वीरगञ्जमा हुन लागेको पुर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहको नागरिक अभिनन्दन समारोह सभ्य र भव्य बनाउने तयारी तिब्र रुपमा भैरहेको आयोजक समितिले जनाएको छ ।
“श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समिति”का महासचिव हिरा बहादुर चन्दले मंगलबार टिभी जर्नलिस्टहरूसंगको भेटघाटमा वताए ।
भेटघाटमा नागरिक अभिनन्दन मूल समारोह समितिका अध्यक्ष नेपाली कांग्रेसका वरिष्ठ नेता एवं वरिष्ठ अधिवक्ता देवेंन्द्रलाल नेपालीले पर्सा, बारा, रौतहट, मकवानपुर लगायतका जिल्लाबाट आउने जनताको प्रत्यक्ष उपस्थिति एवं विभिन्न राजनीतिक दल, राष्ट्रवादी हिन्दूवादी संघसंस्थाको सहभागितामा वीरगञ्जस्थित लाल बंगला परिसरमा राजा ज्ञानेन्द्रको हुने नागरिक अभिनन्दनको व्यापक रुपमा तयारीमा लागेको जानकारी दिए ।
त्यसैगरी पुर्व राजा शाहलाई देशभरिका जनताबाट ठाउ–ठाउमा गरिंदै आएको अभिनन्दन वीरगञ्जमा पनि हुने खबरले पर्सा लगतायत आसपास जिल्लाका सर्वसाधारण नागरिकहरू उत्साहित देखिएको प्रचार प्रसार संयोजक मानव सेवकले बताए ।
अभिनन्दन समारोहमा प्रतिनिधित्व गर्न विभिन्न उद्योगी व्यवसायीका संघसंगठन, राजनीतिक दल, संघसंस्थालगायतले हार्दिकतापूर्वक इच्छा जाहेर गरिरहेको पनि उनले वताए ।
यसैबीच राष्ट्रिय शक्ति नेपालका केन्द्रिय अध्यक्ष एवं पूर्व मन्त्री केशर बहादुर विष्ट सम्मिलित एक टोलीले मंगलवार वीरगञ्जस्थित नागरिक अभिनन्द समारोह स्थल लालबंगला परिसरको स्थलगत निरीक्षण गरे ।
सो अवसरमा मंच व्यवस्थापन समितिका संयोजक एवं मूल समारोह समितिका कोषाध्यक्ष राजकुमार सिंधी, नरेश बहादुर सिंह मूल समारोह समितिका महासचिव हिरा बहादुर चन्द लगायतको सहभागिता रहेको थियो ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना