रौतहटको गढीमाई नगर क्षेत्रमा स्यालको टोकाइबाट एक दर्जन मानिस घाइते भएका छन् ।
गढीमाई नगरपालिका ७ का स्थानीय गोठालाहरू घाँस काट्न बिहीबार साँझ गाउँ छेउ खेतमा गएको बेला उखु घारीबाट एक्कासि आएको बहुला स्यालले आक्रमण गरी एक दर्जन मानिसलाई घाइते बनाएको हो । स्यालको टोकाई बाट वडा ७ को वर्ष ७० का महेन्द्र महतो, ४५ की मन्तोरिया देवी, ६० की तेतरी खातुन, ४० की जयबुल खातुन, १५ की मनिषा कुमारी, ५५ की उषा देवी,२७ रामाविनय बैथा, ३५ दुखीया देवी, ३० बिना देवी, ९ श्रावण कुमार, ७२ सिकीलावा देवी, ७० जयल मुखिया लगायतलाई घाइते बनाएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमा प्रकाश खनालले जानकारी दिए ।
गढीमाई नगरपालिकाको धर्मपुर, धनहारी र लक्ष्मीपुर टोल, मुसहरी टोलका महिला पुरुष बालबालिका माथि आक्रमण गरी घाइते बनाएको छ। घाइते मध्ये ६०की तेतरी खातुनको नाक मुखमा गहिरो खत बनाएकाले प्रादेशिक अस्पताल गौरमा गएराति सामान्य उपचार पछि थप उपचारको लागि राति नै नेशनल मेडिकल वीरगन्ज पठाइएको डिएसपी खनालले जनाएका छन् ।
स्यालले टोकेपछि लगाइने खोप स्थानीय अस्पतालमा उपलब्ध नभएकाले घाइते सबैजना प्रादेशिक अस्पताल गौर पठाइएको थियो । घाइते मध्ये अधिकांश हाल प्रादेशिक अस्पताल गौरमा रहेका छन् भने केही बिरामी उपचार पछि घर फर्की सकेका छन्।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना