मुलुक भित्रै उद्यमी बन्न वीरगंजका २४ वर्षिय सुमन चौधरीले आफ्नै आँट गरी खसी पालन व्यवसाय सुरु गरेका छन् । उनले दिल्ली पब्लिक स्कूल (डिपीएस) मा विज्ञान विषय लिई १२ कक्षासम्मको अध्ययन पूरा गरेर व्यवसाय थालेका हुन् ।
थप पढाईको लागि उनी भारत पनि नगएका होइनन् । तर कोरोनाको माहामारी आएपछि घर परिवारको सल्लाहमा नेपाल फिर्ता भएका उनले यत्तिकै बस्नुभन्दा उद्यमी बन्ने बाटो रोजेको बताए । कोरोना महामारी लामो समयसम्म भईरहदां आफनो पढाई जारी राख्न भने नसकेको उनको भनाइ छ । अनि आफ्नो पढाईलाई निरन्तरता दिननसके पछि घरमै बसि राख्न राम्रो लागेन । सुरुमा आफ्नो गाँउ तिरै एउटा रिर्सोट खोल्न सोचें । तर आफ्नो घरमा सल्लाहमा यो सोच प्रति एकमत रह्यो । बुवाले व्यापार विस्तार गर्न दिनहुं ऋिणका लागि बैंक धाउँदा पनि बैंकले कागज मात्र यो ल्याउन त्यो ल्याउन भनी हैरान पारेपछि अन्त्यमा त्यो व्यवसाय गर्न आफू सहित परिवारका सबैको मन टुटेको सुमनले तर्क गरे । त्यसपछि व्यवसाय गर्ने मन अर्को तर्फ मोढिएपछि आफ्नै गाँउमा बसेर खसीपालन गर्ने सोच निश्चित बन्यो उनले विस्तारमा बताए । यसो भनेपछि बुवा पनि खुसी हुनुभयो । पहिले ७÷८ वटा बाख्रा र खसिबाट व्यवसायको सुरुवात गर्ने सोचले सार्थकता पाएको सुमनले बताए । बुवाले पनि आफुले कमाएको रकमबाट बचत गरेको र साथीभाईसँग ऋिण लिएर सुरुमा ४ बटा बाख्रा र ३ वटा खसी किनिदिनु भयो । अनि मेरो व्यवसायले मूहुर्तरुप लिएको उनको भनाइ छ ।
व्यवसाय २०७८ सालमा सुरु गरेको हुँ उनले भने । सुरुवातको समयमा व्यवसाय शुन्य थियो । भण्डै एक वर्ष त बाख्रा खसी चराउने, खुवाउने काम मात्र गरें । सुरु गरेको बाख्राबाट बच्चा भएपछि पाठापाठीलाई हेरचाह गर्न व्यस्थ हुन थालें । पाठापाठी पनि बेच्ने लायक भएपछि आफै बजार र वीरगंजका साथीभाइसँग बेच्नको लागि सम्र्पक गर्न सुरु गरें । आफ्नो चिनझानबाट आफ्नो व्यापारको पहिलो आम्दानी कमाएपछि भने अझ सकृय हुन मन लाग्यो । झन व्यवसायको पहिलो आमदानी आफ्नो बुवाआमालाई बुझाँउदा निकै नै खुसी महसुस भएको उनको तर्क छ । पहिलो लटमा ३ वटा खसी बचेको थिए उनले विगत सम्झँदै भने । त्यसबाट ६२ हजार आम्दानी भएको बताए । व्यापार गरिएपछि सानो ठूलो नहुने बताए । कोरोनाले गर्दा आफ्नो थप पढाई पूरा गर्न नसके पनि व्यवसायको सुरुवातमा कठिनाई भए पनि अहिले राम्ररी व्यवसाय चलेको छ । अहिले उनको फर्ममा ५ बाख्रा र ९ खसी रहेको उनले बताए । यो व्यापारमा आफूले एकदमै चनाखो भई काम गर्नु पर्ने उनको तर्क छ । खसी, बाख्राहरुलाई कुनै रोग नलाग्न धेरै उपायहरु लगाउने गरेको उनले बताए । आफ्नोभन्दा पनि बढी खसि, बाख्रा प्रति ध्यान दिने गरेको छु उनले भने । दाना पानी र उनीहरुको औषधी खर्चमा बिशेष ध्यान दिन पर्छ उनले बताए । व्यवसाय गरेको झण्डै २ वर्ष हुन लाग्दा अहिले त यी खसी, बाख्रा प्रति एकदमै लगाव भएको उनको तर्क छ । गाँउमा एक्लै बस्दै गरेका सुमन दिनभरी यही खसी, बाख्राहरुसगै दिन कट्ने बताउँछन् । अहिले व्यवसायका जनावर साथीजस्तै भएका छन् उनले बताए । खसी, बाख्रालाई कुनै रोग नलागोस् भनेर महिनामा एकपटक पशु डाक्टरलाई हेर्न बोलाउने गरेको छु । आफु बिरामी पर्दा त्यत्ति हेरचाह नगर्ने तर आफुले पालेका खसीहरुलाई केही हुदाँ रातभरि सुत्न समेत नसक्ने हुईंदो रहेछ उनले तर्क गरे । अहिलेको जस्तै राम्रै व्यवसाय चलिरहे अझै यो व्यवसायलाई फष्टाउने सोच रहेको सुमनको भनाइ छ । अहिले खसी बेच्दा किलोको रु. ७५० को दरले बेच्ने गरेको छु । स्थानीय सरकारबाट थप केही सहयोग पाए व्यवसाय झन व्यवस्थित गर्न सकिने थियो । तर अहिलेसम्म कतैबाट कुनै सहयोग नपाएको उनको भनाइ छ । रिर्सोट खोलेको भए अहिले यस्तो आर्थिक शंकटमा वेहान हुने थियो होला । धन्न यो व्यवसाय गरिएछ उनले बताए । यो व्यवसाय खोलेर एकदमै राम्रो गरेकोमा अहिले त खुसी पनि लागेको उनले बताए ।
व्यवसायमा राम्रो भए पनि आफ्नो व्यवसाय खोलेसँगै साथीभाईहरुसँग भने घुम्न नपाएको सुमनको गुनासो छ । मेरो उमेरका केटाकेटी घुमेको देख्दा मन अलि खल्लो त हुन्छ । तर अन्तिम विकल्प भनेको जीवन चलाउने नै भएपछि यो व्यवसाय गर्नै पर्ने निष्कर्षले सबै कुरालाई सहज बनाउँदै जानु परेको उनले महसुस गरे ।
वीरगंज वडा नं. २९ का ३० वर्षीय संजिब राउत बाल्कालदेखि नै गाई पालन गर्र्दै आएका छन् । परम्परागत पेशा भएकोले पनि आफू जीवित भएसम्म पशुपालन गर्न नछाड्ने बताउँछन् । उनले दैनिक २० देखि २५ लिटर दुध बेच्ने गरेका छन् । अहिले दुधको मूल्य १ सय भए पनि धेरै वर्ष पहिलेदेखि आफूसँग दुध किनेर खाने पुराना ग्राहकलाई भने लिटरको १० रुपैयाँ कम गरेर दिने गरेको पनि उनले खुलासा गरे । बुबाले यहि पेशा गर्दै बुढो भएको र उ आफु पनि सोहि पेशालाई निरन्तरता दिइरहने संजिबको प्रतिबद्धता दिए । पहिले त १० वटा गाई रहेको तर अहिले भाईलाई दुबई पठाउनको निस्ति ४ वटा गाई बेचेको उनले बताए । उनको घरमा आमा, बुवा र दुई भाइ छन् । उनी घरको जेठो छोरो हुँ । आफुले सानोदेखि नै पढाईभन्दा पनि आफ्नो बुबाको पूख्यौली पेशालाई निरन्तरता दिने सोच रहेको बताए । राउतले अहिले पनि ६ वटा गाई पालेका छन् । उनको बच्चैदेखि बुबाको पेशामा ध्यान दिएता पनि आफनो भाइलाई पढाउने सोच राखेका संजिब भाइलाई विदेश पठाउँदा आफैमा केही गल्ती भएको तर्क गर्छन् । मैले त पढ्न सकिन । तर भाइलाई पढभन्दा पनि दाइ म विदेश जान्छु भन्यो । उनले औपचारिक रुपमा शिक्षा हासिल गर्नेे अवसर नपाए पनि व्यवहारिक ज्ञानमा भने धेरै नै जानकारी लिन सफल भएको बताउँछन् । आजसम्म गाईपालन गर्न पाउँदा आफू अत्यन्तै खुशी र सन्तुष्ट भएको उनले बताए । वीरगंज महानगरपालिकाले पशु चौपायलाई खुल्ला छाड्न नदिने निर्णय गरेको छ । तर कत्ति पनि हतोत्साहित नभई उनले आफ्नो पेशालाई निरन्तरता दिदै आएका छन् । आजका दिनसम्म पनि उनलाई कुनै पनि सरकारी निकाय तथा वडाबाट कुनै पनि सहयोग नपाएको उनले बताएका छन् । वीरगंज महानगरपालिकाको शहर लालपर्सामा नै आफ्नो सानो क्षेत्रफल भएको घरलाई गोठ बनाएर पशुपालन गरिरहेका छन् । गाईले दिने दुध उसको खानपान र स्याहारमा भर पर्ने भएकोले गाईलाई प्रशस्त पोषिलो आहारको आवश्यक्ता पर्ने उनले बताए । एउटा गाईलाई १ महिनामा कोपिला पशुदाना ५० किलो, शखर ८ किलो, चोकर ३ बोरा, भुस्सा र हरियो घाँस समेत खुवाउने गरेको उनले खुलासा गरे ।
उनले गाईलाई कुनै किसिमको समस्या नहोस् भनेर गोठमा पंखा समेत जडान गरेर २४ घण्टा पंखा चलाउने गरेका छन् । गाईलाई कुनै पनि रोग तथा समस्या नआओस् भनेर दैनिक नुहाइदिने र गोठको पनि राम्रो सफाई गर्ने गरेको तर्क गरे । हामी कुनै पनि पशु पाल्छांै भने त्यसको आहार र सरसफाईमा विशेष ख्याल गरेर मात्र पाल्ने गरौं । पशुलाई कुनै पनि किसिमको दुःख दिएर नपाल्न आग्रह गरेका छन् । उनले पालेका ३ वर्षमाथिका सबै गाईको बीमा गराएका छन् । गाईलाई कुनै पनि किसिमको समस्या आएमा तुरुन्त पशु बीमा कम्पनीमा खबर गर्ने गरेका उनको भनाइ छ । पशुको कुनै कारण बस मृत्यु भएमा बीमा कम्पनीले क्षतिपूर्ति दिने भएकोले पशु बीमा गर्दा किसानलाई केही हदसम्म राहत हुृने उनको अनुभव छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना