वीरगञ्ज पब्लिक कलेज (बिपिसी) मा शनिवारदेखि २ दिने ‘मेड ईन वीरगञ्ज’ कार्यक्रम सुरु भएको छ । बिपिसी कलेजमा कक्षा १२ देखि स्नातकसम्म अध्ययनरत विद्यार्थीहरुले बनाएका विभिन्न सामग्रीको प्रदर्शनी तथा बिक्रिवितरण गर्ने अभिप्रायले मेड ईन वीरगञ्जको आयोजना गरिएको बिपिसी कलेजका संस्थापक अध्यक्ष प्राध्यापक डा। दीपक शाक्यले बताए ।
विद्यार्थीहरुलाई जागिर गर्ने मात्रै हैन जागिर दिने क्षमताको अभिवृद्धिका लागि पनि यो कार्यक्रम सहयोगी साबित हुने उनको विश्वास छ । उनले भने, ‘घरेलु उत्पादनको सदुपयोग गर्दै त्यसको व्यवसायीकरण गर्न र सिक्दै कमाउँदै गर्ने प्रचलन हामीले सुरु गरेका छौँ । अब जागिर गर्ने मात्रै नभएर व्यवसाय तथा उद्यम गर्ने वातावरणको निर्माणका लागि हामीले पाइला चालेका छौँ ।’ व्यवस्थापन संकायको अध्यापन गराउने शैक्षिक संस्था भएको हुँदा कलेजले व्यवहारिक शिक्षालाई जोड दिएको उनको जिकिर छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्यमशीलताको प्रवद्र्धन गर्न मेड ईन वीरगञ्ज सहयोगी साबित हुने धारणा राखे । घरेलु उत्पादनले रोजगारीको सृजना गर्नुका साथै स्वदेशमै बसेर आत्मनिर्भर बनाउने महानगर प्रमुख सिंहको भनाई छ । उत्पादीत सामग्रीको बजारीकरण तथा व्यवसायीकरणका लागि महानगरले सहयोग गर्न तयार रहेको पनि उनले बताए ।
काम गर्दै जाँदा उतारचढाव आउनु स्वभाविक भएको बताउँदै प्रमुख सिंहले लक्ष्यबाट बिचलीत नहुन विद्यार्थीहरुलाई सुझाव दिएका छन् । आफुले महानगरलाई सुन्दर, परिवर्तीत तथा विकसित वीरगञ्ज बनाउने अभियानमा लागिरहेको हुँदा त्यसमा सबैले साथ दिन पनि उनले आग्रह गरेका छन् ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, भारतीय महावाणिज्य दूतावासका तरुण कुमार, समाजसेवी पशुपति विक्रम शाह, वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल केडिया, ऊशा शाह, मधु राणा, ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइराला, सिद्धार्थ इन्टरनेशनल स्कुलकी अध्यक्ष डा। सुष्मा तिवारी द्विवेदी, पोखरिया नगरपालिकाकी पूर्व उपप्रमुख सलमा खातुन, मधेश विश्वविद्यालयका रजिष्ट्रार विजय यादव लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख अर्विन्द श्रेष्ठले गरेका थिए ।
सो अवसरमा कपडा, खानेकुरा, मीठाइ, खाद्य सामग्री लगायतका वीरगञ्जमै उत्पादित विभिन्न स्टल पनि राखिएको बिपिसी कलेजका क्याम्पस प्रमुख डा। बिनय श्रेष्ठले जानकारी दिए । कार्यक्रममा कलेजका संयोजक बासु कर्ण, बिपिसीका प्रिन्सीपल हरिरत्न तुलाधरसँगै कलेजमा अध्ययनरत विद्यार्थीहरुले अतिथीहरुलाई स्टलको अनुगमन गराएका थिए ।
साथै कलेजमा विद्यार्थीहरुले रेस्टुरेन्ट पनि सञ्चालन गरेका छन् । विभिन्न समुदाय विशेष परिकारहरु पनि रेस्टुरेन्टमा उपलब्ध छन् । विद्यार्थीहरु आफैले लगानी गरेका छन् भने कतिपय विद्यार्थीलाई कलेजले नै खडा गरेको कोषबाट १ प्रतिशत ब्याजमा अनुदान उपलब्ध गराइएको कलेजका प्रबन्ध निर्देशक संकल्प शाक्यले बताए ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना