वीरगञ्जस्थित वीरगञ्ज पब्लिक कलेज (बिपिसी) द्वारा आयोजित सातौँ सिङगीङ आइडलको उपाधि जान्वी डङ्गोलले उचालेकी छन् । बिपिसीले प्रत्येक वर्ष अतिरिक्त क्रियाकलाप सप्ताहअन्तर्गत आयोजना गर्ने ‘बिपिसी सिङगीङ आइडल’ को उपाधि डङ्गोलले उचालेकी हुन् ।
बुधवार क्याम्पसको सभागृहमा आयोजित ग्रयाण्ड फिनाले कार्यक्रममा डङ्गोललाई विजेता घोषित गरिएको थियो । उनलाई वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत श्री देवी सहाय मीनाले पुरस्कृत प्रमाणपत्र र ट्रफी प्रदान गरेर पुरस्कृत गरे ।
त्यस्तै सिङगीङ आइडलमा सची गुप्ताले दोस्रो स्थान प्राप्त गरेकी छन् भने आयुष उपाध्याय तेस्रो, सुसान्त मिश्र चौथो, प्रियांशु यादव पाँचौँ र मनिष कर्ण छैठो भएको क्याम्पसका निर्देशक प्रा. डा. दीपक शाक्यले जानकारी दिए ।
त्यस्तै अतिरिक्त क्रियाकलाप सप्ताहअन्तर्गत नै आयोजित दोस्रो डानसिङ आइडलको उपाधि निशा चौधरीले उचालेकी छन् । बुधवार सम्पन्न भएको डानसिङ आइडलको ग्रयाण्ड फिनालेमा चौधरीलाई पनि भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत श्री देवी सहाय मीनाले प्रमाणपत्र र ट्रफी प्रदान गर्दै पुरस्कृत गरेका थिए ।
डानसिङ आइडलमा सन्ध्या मगर, रोहित चौधरी तेस्रो, संजु यादव चौथो र सम्झना सर्राफ पाँचौँ भएका छन् । उनीहरूलाई कार्यक्रमका अन्य अतिथिहरूले पुरस्कृत गरेका थिए ।
मधेस विश्वविद्यालयका उपकुलपति समेत रहेका प्रा। डा दीपक शाक्यको सभापतित्वमा भएको कार्यक्रममा वीरगञ्जस्थित दिल्ली पब्लिक स्कूलका प्रधानाध्यापक राजीव आनन्द, डीएभी स्कूलका प्रधानाध्यापक राकेश मिश्र, कादम्बरी एकेडेमीका प्रधानाध्यापक राजेन्द्र आचार्य, कलैयास्थित मनोकामना स्कूलका प्रधानाध्यापक अरविन्द चौधरी, वीरगञ्ज जेसिसका अध्यक्ष अजय चौधरी, मधेस प्रदेश क्रिकेट सङ्घका कोषाध्यक्ष सुवाष जयसवाल, यात्राडेलीका निर्देशक एवम् सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर – मुर्लीका अध्यक्ष रामकुमार सर्राफलगायतको सहभागिता रहेको थियो ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना