नेपाली यू–१९ क्रिकेट टोलीले आज आइसिसी यू–१९ विश्वकपको दोस्रो खेल खेल्दै छ । दोस्रो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
खेल बुधवार दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा हुँदै छ । पहिलो खेलमा आइतबार न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको नेपालका लागि दोस्रो खेल जित्नै पर्ने दबाब छ । न्युजिल्यान्डविरुद्धको पहिलो खेलमा जितको लागि ३०३ रनको लक्ष्य पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ३८ रन बनाएको थियो । पाकिस्तानलाई हराउन नेपाललाई बलिङ र ब्याटिङमा सुधारिएको प्रदर्शन गर्नैपर्ने चुनौती छ ।
समूह चरणको अन्तिम खेल नेपालले माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ । दक्षिण अफ्रिकामा सुरु भएको १५ औँ संस्करणको यू–१९ विश्वकपमा नेपालसहित विश्वका १६ राष्ट्र सहभागी छन् । १६ देशलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘डी’ मा छ । यो समूहमा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् ।
यस्तै, समूह‘ए’ मा अमेरिका, बङ्गलादेश, भारत र आयरल्यान्ड छन् भने समूह ‘बी’ मा स्कटल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्ड रहेका छन् । यसै गरी, समूह ‘सी’ मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलङ्का रहेका छन् ।
समूह चरणमा एक अर्कासँग खेलेपछि हरेक समूहबाट शीर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन् । अर्को चरणमा पुग्ने १२ देशलाई दुई समूहमा विभाजन गरेर सुपर सिक्सका खेल हुने छन् । सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने । अन्त्यमा दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।
भारतले सर्वाधिक ५ पटक यू–१९ विश्वकपको उपाधि जित्दा अस्ट्रेलियाले तीन पटक जितेको छ । पाकिस्तानले दुई तथा बङ्गलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक–एक पटक उपाधि जितेका छन् ।
यू(१९ विश्वकपमा नेपालले यसअघि सात पटक सहभागिता जनाइसकेको छ । यस पटक नेपाल आठ वर्षपछि प्रतियोगितामा सहभागी भएको हो । नेपालले गत वर्षको फागुनमा भएको यू’१९ एसिया छनोटमा संयुक्त अरब इमिरेट्स (युएई)लाई फाइनलमा हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।
यू–१९ नेपाली टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दिपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम थापामगर, विपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा, आकाश चन्द ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना