१) तपाईले यो क्षेत्रमा आबद्ध हुने प्रेरणा कसरी प्राप्त भयो ?
चार दिदी बहिनीहरु मध्ये मलाई सानै उमेरदेखि धेरै राम्री हुनुपर्नेे बानी थियो । एस.एल.सी. सम्मको अध्ययनपछि पढाइ गर्न सम्भव भएन । दिदीहरुको विवाह भइसकेको थियो । भाइ पनि सानो थियो । बुबा नेपाल प्रहरीमा जागिरे हुनुहुन्थ्यो । बुबा क्यान्सर पीडित भई बिरामी अवस्थामा पुगेपछि पढाइभन्दा पनि घर परिवारको जिम्मेवारी आफ्नो काँधमा आएकोले झनै सीप सिकेर केही गर्ने चाहना भयो । त्यो चाहनाले मलाई अरु क्षेत्रभन्दा व्यूटिसियन पेशा तर्फ आकर्षित पा¥यो ।
२) तपाईले पार्लर संचालन गर्दा कसरी सुरुवात गर्नु भयो ?
सुरुमा वीरगंजको घण्टाघरस्थित सालोज व्यूटि होमबाट बेसिक तालिम र काठमाण्डौं निलडेबिट एकाडेमीबाट डिप्लोमा गरेको हो । व्यूटिसियन सम्बन्धी डिप्लोमा गरेपछि आफ्नो घरको पिढीमा दराजको ऐना, पुरानो कुर्सीलाई प्रयोग गरेर २५ सय लगानीमा धागो, क्रिम आई टिप्ने, कपाल काट्ने कामदेखि सुरु गरेकी थिए । यसरी सुरु गर्दा ग्राहक सन्तुष्ट भई नियमित आउन थालेपछि पसल नै संचालन गर्न सक्छु भन्ने हिम्मत आयो । डिप्रोस बैंकबाट ५० हजार ऋण लिएर घरमा नै व्यवस्थित तरिकाले आर.जी व्यूटिपार्लर नाम दिएर संचालन गर्दै पछि यहाँसम्म आइपुगको हो ।
३) तपाईले व्यूटिसियन पेशा नै रोज्नुको कारण के हो ?
मलाई सानैदेखि सबै दिदीबहिनीहरु भन्दा राम्री हिरोइन बन्नु पर्ने भएर होला व्यूटिसियन पेशा नै मन पथ्र्यो । सानोमा कपाल काट्दा पनि हजामले कपाल काटेर नहुने आमासंग झगडा गरेर पार्लरमा नै गएर कपाल काट्नु पथ्र्यो । म अर्काको अधिनमा बस्न नसक्ने मानिस भएकोले यो पेशा चाही अरु पेशाभन्दा स्वतन्त्र र आफूले अरुलाई अधिनमा राखेर काम गर्न सकिने, केही कमाउन सकिन्छ । सानैदेखि म आफू पनि चिटिक्क राम्री बन्नुपर्ने, आफूसंग हिड्ने साथीहरुलाई पनि राम्री बनाउनु पर्ने भएकोले मेरो लागि उपयुक्त भएकोले मैले व्यूटिसियन पेशालाई नै रोजेको हो ।
४) व्यवस्थित रुपमा पार्लर संचालन गरेपछि मासिक कति आम्दानी हुन्थ्यो ?
घरमा ३ जना मात्र परिवार भएकोले आमाछोरी दुबै पार्लरमा काम गर्न सुरु गर्यौं । म काम गर्थे, आमाले काउन्टरको जिम्मेवारी लिनु भयो । तर पनि मासिक ३० हजारसम्म आम्दानी हुन्थ्यो । मेरो काममा ग्राहकहरु सन्तुष्ट भएर नियमित आउनु हुन्थ्यो । बुबाको निधन भए पनि घर व्यवहार संचालन गर्नमा पार्लरको आम्दानीबाट धेरै नै सहयोग पुग्यो ।
५) अहिलेसम्म कति दिदी–बहिनीहरुलाई पार्लर सिकाउनु भएको छ ?
मैले पार्लर संचालन गरेको १५ वर्ष भयो । धेरै जनालाई एकै पटक पार्लर सिकाउन सकेको भने छैन । पार्लर सिकाउन पनि धेरै सामाग्रीहरु पनि आवश्यक पर्छ । मैले १५ वर्षको अवधिमा व्यक्तिगत १५ जनालाई सक्षम नै बन्ने गरी सिकाएको छु । मैले मेरी आमालाई समेत पार्लर सिकाएको छु । आमाले नै मैले पहिला खोलेको आर.जी पार्लर सञ्चालन गर्नु भएको छ । प्रायः सबै बहिनीहरुले यही पेशामा रहेर ब्युटिपार्लर खोल्नु भएको छ । मैले सिकाएको बहिनीहरु काठमाण्डौं, सर्लाही, वीरगंजमा र वीरगंज बाहिर पनि पार्लर खोलेर काम गरिरहेका छन् । धेरै जना दुबई र अमेरिकामा गएर पार्लरकै काम गरिरहेको छन् । मैले कमैलाई पार्लर सिकाउँछु । जसले सिक्छन् पार्लर खोल्न सक्ने गरि सीप सिकाउँछु । मैले आप्mनो ब्युटि पार्लर फेरी लगानी गरेर नयाँ बनाएको छु । यसलाई अझै व्यवस्थित गरेको छु । हामी आप्mनो यो कामबाट एकदम सन्तुष्ट छौं । मेरो पार्लर व्यवसायलाई अझै बढाउने मन छ । मैले पहिला बैंकमा पनि काम गरेको छु । मैले जागिर छोडेर व्यूटिसियन पेशालाई अपनाएको हो ।
६) पार्लर व्यवसायमा प्रतिष्पर्धा छ ? आफुलाई स्थापित गर्न अझ के गर्नु पर्छ ?
सबैभन्दा व्यवसाय चल्ने भनेको काम राम्रो हुनुपर्छ । आफ्नो बोली बचन, वातावरण राम्रो गर्नुपर्छ । ग्राहकलाई सन्तुष्ट राख्न सक्नुपर्छ । म आफ्नो काममा प्राथमिकता दिन्छु । किनभने ग्राहकको सन्तुष्टीबाट नै राम्रो व्यापार चल्छ । आज हामीले १० हजार लिएर काम नराम्रो गरेमा भोलीका दिनमा १ हजार आउने बाटो पनि बन्द हुन्छ । त्यसैले हामीले आफ्नो काम एकदम राम्रो गर्नुपर्छ । व्यवसाय र व्यापार र व्यवहार र कामले नै स्थापित हुने हो ।
७) तपाईले आर्थिक अवस्था कमजोर भएका सिक्न इच्छुकहरुलाई सहयोग पनि गर्नुहुन्छ ?
मैले आर्थिक स्थिति कमजोर भएका धेरै जनालाई सहयोग गरेको छु । वीरगंजका जागृत युवाज सक्रिय भन्ने संस्थाले दुई पटक संचालन गरेको तालिममा ३० जनालाई तालिममा आवश्यक पर्ने सामानहरु दिएर सहयोग गरेको छु । २ वर्षसम्म मैले संस्थालाई सहयोग गरेको छु । अहिले पनि धेरै बहिनीहरुलाई निःशुल्क काम सिकाइ नै रहेको छु । उनीहरुलाई आफ्नो प्यान नम्बरबाट नै सटिफिकेट दिएको छु । मेरो बानी एक हातले दियो भने अर्को हातलाई थाहा नहोस् भन्ने हो ।
८) यो पेशामा आउन चाहने दिदी बहिनीहरुलाई के सन्देश दिनु हुन्छ ?
जो दिदी बहिनीहरु व्यूटिसियन पेशामा आउन चाहनुहुन्छ । जसको अवस्था कमजोर छ । सीप सिक्न ईच्छा छ भने मसंग सम्पर्क गर्नुहोस् । म जहिले पनि सहयोग गर्न तयार छु । सीप सिकेको मानिस कहिले भोकै मर्दैन । सीप भएको मान्छेले पिपलको बोटमूनि बसेर पनि आफ्नो काम गर्न सक्छ । काम गर्नको लागि अफिस नै खोल्न जरुरी छैन । आफ्नो कामले मात्र ग्राहकलाई सन्तुष्ट पार्नु पर्छ । हाम्रो मेहनत नै सफलताको कडी हो ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना