जनमत पार्टीले अनियमितता भइरहेको भन्दै मधेश कृषि विश्वविद्यालयमा तालबन्दी गरेको छ।
जनमत पार्टीका नेता तथा कार्यकर्ताले आइतबार ज्ञापनपत्र बुझाएका थिए । त्यसपछि उनीहरूले विश्वविद्यालयमा तालाबन्दी गरेका हुन् ।
मधेश प्रदेश सरकारले मधेश कृषि विश्वविद्यालय स्थापना गरेको हो। विश्वविद्यालय सभाको अध्यक्ष प्रदेशको शिक्षामन्त्री रहने व्यवस्था छ । अहिले मधेश सरकारमा जनमत पार्टीकै महेशप्रसाद यादव शिक्षामन्त्री छन् ।
त्यस्तै, विश्वविद्यालयको ऐनमा विश्वविद्यालय अवस्थित क्षेत्रका प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य सभाका सदस्य रहने व्यवस्था छ । ऐनमा व्यवस्था भए पनि व्यवहारमा लागू नभएको जनमतका कार्यकर्ताको तर्क छ।
तर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई विश्वविद्यालय भवन शिलान्यास कार्यक्रममा प्रमुख अतिथि बनाउन खोजेको भन्दै उनीहरूले विरोध जनाएका छन् । सोमबार शिलान्यासको कार्यक्रम छ।
जनमतले विश्वविद्यालयमा दलीयकरण बन्द गर्नुपर्ने, विश्वविद्यालयमा भइरहेको अनियमितता रोक्नुपर्ने, विश्वविद्यालय भवन निर्माणमा भएको भ्रष्टाचार छानबिन गर्नुपर्ने माग गरेको छ। त्यस्तै, परीक्षा बोर्ड विना नै लिइएको परीक्षाको छानबिन गर्नुपर्ने, विश्वविद्यालयका कर्मचारी नियुक्तिमा भएको राजनीतीकरण बन्द गर्नुपर्ने माग गरेको छ।
आफूहरूले राखेका मागमा विश्वविद्यालय गम्भीर नदेखिएकाले तालाबन्दी गर्नुपरेको जनमत पार्टीका जिल्ला अध्यक्ष रामगमन साहले जनाए। माग पूरा नभएसम्म तालाबन्दी जारी रहने साहले बताए ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना