आजको दुनियाँमा प्रत्यक्ष रुपमा जीवनसंँग जोडिएको संवेदनशिल पक्ष हो शिक्षा । समयमा शिक्षालाई मानवीय आखाँको रुपमा हेर्न सकिएन भने आँखा भएर बाच्नुको सार्थकता रहदैन । लाखौँ विद्यार्थीहरुको उज्वल भविष्यसगँ जोडिएको उच्च शिक्षा अनि बुबाआमाको बुढेसकालको मजबुत साहारासँग गासिएको बिषय वस्तुलाई प्रत्यक्ष रुपमा नजर अन्दाज गर्न सकिदैन । एउटा समय थियो, बाच्नको लागि गाँस, बास अनि कपासको न्यूनतम् आवश्यकता भनेर । तर अबको समय परिवर्तनशिल भइसकेको छ । अब हामीले बाँच्नुको अर्थलाई सिर्फ श्वास फेर्नु मात्र हो भनिरहँदा अधुरो हुनसक्छ । कारण मानवीय चेतनासगैँ उचित शिक्षाको आवश्यकता पनि अपरिहार्य छ ।
हिजो आजको यो समय भनेको नयाँ शैक्षिक सत्र सुरु हुने समय अनि स—साना नानीहरुलाई अक्षर चिनाउन विद्यालय भर्ना गर्ने समयको मझेरीमा छौ । हुन त नयाँ शैक्षिक सत्र शुरु हुन अझ केहि समय बाँकी नै छ । कतिपय स्कुलको परिक्षाफल आउदैछ भने कतिपयको आँउन बाकि नै छ । यद्यपि बा आमाले छोराछोरीहरुको भविष्यको लागि कुन स्कुल राम्रो भन्दै बिद्यालयहरु धाउन थालिसकेको हामी देखिरहेका छौ । जुन स्कुलमा विद्यार्थीहरु पढिरहेका छन् । त्यो स्कुलको लागि त भर्ना अभियानमा खासै फरक नपर्ला । तर नयाँ बालबालिकाहरुको लागि भने गुणस्तरीय स्कुलको खोजीमा अभिभावकहरुको चिन्ता स्वभाविक नै हो । आजको समय भनेको प्रतिष्पर्धाको समय हो ।
नयाँ नयाँ आविष्कारको खोज, अनि नयाँ नयाँ प्रविधिको दौडमा दिन रात नै मानवीय सोचले फड्को मारेकै कारण आज सर्वसाधारण एवं हर कसैलाई झट्ट यहिँ नै शिक्षाको मापन हो भन्न सक्ने अवस्था छैन । अझ त्यसमा पनि अनेक किसिमका आर्कषण विज्ञापनको कारण गुणस्तरहिन अनि वास्तविक गुणस्तरीय स्कुल कलेजहरुको पहिचान हुन नसक्दा अभिभावक साथै विद्यार्थीहरुमा अन्योलको स्थिति रहन बाध्य छन् । काठमाण्डौ लगाएतका केहि शहरी क्षेत्रमा यस्ता थुप्रै बिद्यालय छन् । जहाँ निश्चित कोटामा मात्र विद्यार्थीहरुलाई भर्ना गरिन्छ । यस्ता कयौँ विद्यालय छन्, जहाँ गरिब छात्रा छात्रहरुले आफ्नो योग्यता र दिमाग अनुसारको पठन पाठनबाट बन्चित हुन परेको छ । सस्तो लोकप्रियताको लागि विज्ञापन र प्रसारप्रचार हेर्दा निक्कै नै स्तरीय भएको अन्दाज हुने । तर वास्तवमा भने अभिभावक र विद्यार्थीहरु मारमा पार्ने खेल यो शैक्षिक सत्रको पनि सुरु भएको छ ।
चर्काे शुल्कमा, आरामदायी अनि बिलाशिताको प्रलोभनमा बिद्यार्र्थीहरुलाई भर्ना गराएर महिनै पिच्छे शुल्क तिर्न धौ धौ पर्ने अभिभावक आफना बालबच्चाको परिक्षाको नतिजा हातमा पर्दा खिन्न हुन परेको छ । राम्रो अनि गुणस्तरीय शिक्षा भनेर खाई नखाई बनिबुतो गरेर पढाईएका बिद्यार्थीहरुलाई केवल कोर्ष पुरा गर्ने हिसाबले घोकाएर, रटेर, हु—बहु पुस्तकको सारेर मात्र पास प्राप्ताङ्क लिएर घर फर्कदा ति बाबु आमा मनमा कुठारापात वाहेक केही भएको छैन । उसो त बिद्यार्थीहरुको ग्रेडिङ्ग राउण्डमा स्कुलको मात्रै दोश भने पटक्कै होइन । तर विद्यार्थीलाई पढाउने तौरतरिका, बिधि, प्राविधि साथै बदलिदो समयको माग अनुरुप उतिच हुन नसक्नु पनि अर्को दोष हो । समयको माग अनुरुप विद्यार्थिहरुलाई शिक्षा दिन नसक्ने कमी कमजोरीको कारण बालबालिकाहरुको पढ्ने लेख्ने क्षमतामा ह्रास आउनु अस्वाभाविक होइन । यसले एउटा विद्यार्थीको मात्र हैन उस्को घर परिवार साथै देशकै लागि समेत यो घातक सिद्ध हुन पुग्छ ।
उचित शिक्षाको सम्बन्धमा कुनै पनि बालबालिकाहरुलाई कमजोर मनस्थितिले हेर्नु भनेको उनिहरुको जिवनसगँ नै खेलबाड गर्नु हो । तसर्थ आजको प्रतिष्पर्धामा बालबालिकाहरुको उज्वल भविष्यको लागि आकर्षक विज्ञापन अनि सस्तो लोकप्रियता तर्फ सचेत हुन आवश्यक छ । विद्यार्थी भर्ना गर्ने यो समयमा महँगो, आर्कषक, ठुलो स्कुलभन्दा पनि आजको प्रतिश्पर्धाको समयमा आजका बालबच्चाहरुको लागि भरपर्दा, पयोग, अनुभवी साथै प्रविधि बुझेका शिक्षक र शिक्षा प्राप्त गर्ने स्कुलमा नै आफ्ना बालबालिकालाई भर्ना गराउँन पर्छ ।
कुनै पनि स्कुल खराब हुदैनन् । तर आजको प्रतिश्पर्धाको समयमा गुणस्तरीय शिक्षा आजको पहिलो आवश्यकता भएको कारण हतार नगरी बालबालिकाको भविस्य सुरक्षित बनाउन तर्फ केन्द्रित हुनु पर्छ । दृष्टिकोणले गुणस्तरीय शिक्षाको प्राविधिक पक्षलाई पहिलो प्राथमिकता दिन पनि उत्तिकै आवश्यक छ ।