ऋण लिंदा बैंकले सस्तो व्याजदर कायम गरी पछि विस्तारै व्याजदर उच्च गरेपछि यो बिषयले मुलुक भरी हंगामा फैलियो । पूर्व झापाका मेडिकल कलेज संचालक दुर्गा प्रसाईंले त काठमाण्डौ हल्लाउने गरी आन्दोलनको आँधिवेहरी नै मच्चाए । सरकारले राष्ट्र बैंक मातहत रहने वित्तीय संस्थालाई परिस्कृत गराउनुको साटो लामो समयसम्म अटेर गरिरह्यो । तथापि जनताको उभारले सरकार नै डगमगाउने सावित हुन पुगेपछि बैंक संचालकहरुले केही व्याजदर घटाएजस्तो गरी जनताको आँखामा छारो हालेका छन् । वास्तवमा बैंकहरुले घटाएको ब्याजदरले मुलुकको गिर्दो व्यवसायमा सुधार ल्याउन सक्ला त भनी स्थानीय व्यवसायीहरुसँग लिएको प्रतिक्रिया :
१. सज्जन अग्रवाल (व्यवसायी)
वीरगंज, पर्सा
बैंकको व्याजदरमा कम भएका समाचारहरु बजारमा यत्रतत्र छन् । तर वास्तावमा भन्नुपर्दा जे समाचार बजारमा आएको छ । त्यो सत्य होइन । बैंकले बजारमा ल्याएको व्याजदर न्यूनतम व्याजदर हो । त्यसमा कुनै पनि बंैकले प्रिमियम जोडेर देखाएको छैन । हरेक बैंकले आ–आफ्नो प्रिमियम अथवा आन्तरिक सेवा शुल्क जोडेर समग्रमा हामीले यो बुझ्नुपर्छ कि पहिला १४ प्रतिशत व्याजदर हामीले तिर्ने गरेका थियौं । अहिले बंैकले व्याजदर घटाउँदा १३ प्रतिशत मात्र तिर्ने गरेका छौं । अहिले हामीले २ अंकमा व्याज तिर्दै आएका छौं । जब सम्म नेपालमा बैकको व्याजदर १ अंकमा पुग्दैन । तब सम्म व्यपारको अवस्था सुध्रिदैन । नेपाल सरकारको नीति, नियम, कानून कोठा भित्र बनाइन्छ । बजारको सर्वेक्षण गरेर बनाइदैन । सरकारले व्यापारीलाई जुन भाषामा जहिले पनि चोरको संज्ञा दिएको छ । तर हामी समान किन्छौं सय रुपैयामा सरकारले भन्छ ३ सय रुपैयाँमा किनेको छ । मेरो श्रीमतीले ३ सय रुपैयाँमा बजारमा किनेको छ । त्यसैले हामीले ३ सयमा नै भन्सार तिर्नुपर्छ । अहिले व्याजदर घटेको भन्नु आम जनता र व्यापारीहरुको आँखामा छारो हाल्ने काम मात्र हो । यदि बैंकहरुले कुनै पनि अन्य शुल्क नजोडेर ८ प्रतिशत व्याजमा नै व्यपारीहरुलाई ऋण दिन्छ भने सबै कारोबारहरु सहज किसिमले संचालन हुन्छ । बजारको स्थिति पनि सुधार हुन्छ । अहिले बजारमा धेरै सटरहरु खाली भैसकेका छन् । यि खाली सटरहरु पनि भाडामा लाग्छ । चर्को व्याजदरको कारणले भोली हामी पनि व्यापार छाडेर पलायन हुने अवस्था नआउला भन्न सकिन्न । बैंकले व्याजदर घटाए भनेर हामी उत्साहित छैनांै । एक प्रतिशतको ललिपप सरकारले दियो १० प्रतिशतको भन्सारको कर बढाइदियो । हरेक दैनिक उपयोगको ब्रस, साबुन, फेसवास सबै समानलाई विलासिता सम्बन्धी बनाएको छ । २० प्रतिशत अन्तशुल्क लगाएको छ । करको दायरा बढाएर मात्र अर्थतन्त्रको सुधार हुदैन । सरकारले बैंकको व्याजदर १ अंकमा झार्नुपर्छ । बजारमा पाइने मूल्यलाई आधार मान्ने होइन । कम्पनीहरुले दिएको मूल्यलाई मान्यता दिनुपर्छ । अनि मात्र देशको व्यापार व्यवसायको अवस्था सुध्रिन्छ । अर्थतन्त्रमा पनि सुधार आउँछ ।
२. अमन गुप्ता (व्यवसायी)
वीरगंज–६, माईस्थान
बंैकले अहिले व्याजदर घटाएकोले व्यापार व्यवसाय र देशको अर्थ व्यवस्थामा खासै सुधार हुन्छ जस्तो लाग्दैन । अहिलेको व्याजदर कुनैमा ०.५ र कुनैमा १ प्रतिशतले मात्र घटेको छ । सरकारको त्यो सकारात्मक सोच हो । पहिला बजारमा जुन किसिमले मुद्रा जान्थ्यो । तर अहिले त्यो किसिमले मुद्रा जान सकेको छैन । अहिले बैंकहरुबाट ऋण पास भएपछि त्यति ऋण पाएका छैनन् । जसले नयाँ व्यापार सुरुवात गर्न सकोस् । सरकारले पुरानोका साथै नयाँ व्यापारीहरुलाई पनि जोड दिन खोजेको छ । सरकारले पनि सकारात्मक सोच ल्याउन कोशिस गरिरहेको छ । धेरै का जग्गा जमिनहरु बैंकमा नै ऋणमा बसिरहेका छन् । धेरै बैकमा राखेका जग्गाहरु लिलामी नै भइरहेका छन् । मानिसहरुमा बजारको अवस्था देखेर कुनै पनि नयाँ व्यापार–व्यवसाय गर्ने उत्साह, सकारात्मक सोच पहिला जस्तो छैन । सबैको एउटा सोच बनिसकेको छ । कुन पनि नयाँ व्यापार–व्यवसाय गर्नु हुदैन । जुन सुकै व्यापारबाट अहिले कुनै फाइदा छैन । खाद्य सामाग्रीका परलहरु दैनिक उपभोग्यका सामाग्री भएकोले केही चल्छ नै तर पहिलाको तुलनामा भने किरानामा पनि व्यापार छैन । बंैकहरु जसरी मर्ज भएका छन् । सरकारले थप अन्य केही कुरामा ध्यान दिनुपर्छ । बजारमा सकारात्मक ल्याउनका लागि पुराना व्यापारीहरुलाई सहज होस् र नयाँ व्यापारीहरु पनि आउने वातावरण होस् । बैकहरुले लोनको प्रक्रियामा ध्यान दिनु पर्छ । बजारमा प्रशस्त पैसा आयो भने बिस्तारै बजार चलायमान हुन्छ ।
३.आशिष गुप्ता (व्यवसायी)
वीरगंज– ११, श्रीपुर
धेरै दिनसम्म बैंकहरुले ऋण लगानी नै गरिरहेको थिएन । अहिले बिस्तारै बैकहरुले ऋण लगानी गरिरहेको छ । लगानी नगरेको बीचको समयमा व्यवसायमा धेरै उथलपुथल भएको छ । बैंकले ऋण मेन रोडका सटरहरु हेर्ने हो भने २५÷३० वटा सटर खाली भैसकेको छ । धेरै व्यवसायहरु डुबेका छन् । यसको कारण बैंकले व्यापार व्यवसायमा ऋण लगानी नगर्नु हो । बैंकले लगानी गर्दैन भने ठूला व्यापारीहरुले केही नै गर्न सक्दैनन । साना व्यवसायबाट देशको वृद्धि विकास पनि हुदैन । बैंकले ऋण लगानी बन्द गर्दा देशमा मुद्रा स्थितिमा नै समस्या आएको थियो । अहिलेसम्म पनि सबै व्यापारहरु नै त्यस्तै छ । हामी सबैले सोचिरहेका थियौ बैंकले कहिले लगानी गर्छ । बल्ल केही लगानी गर्न सुरु गरेको छ । बैंकले लगानीको साथसाथै व्याजदर पनि घटाउनु पर्छ । धेरै नाजुक अवस्था भएको व्यापार सुधार बिस्तारै हुन्छ । नेपाल राष्ट्र बैंकमा संचित मुद्रा हुनु पर्छ । यदी छैन भने कर नै लगाउँछ । भन्सारबाट होस् वा अन्य आन्तरीक रुपबाट होस् करको दायरा बढाएर भएपनि राज्य संचालन गरेको हो । बैंक व्याजदर घट्छ भने व्यापार–व्यवसायमा पनि सुधार हुन्छ । देशको आर्थिक स्थितिमा पनि सुधार हुन्छ ।
४.सुरज कुमार गुप्ता (व्यवसायी)
वीरगंज–६, माइस्थान
बैंकको व्याजदर पहिलाको तुलनामा केही घटेको छ । तर पनि बैंकको व्याजदर केही घटेको छ । तर पनि बैंकको घट्दो व्याजदरले हामी व्यापारीहरुलाई कुनै फरक पारेको छैन । यसले हामीलाई खासै प्रगति भएको छैन् । अहिले बजारमा कुनै पनि व्यापारमा बिक्री छैन । बजारमा किन्ने ग्राहक छैनन् । मानिसको समान किन्ने क्रयशक्ति नै छैन । मानिसको आयश्रोत घटेर होस् वा समानको अत्याधिक मूल्य वृद्धि भएर होस् बजारमा किन्ने मानिसको क्रयशक्ति छैन । बजारमा भएका मानिसहरु पनि खुल्ला सिमाना भएको कारण रक्सौंल बजारमा गएर आफ्नो हिसाबले किनेर ल्याउने गरेको पाइन्छ । अरु विस्तृत धेरै कारणहरु छन् । तर ति मध्ये मुख्य कारणहरु यि हुन् ।
५. शनी पासवान (व्यवसायी)
वीरगंज–८,गहवा
बैंकले व्याजदरमा घटाएको भन्ने केही बजारमा सुन्नमा आए पनि धेरै खुशी हुने भने अवस्था भने छैन । पहिलाकोभन्दा अहिले व्यापार व्यवसाय धेरै घटेको छ । व्यापार भए पनि नभए पनि घरभाडा सधैं तिर्नु नै पर्छ । जेनतेन व्यापारबाट घरभाडा तिर्न पु¥याएको छु । बजारमा कपडा किन्ने मानिसहरुको नै संख्या देखिदैन । आएका जति सबै मानिसहरु सस्ता खालको मात्र कपडा किन्न खोज्ने गर्ने गरेका छन् । मानिसको आय आर्जन नभएर पनि चाहे जस्तो कपडा किन्न सकेका छैनन् । मानिसले किन्न नसक्ने अवस्था आएपछि कसरी हाम्रो व्यापार हुन्छ । बैकले पनि व्यापारीहरुलाई ऋण दिएको थिएन । बंैकले ऋण प्रवाह नगरेपछि व्यापार राम्रो संग संचालन हुन नसकेको पनि हो । सहज तरीकाले ऋण प्रवाह गर्ने र व्याजदर घटाएमा बजारमा मुद्रा जाने बिस्तारै व्यापार व्यवसाय पनि फस्टाउदै जान्छ ।
६. सीता क्षेत्री
वीरगंज– ५, जेलरोड
पहिलाको भन्दा अहिले व्यापार–व्यवसाय धेरै खच्केको छ । बजारमा सामान किन्ने मानिसमा कुनै रौनक्ता छैन । समानको मूल्यमा पनि अत्याधिक वृद्धि भएको छ । मानिसको आम्दानी कम छ । आम्दानीले नै दैनिकी खर्च धान्न मुस्किल भएको छ । भने व्यपार–व्यवसायको पनि दयनीय अवस्था भएको छ । अहिलेको समयसम्म जसोतसो धान्दै आएका छन् । तर यस्तै नै अवस्थामा रहने हो भने भोलीका दिनमा देश र जनताका अवस्था कस्तो हुन्छ । निश्चित भने गर्न सक्ने अवस्था छैन । बैंकले व्याज दर घटाएको भन्ने एउटा बजारमा आएको हल्ला मात्र हो । १ प्रतिशत व्याजदर घट्दैमा धेरै खुशी हुनुपर्ने अवस्था छैन । यसले व्यपार व्यवसायमा र आम जनताको स्थितिमा केही सुधार हुन सक्दैन ।
७. कपिलेश्वर रौनियार (व्यवसायी)
वीरगंज, घण्टाघर
बैंकले व्याजदर घटाएको भने पनि पहिलाको भन्दा १ प्रतिशत मात्र घटेको छ । बजारको अवस्था हेर्दा धेरै नै व्यवसाय नाजुक छ । हरेक प्रकारको व्यापारको अवस्था खच्केको छ । मैले व्यापार गरेको ९ वर्ष भयो । सुरुका केही वर्षका भने व्यापार धेरै नै राम्रो थियो । कोरोना कहरपछिको समय भने व्यापारबाट खासै धेरै फाइदा हुन सकेको छैन । अहिले व्यापार नहुनु भनेको नै मानिसहरुको आम्दानीको श्रोत नहुँदा चाहेर पनि किन्न सकेका छैनन् । बजारमा समानको मूल्य पनि अत्याधिक बढेको छ । मानिसको आम्दानीको श्रोत बढ्न सकेको छैन । खाद्यान्नका सामानहरु भने केही अन्य समान भन्दा बढी बिक्री भएको देखिन्छ । तर त्यो पनि पहिलेको तुलनामा धेरै कम भएको छ । अब भने बैंकबाट ऋण लिनु पर्ने अवस्था आएको छ । तर बंैकको व्याजदरमा कम भएमा हामीलाई पनि सहज हुने थियो । बैंक व्याजदर र भन्सार कर कम भएमा बजार मूल्य पनि कम हुन्थ्यो । सामान कम रेटमा पाएपछि बिक्री बढ्ने धेरै सम्भाव हुन्छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना