विश्वका धेरै मुलुक मध्ये नेपाल भूगोलमा सानो देश हो । भूगोलमा सानो भए पनि बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र विभिन्न जात र समुदायले भरिएको यो मुलुक विविधतामा भने ठूलो छ । विविधतामा ठूलो यो देश कृषि प्रधान देश पनि हो । नेपालमा कृषि कर्म लामो समयदेखि चल्दै आएको छ । विशेष गरी पहाडी क्षेत्रका किसानले आफ्नो जीवनलाई विस्तारै परिस्थिति अनुसार आधुनिक खेती गरी नगन्य भू–भागबाट पनि कति अनाज निकासी गर्न थालेका छन् । यसले पनि उनीहरुको अर्थतन्त्रमा केही राहत मिलेको छ ।
कुल क्षेत्रफलमा करिब ८० प्रतिशत भन्दा बढी आवादी कृषि क्षेत्र छ । कृषिबाट अर्थ व्यवस्था बढाउनको लागि सरकारी प्रयासहरु पनि केही हुन थालेका छन् । परिस्थिति अुनसार उत्पादकत्व बढाउने र स्थानीयका लागि फसलको दायरा बढाउन केन्द्र सरकार देखि प्रदेश र स्थानीय सरकारहरुले पहल गर्ने भन्ने चर्चा चाही धेरै सुन्न थालिएको छ । खेती योग्य भूमि बढि भए पनि राज्य संचालकहरुको दूरगामी सोच र कार्य सम्पादन नहुँदा मुलुकमा भने व्यापक बेरोजगारी समस्या जिवित छ । अधिकाशं परिवारको मुख्य आर्थिक स्रोत कृषि हुँदा हुँदै पनि यसलाई पहिलेदेखि नै व्यवस्थित बनाउने कार्यमा भने नेतृत्व तहमा हुनेहरुको कमजोरी रहेको पाइ्रन्छ । मुलुकको मुख्य अर्थतन्त्रको मेरुदण्डको रुपमा धानबाली छ ।
यति हुँदा पनि मुलुकका वर्तमान युवा पीढिले यसलाई आत्मसात गरेर फसल लगाउन हिच्किचाएका छन् । सामान्यतया देशमा उद्धमशिलताको प्रचारको सामान्य कमी छ । नेपाल जस्तो देशमा खाद्य र पोषण सुरक्षा सुनिश्चित गर्न स्थिर कृषि कर्म गर्न आवश्यक छ । कृषि क्षेत्रमा यहाँ धेरै चुनौतीहरु छन् । जसमा कम उत्पादकत्व, जलवायु परिवर्तनको कारण र कर्मवीरहरुको कमीले गर्दा पर्याप्त आशा गरे अनुसारको फल पाउन सकिएको छैन । मुलुकको मुख्य अर्थतन्त्रको मेरुदण्डको रुपमा कृषि जन्य बस्तुमा आधारित उद्योग संचालनको लागि पनि प्रोत्साहनको नीति ल्याएको छैन । उत्पादन वृद्धिकै लागि राज्यका सबै सरकारहरुले दिने अनुदान र उत्पादन वुद्धि विच सहसम्बन्ध हुन अनिवार्य छ । दुई तिहाइ नेपालीको प्रमुख पेशााको रुपमा रहेको कृषिलाई व्यवसायिकरण र आधुनिकीकरण गर्न सरकारले साोचे अनुरुपको कदम चाल्न सक्नु पर्छ ।
देश आत्मनिर्भताको दिशामा जानु पर्नेमा त्यो कल्पना सपना जस्तो मात्र भइरहेको छ । राज्यले कुल वार्षिक बजेटको तिनदेखि चार प्रतिशत सम्म कृषिमा लगानी गर्दै आएको छ । जो आजको समयमा पर्याप्त छैन । राज्यले कृषि उत्पादनका लागि अपनाउने नीति कति सम्म सफल छ ? यो कुरा बुझ्न र खोज्न जरुरी छ ।
कृषि क्षेत्रमा आय वृद्धि गर्न महत्वपूर्ण छ , गरिबी कम गरी र नेपाली जनताको जीवनस्तर बढाउने अपरिहार्य छ । तथापि देशमा बढ्दो जनसंख्या बढ्दो खाद्य मांग र आजीवन आवश्यकतालाई पुरा गर्न यो क्षेत्रको प्रवद्र्धन गर्न सक्नु पर्छ ।
प्राकृतिक सुन्दरता र कृषिमा आधारित उद्योग फष्टाउन सके नेपालीको जिवनस्तर माथि उठ्न समय लाग्दैन । परम्परागत खेति सिचाइको कमी, पर्याप्त प्रविधि अभाव र दक्ष जनशक्तिको कमी, तथा कृषि बजारको अभावमा नेपालमा कृषिमा आधारित जनताको हित हुन सक्दैन । सरकारले पनि जैविक कृषि विकासको लागि प्राथमिकता दिन सक्नु पर्छ । बेला–बेलामा सरकारले कृषि क्षेत्रमा दिएको अनुदान प्रभावकारी नभएको चर्चा पनि सुन्नमा आएको छ । यो गलत भने होइन ।
कृषि विकासको लागि सिचाई आधारभुत पूर्वाधार हो । गम्भिर समस्याहरुले नेपालका किसानलाई प्रहार गरिरहेकै छ । पहिलो समस्या खेतीको आधुनिक तरिकामा सहज नहुनु हो । नेपालमा आधुनिक खेती कृषिको विकास हुनु पर्छ । पहिले किसानहरु कडा परिश्रम गर्थे । तर तिनीहरु ब्ढि लाभ लिन र जीवनलाई स्तरीय बनाउन सकिरहेका थिएनन् । कृषि प्रधान देश भनेर चिनियता पनि यो पद्धतिबाट नेपालीले वर्षभरी खाने अन्न उब्जाउ हुन सकेको छैन । तसर्थ कृषिलाई निर्वाहमुखीबाट व्यवसायिक रुपमा रुपान्तरण गर्न आधुनिक प्रविधिमा आधारित खेती प्रणालीको विकास हुनुपर्छ । यसका लागि सिंचाइ, मलखाद र आधुनिक प्रविधिमा सबैको एक मत हुन जरुरी छ ।
हाल बन्द अवस्थामा रहेको वीरगंजको कृषि औजार कारखानाको मेकानिकल कक्षमा यत्रतत्र बेवारिशे अवस्थामा रहेको कृषि यन्त्रहरु । फोटो ः मध्य नेपाल÷फाईल ।