मेष : साल मध्यम फलदायी रहनेछ । वर्षको शुरुमा र अन्त्यतिर धर्मकर्ममा रुचि बढनेछ । घरमा माँगलिक कार्य हुने तीर्थ भ्रमणको योग देखिन्छ । यो वर्ष आँखा सम्बन्धि रोेग देखा पर्न सक्छ ।
वर्षको मध्यतिर सरकारी झन्झट झमेला देखा पर्नेछ । यो वर्ष पशुपधनबाट लाभ हुने, व्यापारमा सोचे अनुरुप नै फाइदा हुने र धार्मिक सामाजिक कार्यमा व्यस्तता बढने देखिन्छ । यो साल ऊँ वृँ वृहस्पतये नम : मन्त्रको जप र विहिवारको व्रत गर्नाले राम्रो हुनेछ । आर्थिक दृष्टिले असार, असोज,ा माघ र फागुन महिना शुभ रहरनेका छन । यी मिहनामा प्रयास गर्दा आथिृक क्षेत्रका काममा सफलता र आम्दानी बढने देखिन्छ ।
वृष : यो वर्ष मिश्रीत फलदायी रहला । अढैया शनिको प्रभावले मनमा अशान्ति काममा विलम्ब, संचित धनको खति हुन सक्छ । शारीरिक कष्ट स्वास्थ्यका लागि धन खर्च गराउने देखिन्छ । वृहस्पतिको अनुकुलताले वर्षको पूर्वाद्र्धमा व्यापार व्यवसायबाट लाभ हुनेछ । शिक्षा क्षेत्रमा सफलता मिल्नेृछ । वैदेशिक क्षेत्रका कामहरु बन्नेछन कार्तिक देखि फागुन सम्मको समय चाहि निकै प्रतिकुल देखा पर्ला । यसर्थ शनिदेवको स्तोत्रपाठ हुनमान चालिसा पाठ, ऊँ शं शनैश्चराय नम : मन्त्र जप गर्ने गराउने गाडी चढदा चलाउँदा खादा र बोल्दा सतर्कता अपनाउनु आवश्यक छ ।
मिथुन : वर्ष समान्य फलदायी रहेको छ । वर्षको शुरु र अन्त्य तिर पठन पाठनमा सफलता रुचि बढनेछ । वर्षको जेठ देखि असोजसम्मको समयमा अध्ययन अध्यापनमा अरुचि अल्छीपन देखा पर्ला । यसले अध्ययन अधुरै रहनसक्छ । दामपत्य जीवनमा मनमुटाव देखा पर्ला घरमा मागलिक कार्य हुनेछन । लामो दुरीको यात्रा हुने सामाजिक धार्मिक कार्यमा मज जानेछ । पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । नोकरीमा पदोन्नतिको योग छ । आर्थिक समस्या देखा पर्नेछ । फागुन देखि अढैया शनिको प्रभावले काममा अवरोध आउने मनमा अशान्ति हुने स्वास्थ्य उपचारमा धन खर्च गराउने छ । वैशाख भदौ मंसिर र चैत्र महिना आर्थिक दृष्टिले सबल रहने छन् ।
कर्कट : समय फलदायी नै रहला । जेठ देखि असोज सम्मको मय चाहि प्रतिकुल रहनेछ । यी महिनाहरुमा घरायसी समस्या मनाम भय, रातीमा अनिद्राले सताउनेछ । मुद्दा मामिलामा फस्नु पर्ने छ । नोकरीमा अपजस मातापिताको स्वास्थ्य समस्या देखा पर्न सक्छ । विदेश सम्बन्धि काममा अलमल, झन्झट, झमेला देखा पर्ला । वर्षको अन्य महिनाहरु अनुकुल रहनेछन् । यो वर्ष सामान्यतया पठन पाठनको क्षेत्र सफल रहला । धार्मिक कार्यमा मन जाने परिवारमा माङ्गलिक कार्यहरु हुने, व्यापार व्यवस्याबाट सोचे अनुसार नै लाभ मिल्ने ग्रहयोग रहेको छ । नयाँ कामको थालनी हुने, र शत्रुहरु शरणमा आउने देखिन्छ । वादविवादमा विजय हुनेछ । वैशाख जेठ असोज र पुस महिना आर्थिक दृष्टिले अशुभ रहेका छन । यो वर्ष ऊँ नम : शिवाय मन्त्र जप र शिव ज्योतीलिङ्गको दर्शन गर्नाले अशुभ फलमा कमी आउनेछ ।
सिह : मध्यम फलदायी साल रहेको छ । केतु ग्रहको प्रतिकुलताले पठन पाठन अधुरै रहनेछ । आफनै बोली र व्यवहारले आफन्त टाढिनेछन । यो वर्ष घर वाहन र भूमि प्राप्तिको योग बनेको छ । नोकरीमा कडा परिश्रम र संघर्ष पश्चात सफलता मिल्नेछ । पारिवारिक स्वास्थ्यमा धन खर्च हुने देखिन्छ । वर्षको उत्तराद्र्धमा आम्दानीका नयाँ श्रोतहरु देखा पर्ने छन् । आर्थिक दृष्टिले जेठ असार कार्तिक र माघ महिना शुभ रहेका छन ।
कन्या : समान्य फलदायी वर्ष रहेको छ । धार्मिक सामाजिक कार्यमा व्यवस्तता बढनेछ । अढैया शनि दशा प्रभावले पुर्खयौली सम्पति सम्बन्धि झमेलामा फस्नु पर्नेछ । पेट सम्बन्धि रोगले सताउँला । पठन पाठन क्षेत्रमा खासै प्रगति हुने छैन । व्यापार व्यवसायबाट राम्रै लाभ हुनेछ । सन्तानको प्रगतिले मन खुशी हुनेछ । वैदेशिक क्षेत्रका कामहरु सफल हुनेछन् । परिवारमा मांङ्गलिक कार्यहरु हुनेछन । असार साउन मंसिर र फागुन महिना आर्थिक दृष्टिले लाभदायक रहनेछन ।
तुला : वर्ष फलदायी रहला । अधुरा काम बन्नेछन । दाजु भाई सँग मनमुटाव हुनेछन । व्यापार व्यवसायबाट लाभ हुने सन्तान सुख मिल्ने ग्रहयोग रहेको छ । भ्रमण योग पनि परेको छ । अध्ययन अध्यापनमा सफल रहनेछ । पारिवारिक स्वास्थ्यतमा धनखर्च हुने देखिन्छ । नोकरीमा समस्या र तनाव आएता पनि वर्षको अन्त्यमा सफलता र पदोन्नति हुने ग्रहयोग रहेको छ । कृषि र पशुपालनको क्षेत्र कमजोर देखिन्छ । यी पेशाबाट यस वर्ष खासै आम्दानी हुने देखिदैन । आर्थिक दृष्टिले साउन भदौ पुस र चैत्र महिना फलदायी रहनेछन ।
वृश्चिक : वर्ष मिश्रीत फलदायी रहला । मध्य अन्त्य साढेसाती शनि प्रभावले स्वास्थ्य सम्बन्धि समस्या, झूटा आरोप, अनावश्यक क्षेत्रमा खर्च, बढने र मन अशान्त रहने देखिन्छ । यो वर्ष कृषि एवं पशुपालनबाट लाभ हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । नोकरी क्षेत्रमा सन्तोष र पठन पाठन पनि सन्तोषजनक नै रहला । यो वर्ष शनिदेवको शान्ति स्त्रोत्र पाठ जप गर्नु गराउनु भए अशुभ फलमा कमी आउनेछ । वैशाख, भदौ र माघ महिना शुभ रहेका छन ।
धनु : वर्ष मध्यम फलदायी रहला ।साढेसाती शनि प्रभावले दामपत्य जीवनमा मनमुटाव विवाद हुन सक्छ । पारिवारिक स्वासथ्यमा धन खर्च हुने ग्रहयोग छ । झूठा आरोप लाग्ने मनमा बेचैनी काममा अलमल शरीरमा आलस्यता आफन्तमा वैरभाव हुन सक्छ । कार्तिक देखि पेशागत समस्याहरु समाधान हुने धार्मिक भ्रमण, धार्मिक सामाजिक कार्यमा अभिरुचि बढनेछ । यो वर्ष शनिदेवको जप पाठ पिपलपूजा, कुकुर मााछा र कमिलालाई खाना दाना दिदा ाशनिजन्य अशुभ फलमा कमी आउनेछ । जेठ, असोज, कार्तिक र फागुन महिना आर्थिक दृष्टिले शुभ रहेका छन ।
मकर : वर्ष मिश्रीत फलदायी रहेको छ । साढेसाती शनि प्रभावले पठन पाठन सन्तोषजनक रहने छैन । अनावश्यक खर्च बढनेछ । आम्दानी भन्दा खर्च बढनाले आथिृक संकट देखा पर्ला । वर्षको असोजसम्मको समय अनुकुल रहनेछ । यी महिनाहरुमा व्यापार, व्यवसायबाट राम्रै आम्दानी हुनेछ । नोकरी र सामाजिक क्षेत्रमा मान सम्मान मिल्नेछ । वैदेशिक क्षत्रेको काममा सन््तोषजक प्रगति हुनेछ । वर्षको अन्त्यमा धार्मिक भ्रमण धार्मिक माङ्गलिक कार्यमा धनखर्च हुने देखिन्छ । यो वर्ष शनिदेवको शान्ति जप, हनुमान अराधना, सुन्दरकाण्ड पाठ गर्नु गराउनु भए शनिजन्य अशुभ फलमा कमी आउनेछ । असार, कातिक, मंसिर र चैत्र महिना आर्थिक दृष्टिले सबल रहने छन ।
कुम्भ : वर्ष शुभ रहेको छ । यो वर्ष अधुरा कायृहरु सफल हुने, पटन पाठन र बौद्धिक क्षेत्रका काममा सफलता मिल्नेछ । शारीरिक समस्या हटेर जानेछ । पती पत्नी बीच मनमुटाव देखा पर्ला । व्यापार व्यवसायको क्षेत्र लाभदायी रहला । नोकरीमा अपजस वैदेशिक कार्यमा अलमल हुनेछ । धार्मिक, सामाजिक कायृमा व्यस्तता बढनेछ । लामो दुरीको भ्रमण हुन सक्छ । फागुन देखि आद्य साढेसाती शनि प्रभावले खर्च वृद्धि, अपमान, व्यर्थभ्रमण, बेचैनी, हुन सक्छ । सर्तकता आवश्यक छ । वैशाख, साउन मंसिर, र पुस महिना आथिृक दृष्टिले सबल रहेका छन ।
मीन : वर्ष मध्यम फलदायी रहेको छ । शिक्षामा सफलता पठन, पाठनमा रुचि बढने देखिन्छ । सन्तान सुख सन्तान प्राप्तीको योग ाछ । पेटको समस्या देखा पर्ला । व्यापारबाट राम्रै फाइदा हुनेछ । धार्मिक सामाजिक कार्यमा रुचि बढनेछ । तीर्थ भ्रमणको ग्रहयोग रहेको छ । नविन कार्यको थालनी हुनेछ । परिवारमा माङ्गलिक कार्य सम्पन्न हुने देखिन्छ । नोकरीमा संघर्ष गर्नु परेपनि मानसम्मान र सफलता चाहि मिल्नेछ ।
वैदेशिक क्षेत्रका कामबाट आथिृक लाभ हुने देखिन्छ । सन्तान प्राप्ती, सन्तान सुख मिल्ने वर्ष रहेको छ । जेठ, भदौ, पुस र माघ महिना आथिृक दृष्टिले सबल रहेका छन ।
नव वर्ष २०७६ को उपलक्ष्यमा सम्पूर्ण सह्रदयी पाठक वर्गमा आयु, आरोग्य, सुख, शान्ति, सुस्वास्थ्य र सुदीर्घ जीवनको हार्दिक मंगलमय शुभकामना ।