राज्यको अपेक्षा स्रोत र परिवर्तनको संवाहकको रूपमा युवा शक्तिलाई हेरिएको छ । समाज परिवर्तनमा आर्थिक, सामाजिक, राजानीतिक र सांस्कृतिक रूपान्तरणको अग्रदूत तथा परिवर्तनको सम्वाहक शक्तिको रूपमा युवाको पहिचान हुनु आवाश्यक छ । जबसम्म युवा शक्तिलाई स्वदेशमा स्थान दिइदैन तबसम्म हाम्रो देश नेपालमा गरिबी देशको ट्याग कहिल्यै हट्न सक्दैन । तसर्थ युवालाई जिम्मेवारी र उत्तरदायी बनाउन आजको आवाश्यकता हो बुझ्न जरुरी छ ।
युवा जनसंख्यालाई विभिन्न देशहरुले आ–आफ्नै उमेरको परिधिमा राखेको छ । तर हामी के बुझ्ने गरेका छौ भने मानव जीवनमा असीमित जोश, जाँगर, उत्साह शक्ति र आशाले भरिएको उमेर समूह भनेकै युवा हो भनेर । नेतृत्व गर्न मन लाग्ने, जे पनि गर्न सक्छु जस्तो लाग्ने, उत्साह अनि संवेग सहितको युवा अवस्था शक्ति र सामर्थ्य भरिपूर्ण अवस्था हो । नेपालका सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षको उमेर समूहभित्रको जनशक्तिलाई युवा मानेको छ । नेपालको कुल जनसंख्यामध्ये उमेरको जनसंख्यालाई हेर्दा कूल एक करोड ६ लाख युवा रहेको देखिन्छ ।
यीमध्ये ३६ प्रतिशतभन्दा बढी युवाहरू अर्धबेरोजगार रहेका छन् । वर्षेनी ५ लाख ३८ हजार युवाहरू रोजगारीका लागि विदेशीने गरेका छन् । प्रतिदिन १ हजार ५ सयको हाराहारीमा युवाहरू विदेशीने गरेको तथ्यांकले देखाउँछ । यो नै भविष्यको चिन्ताको बिषय हो । नेपालमा श्रमशक्ति छ तर श्रमिकले दक्षता अनुसारको श्रमको अवसर पाइरहेका छैनन् । नेपालको सन्दर्भमा राजनीतिक परिवर्तनका ऐतिहासिक घटना र व्यवहारिक दस्तावेजले पनि परिवर्तन युवाबाटै सम्भव हुने भनिरहँदा युवाहरुलाई कहाँ र कसरी व्यावस्थापन गर्ने बारे दिगो सोच बनाउन नसकिरहेको अवस्था छ ।
हामीलाई थाहा छ शक्ति कहिल्यै पनि स्थिर हुँदैन अथवा यो भनौ शक्ति संचित पनि हुँदैन यो जमेर पनि बस्दैन । यदि शक्ति स्थिर बस्यो भने त्यो अवश्य नष्ट भएर जान्छ । यसको प्रकृति नै चलायमान छ । तर यसलाई सिर्जनात्मक पद्धतिमा परिचालन गरे सिर्जना हुन्छ र विनासकारी पद्धतिमा प्रयोग गरे घातक हुन्छ । यो शक्तिलाई सही मार्गमा ल्याउन हाम्रो समाज तथा राजनीतिकर्मीहरुले सही बाटो सही नीति बनाउन आवश्यक छ ।
युवाहरूलाई परिवर्तनका संवाहक र दिगो विकासका उत्प्रेरक शक्तिको रूपमा विकास गर्न राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, लोकतन्त्र र मानवाधिकारका आधारभूत सिद्धान्त एवं मूल्यमान्यताहरू बोध गराउने कार्यक्रमहरू सञ्चालन हुन आवाश्यक छदेशको आर्थिक, सामाजिक तथा शासकीय पद्धतिको रूपान्तरणको प्रक्रियामा युवाहरूको भूमिकालाई उच्च महत्व दिएर नीति तथा कार्यक्रम संचालन हुनुपर्छ !राज्यका नीति निर्माणमा अर्थपूर्ण योगदान पुर्याउन युवाहरूलाई आर्थिक, सामाजिक, राजनीतिक एवं सांस्कृतिक सशक्तीकरणका माध्यमबाट प्रोत्साहन गर्न सम्भावनाहरु खोज्नुपर्छ ! युवाहरुलाई
विश्व अन्तरसम्बन्धबारे जागरूक गराउँन देशको विकास लक्ष्य मात्रै नभएर अन्तर्राष्ट्रियस्तरमा गरिएका युवासम्बन्धी प्रतिवद्धताहरूको परिपालनामा जोड दिनु आवाश्यकता हो !
युवाहरू भनेकै समाजका कर्मठ, क्रियाशील, नवीनताको पक्षधर र रचनात्मक शक्तिमा भएको हुनाले यो शक्तिलाई परिचालित गर्न समाजप्रति जवाफदेहि र उत्तरदायित्व वहन गर्ने एवं लोकतान्त्रिक प्रणाली प्रति प्रतिवद्ध रहन सक्ने बनाउन विशेष कार्यक्रमहरू सञ्चालन गर्न सकेँ युवा शक्ति र उत्तरदायीत् प्रती सचेत बनाउन सकिएला !
अर्को कुरा यो युग भनेको विश्वव्यापीकरणको युग हो। एक ठाउँमा उत्पादन भएको सामान विश्वका अर्को कुनाका व्यक्तिले उपयोग गर्न सक्छन्। त्यसैले हामीले आजको यस विश्वव्यापीकरणको युगमा युवाको भूमिकालाई सही ढंगले सदुपयोग गर्न आजको प्राविधिक युगलाई युवामैत्री बनाइ युवा शक्तिलाई सदुपयोग गर्न सकेको खण्डमा उत्पादनमा वृद्धि भई राष्ट्रिय आम्दानीमा समेत वृद्धि हुने देखिन्छ। आज हामीले आफ्नो देशमा उत्पादन हुने बस्तुलाई विश्वका विभिन्न देशहरूमा पु¥याउनुपर्ने आवश्यकता जरुरी छ।
युवाहरु सामाजिक कार्यकर्ता भएर समाज र राजनीति बदल्ने बाटोमा जरुरी छ । बिचार र नितिको पछि लाग्ने मात्रै होइन खोज र अनुसन्धान तर्फ युवाको पहुँच पुग्न जरुरी छ !
युवाहरुले राजनीतिको हरेक क्षेत्रमा चासो दिन आवश्यक छ । किनकि यो समाज रुपान्तरण गर्न युवाहरुको पनि महत्वपुर्ण भुमिका हुन्छ । देशको राजनीति र अर्थव्यवस्थालाई बदल्नको निम्ति युवा, बिद्यार्थीहरु एकजुट हुन जरुरी छ । युवाहरु राजनीति र राजनीतिक दलबाट टाढा हुनपर्छ भन्ने छैन् । विचारहरुमा भिन्नता हुन सक्छ । दल फरक हुन सक्छ , तर, सामाजिक रुपान्तरणको अभियानमा प्रत्येक युवा एक हुन आवश्यक छ ।
नेपाली राजनीतिमा प्रत्येक युवाले स्वतन्त्र रुपमा होस् या दलभित्र रहेर होस् आ– आफ्नो ठाँउबाट नयाँ बहस चलाउनु पर्ने देखिन्छ । अबको बहस राजनितिक आन्दोलनको होईन आर्थिक समृद्धि र राजनितीमा इमान्दारी अनि नैतिकताको हो तसर्थ युवा शक्तिलाई दायित्व बोध गराउने राज्यका हरेक निकायमा युवा सोच पुर्याउनु आजको आवाश्यकता हो !
धन्यवाद
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना