कोरोना महामारी पछि वीरगन्जमा खेलकुदलाई चलायमान बनाउन सकृय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) पर्सा पुनः खेलकुदलाई चलायमान बनाउन थालेको छ । यो वर्ष पनि खेलकुदलाई चलायमान बनाउन प्याव्सन पर्सा अग्रसर भएको हो ।
विद्यालयस्तरमा शिक्षाका अतिरिक्त खेलकुदबाट पनि विद्यार्थीको क्षमता अभिवृद्धि गराउन सकिने निश्कर्ष सहित प्याव्सन पर्सा सकृय भएको छ । आगामी ६ माघदेखि २० माघसम्म प्याव्सन अन्तर्गतका विभिन्न विद्यालयका बीच क्रिकेट र ६ माघदेखि १७ माघसम्म फुटवल प्रतियोगिता गरी प्याव्सन पर्साले वीरगन्जका दुईवटा खेल मैदानमा दुईवटा प्रतियोगिता सुरु गरेको प्याव्सन पर्साका अध्यक्ष पुरन प्रधानले बताए । बिहिबार वीरगन्जमा पत्रकार सम्मेलन गरी प्याव्सन पर्सा र वीरगन्ज महानगर कमिटिले यो जानकारी गराएका थिए ।
प्याव्सनले खेलकुद आयोजना गरेको यो आठौं संस्करण भएको प्याव्सन पर्साका अध्यक्ष पुरन प्रधानले बताए । ‘प्याव्सन इन्टरस्कुल ट्वान्टी–२० नकआउट क्रिकेट टुर्नामेन्ट– २०८०’ र ‘प्याव्सन जुनियर नकआउट फुटबल टुर्नामेन्ट– २०८०’ शनिबारबाट एकसाथ सुरु हुने पर्सेली संचारकर्मीसामु प्याव्सन वीरगन्ज महानगर कमिटि र जिल्ला कमिटिले संयुक्त रुपमा जनाए थिए ।
कोरोनापूर्व पाँचौं संस्करणमात्र सम्पन्न गरेको प्याव्सनले छैटौं र सातौं संस्करण कोरोनाको कहरपछि सम्पन्न गरिसकेको थियो । यो वर्ष पनि अघिल्ला वर्षहरू झैं प्याव्सन पर्साले खेलकुदको क्षेत्रमा थप आयाम थप्ने छ । विभिन्न खेलमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्दै आएको वीरगन्जमा विद्यालत तहदेखि नै नयाँ खेलाडी उत्पादनमा जोड दिन पनि प्याव्सनले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न थालेको प्याव्सन पर्साका पदाधिकारीको दावी छ । विद्यार्थीहरूको खेलकुद तर्फको प्रतिभालाई उजागर गर्दै आगामी दिनमा पनि क्रिकेट र फुटबलका क्षेत्रमा नयाँ प्रतिभा जन्माउने उद्देश्यले पनि खेलकुद प्रतियोगितालाई निरन्तरता दिएको प्याव्सन पर्साका उपाध्यक्ष तथा फुटवल प्रतियोगिताका संयोजक शिवजी गुप्ताले बताए ।
प्याव्सन अन्तर्गतका विभिन्न ३० वटा विद्यालयका बीच हुने नकआउट क्रिकेट प्रतियोगिताको फाइनल आगामी माघ १९ गते हुने छ । क्रिकेटका सबै खेल वीरगन्जस्थित आदर्शनगर रङ्गशालामा हुने आयोजकले जनाए । त्यसै गरी जुनियर फुटबल प्रतियोगिता आगामी माघ ७ देखि १७ गतेसम्म साविकको नारायणी अञ्चल प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय पर्सा पूर्व तर्फको खेलमैदानमा हुने प्याव्सन वीरगन्ज महानगर अध्यक्ष आलोक कुमार चौरसियाले बताए । प्रतियोगिता अन्तर्गत बिहान ९ बजेदेखि दैनिक दुईदेखि तिन वटासम्म खेलहरू गराइने अध्यक्ष चौरसियाको भनाइ छ ।
क्रिकेट प्रतियोगितामा प्याव्सन पर्सासँग आबद्ध ३० वटा विद्यालयको सहभागिता रहने र फुटबल प्रतियोगितामा २५ वटा विद्यालयको सहभागिता रहने संयोजक शिव गुप्ताले बताए ।
क्रिकेट प्रतियोगितामा गौतम स्कुल, ज्ञान ज्योति स्कुल, सन लाइट स्कुल, सिद्धार्थ इन्टरनेशनल स्कुल, न्यु वेभ एकेडेमी, वीरगन्ज पब्लिक स्कुल, वीरगन्ज एकेडेमी, साउथ जोन स्कुल, सेन्ट जेभियर्स स्कुल, मालिनी एकेडेमी, ओम नेशनल स्कुल, मून लाइट स्कुल, ज्ञानदा एकेडेमी, लिटिल एन्जल्स स्कुल र एसआर ग्यालेक्सी एकेडेमीको सहभागिता हुने क्रिकेट तर्फका संयोजक अमित आलोकले बताए । त्यसैगरी क्रिकेट तर्फ नै एमईएस स्कुल, नेपाल कावेरी एकेडेमी, माउन्ट एडमण्ड सेकेण्डरी स्कुल, जीवन ज्योति स्कुल, हिमालयन पिरामिड स्कुल, माउन्ट मकालु स्कुल, म्यास्कट एकेडेमी, मनकामना स्कुल, अल्पाइन स्कुल, मेरी गोल्ड स्कुल, विद्या सागर स्कुल, बिकन स्कुल, गोल्डेन फ्युचर स्कुल, श्री आदर्श स्कुल, मिनिल्यान्ड स्कुल बीच प्रतिस्पर्धा हुने उनको भनाइ छ ।
फुटबल प्रतियोगिता अन्तर्गत पनि सफल एकेडेमी, एसआर ग्यालेक्सी एकेडेमी, गौतम स्कुल, चिल्ड्रेन वर्ल्ड स्कुल, नेपाल कावेरी एकडेमी, वीरगन्ज पब्लिक स्कुल, मून लाइट स्कुल, ज्ञान ज्योति स्कुल, एमइएस स्कुल, मनोकामना स्कुल, गुरुकुल एकेडेमी र म्यास्कट एकेडेमीको सहभागिता रहने उनले बताए । साउथ जोन स्कुल, न्यु वेभ एकेडेमी, श्री आदर्श स्कुल, डीएभी स्कुल, सन साइन स्कुल, ज्ञानदा एकेडेमी, लिटिल फ्ल्वार स्कुल, जीवन ज्योति स्कुल, मिनिल्यान्ड स्कुल, बिकन् स्कुल, ओम नेशनल स्कुल, नवदीप एकेडेमीका बीच प्रतिस्पर्धा गर्ने फुटवल प्रतियोगिताका संयोजक गुप्ताले बताए ।
राष्ट्रियस्तरका रेफरीहरूको प्रतियोगिता सहभागी हुने प्रतियोगितामा खेल हेर्न कुनै शुल्क नलाग्ने आयोजक प्याव्सनका जिल्ला अध्यक्ष प्रधानले बताए । खेलाडीहरूका लागि दैनिक खाजाको व्यवस्था, एम्बुलेन्स र आपत्कालीन स्वास्थ्य उपचारको व्यवस्थापन गरिएको र खेल मैदानको सरसफाईमा वीरगन्ज महानगरपालिकाले सघाउने उनको भनाइ छ ।
प्रतियोगिताको विजेतालाई तथा उपविजेता र तेस्रो हुने टिमलाई पनि आकर्षक शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिने आयोजकको भनाइ छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना