्यमी व्यवसायी बीच सुसम्बन्ध कायम गर्ने, वैदेशिक रोजगारीबाट आर्जन भएको पूँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने संवैधानिक व्यवस्था रहेको छ । रोजगारीको हक सम्बन्धी ऐन, २०७५ मा बेरोजगार व्यक्तिलाई न्यूनतम् एक सय दिनको रोजगारीको व्यवस्था गरिएको छ । तर यी कानुनी व्यावस्था व्यावहारिक रूपमा कति लागू भए वा भएनन् भन्ने कुराको कुनै ठोस तथ्यांक भने छैन ।
वैदेशिक रोजगारी र तथ्यांक
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार वैदेशिक रोजगारी, अध्ययन, भ्रमण, तालिम, गोष्ठी आदि कामका लागि सन् २०२३ मा मात्रै १६ लाख ३ हजार ८सय ३६ नेपाली विदेश पुगेका छन् ! विदेशीनु पर्ने बाध्यता आफैमा दुःखद् कुरा हो भने विदेश गएकामध्ये करीब ७१ हजारले स्थायी रूपमा विदेश बस्ने गरी सधैंका लागि देश छोडेको अध्यागमन विभागले जनाएको छ । त्यसै गरी ९२ हजार ३ सय ४९ जना अस्थायी रूपमा विदेश बसोबासका लागि गएको खबरले झनै अत्यास लाग्दो अवस्थाको सृजना गरेको छ । तथ्यांक अनुसार नेपालबाट बाहिरिएका नेपालीमध्ये आधा भन्दा धेरै वैदेशिक रोजगारीका लागि गएका छन् । वैदेशिक कामकाजका लागि ८ लाख ८ हजार ४ सय १५ नेपाली संसारका विभिन्न मुलूक पुगेका छन् । यी मध्ये ८४ हजार ६ सय ४ जना महिला छन् ।
त्यसै गरी भ्रमण÷तीर्थाटनका लागि २ लाख ४ हजार ५ सय १८ जना विदेश पुगेका छन् । पारिवारीक मिलापका लागि १ लाख ६७ हजार, अध्ययनका लागि १ लाख ८ हजार, तालीम÷सेमिनारका लागि २४ हजार नेपाली विदेश पुगेको देखिन्छ । विदेश जाने आउने क्रम सदियौंदेखी चली आएको भएता पनि पछिल्लो समयको तथ्यांकले भविष्यमा ठूलो अफ्ट्यारो परिस्थितिको सृजना निम्त्याएको छ ।
रोजगारीको वर्तमान अवस्था
हाम्रो देश नेपालको बेरोजगारी दर ११.४ प्रतिशत छ । पुरुष र महिलाको बेरोजगारी दर क्रमशः १०.३ र १३.१ प्रतिशत । यसैगरी शहरमा ११.६ प्रतिशत र ग्रामिण क्षेत्रमा १०.९ प्रतिशत बेरोजगारी छ । बेरोजगारी दरलाई प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी मधेश प्रदेशमा २०.१ प्रतिशत र सबैभन्दा कम बाग्मती प्रदेशमा ७ प्रतिशत मात्र छ । नेपालको श्रमशक्ति सहभागिता दर ३८.५ प्रतिशत छ । यो दर शहरमा ४१.७ प्रतिशत र ग्रामिण क्षेत्रमा ३२.९ प्रतिशत छ । यसैगरी पुरुष र महिलाको श्रम शक्तिमा सहभागिता दर क्रमशः ५३.८ प्रतिशत र २६.३ प्रतिशत छ । प्रदेश अनुसार श्रम शक्तिमा सहभागिता दर सबैभन्दा बढी बाग्मती प्रदेशमा ४७.१ प्रतिशत छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २७.३ प्रतिशत छ ।
नेपालमा रोजगारीमा ३४.२ प्रतिशत जनसंख्या छ । रोजगारीमा रहेको जनसंख्यालाई प्रदेश अनुसार हेर्दा सबैभन्दा बढी ४३.८ प्रतिशत बाग्मती प्रदेशमा र सबैभन्दा कम २४.१ प्रतिशत सुदुरपश्चिम प्रदेशमा रहेको छ । नेपाल श्रम शक्ति सर्वेक्षण, २०७४ अनुसार ६२.२ प्रतिशत व्यक्तिहरू अनौपचारिक तथा असंगठित क्षेत्रमा दैनिक ज्यालादारी, मजदुरी तथा श्रमिकको रुपमा कामकाज गरी जीवन निर्वाह गर्ने गरेको देखिन्छ । यो भनेको अबको दिनमा बेरोजगार प्रतिशत अझ बढेर आउने र नेपाल श्रमशक्ति बिहिन हुदैछ भन्ने संकेत हो । रोजगारीका अवस्था सृजना गर्ने कार्य न्युन भएकै कारण युवाहरु विदेशीन बाध्य छन् ।
सन् २०२२ मा विश्वव्यापी रुपमा बेरोजगारी दर ५.९ प्रतिशत रहने अनुमान गरिएको छ । दक्षिण एशियाको ५.६ प्रतिशत रहने अनुमान छ । त्यस्तै विश्वको श्रमशक्ति सहभागिता दर ५९.३ प्रतिशत रहने छ भने दक्षिण एसियाको ४८.१ प्रतिशत रहने छ । विश्व श्रम बजारमा रोजगारीमा रहेको जनसंख्या ५५.८ प्रतिशत छ । दक्षिण एसियाको बजारमा रोजगारीमा रहेको जनसंख्या ४५.४ प्रतिशत रहेको छ ।
भएको छ । अघिल्लो वर्ष यही समयमा यो अंक ७३ प्रतिशतले घटेको थियो । हाल वैदेशिक रोजगारीमा जान अन्तिम स्वीकृत लिनेको संख्या साविक भन्दा १ सय २ दशमलव ५ प्रतिशतले बढेर १ लाख ९५ हजार १सय ९६ जना पुगेको र पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या झण्डै ४ सय ६४ प्रतिशतले बढेर ८७ हजार ४ सय २८ पुगेको देखिन्छ । जबकी अघिल्लो समयावधिमा जम्मा २ सय ४९ दशमलव १ प्रतिशतले मात्र बढेको थियो । यसबाट नेपालीहरूलाई स्वदेशमा टिकाइ राख्ने वातावरण नभएको स्पष्ट हुन्छ ।
यस अवस्थामा आयात कटाएर विदेशी मुद्रा बढाए भन्नु र मानिस निकासी गरेर विप्रेषण बढाए भन्नु दुबै कुरा क्षणिक प्रफुल्लता मात्र हुन् । उत्पादन बढाइ वस्तु निकासी गरेर विदेशी मुद्रा आर्जन गर्ने हो । आन्तरिक आपूर्तिका लागि स्वदेशी उत्पादन बढाउने हो । कृषि क्षेत्रलाई गतिशील बनाउने हो । नाना, छाना, खानाका लागि परनिर्भर हुने होइन । देशभरी उद्योगधन्दाहरू खोलेर यहाँ रोजगारी दिने र व्यापार घाटा घटाउने हो ।
बेरोजगारी समस्या न्यूनीकरण लागि :
उपलब्ध श्रमशक्तिलाई समय–समयमा निरन्तर रूपले सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट सीप र प्रविधियुक्त तालिमको व्यवस्था गर्नुपर्छ । खाडी तथा अन्य मुलुकमा रहेको श्रमशक्तिसँगको सीप र दक्षता अनुसारको व्यवसायिक गतिविधि स्वदेशमा नै सञ्चालन गर्नुपर्छ । विदेशमा रहेको श्रमशक्तिको उपयोगिताबाट थप नयाँ रोजगारीको अवसर तीव्र औद्योगीकरण गर्नका लागि ठूलो मात्रामा श्रमशक्तिको जरुरी पर्ने भएकोले बेरोजगारी समस्या समाधान मद्दत पुग्नेछ । प्रविधिभन्दा मानवीय श्रमको प्रयोगबाट उत्पादन एवम् सेवा प्रवाहमा जोड दिन सक्यो भने बेरोजगारी समस्या समाधानमा सहयोग पुग्नेछ । रोजगारीको अवसर सिर्जना गर्ने व्यक्ति तथा व्यवसायलाई न्यून ब्याजदरमा ऋण सेवा, न्यून कर तथा ग्रामिण र दुर्गम क्षेत्रमा कारोबार सञ्चालन गर्नेलाई विशेष प्राथमिक्ता र सहायताको नीति लिएर बेरोजगारी समस्या न्यूनीकरण गर्न सकिन्छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना