चारदशक बढी अतिक्रमणको चपेटामा परेको वीरगन्जको रामजानकी मन्दिरको जग्गा अतिक्रमणमुक्त हुन्छ भन्ने कुरा धेरै नगरवासीलाई पत्यार लागेको थिएन । तर काम गर्ने ईच्छाशक्ति र चाहना भए सार्वजनिक जग्गा फिर्ता पनि हुन्छ भन्ने सन्देश वीरगन्ज महानगरपालिकाले दिएको छ । स्थानीय तहको निर्वाचन २०७९ पछि आएका महानगरपालिकाका नयाँ जनप्रतिनीधिको सकृयतामा वीरगन्ज १० मा रहेको रामजानकी मन्दिरको अतिक्रमित जग्गा फिर्ता भएरै छाड्यो । फलतः गएको माघ ८ गते सो मन्दिरमा भगवान रामसीताको प्राणप्रतिष्ठा समेत भएको हो ।
यसको श्रेय वीरगन्ज महानगरपालिकाका महानगर प्रमुख राजेशमान सिंह र उनको टिमका जनप्रतिनीधिलाई जान्छ । यो मन्दिर सहित विभिन्न मठमन्दिर र अन्य सार्वजनिक स्थानका डेड सय विघा बढि अतिक्रमित जग्गा पनि अतिक्रमणमुक्त गराइएको छ । यो कामका लागि भने वर्तमान महानगरपालिकाका प्रमुख सिंह र उनको सिंगो जनप्रतिनीधि टिमलाई महानरवासीले धन्यवाद भन्दा अन्याय हुँदैन । उपलब्धिमूलक काम अन्तर्गत रामजानकी मन्दिरले पनि चार दशकभन्दा लामो समयंदेखिको व्यक्तिको अतिक्रमणबाट मुक्त हुने अवसर पाएको हो । अतिक्रमण मुक्तपछि बल्ल रामजानकी मन्दिरमा दर्शनार्थी र भक्तजनको चहलपहल बढेको छ ।
संयोग नै मान्नु पर्छ, भारतको अयोध्यास्थित राममन्दिरमा स्थापना रामललाको प्राण प्रतिष्ठा र वीरगन्जको रामजानकी मन्दिरमा पनि स्थापित भगवान रामसीताको मूर्तिमा प्राण प्रतिष्ठा एकै दिन भएको छ । यो कार्यले वीरगन्जका हिन्दु धर्मावलम्बीहरमा डबल उल्लास छाएको थियो । अयोध्यामा रामसीताको मूर्तिमा प्राण प्रतिष्ठा हुने भएपछि मधेश प्रदेशको अरु जिल्लाभन्दा वीरगन्ज अझ राममय बन्यो । गएको सोमबार बिहानैबाट वीरगन्जमा जय श्रीरामको नारा गुञ्जियो । सडकमा रामसीताको आस्थासँग जोडिएका ध्वजापताकाहरुले वीरगन्ज शहरलाई नै चिटिक्क पा¥यो । हरेक सडकबाट जय श्रीरामको नारा सहित ¥यालीहरु निकालिए । जताततै राम र हनुमान अङ्कित झन्डा फहराइयो ।
पर्साको ठोरीमा रामको जन्मभूमि भएको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भनेको केही बर्षभित्रै जिल्लाको ठोरीमा नभई सदरमुकाम वीरगन्जमा रामसीताको मन्दिरमा भगवानको शालिक अनावरणसँगै प्राण प्रतिष्ठा भएको छ । यो कार्य निकै गौरवको भएको रामजानकी मन्दिरमा प्राण प्रतिष्ठा कार्यका कर्ता वीरगन्ज घढीअर्वा निवासी सोनालाल गुप्ताले बताए । हामीले जानेदेखि यो मन्दिरको जग्गा अतिक्रमणमा परेको थाहा पाएका थियौं उनले भने । अतिक्रमण मुक्त हुन्छ भन्ने पनि शंका भएको समयमा स्थानीयको पहललाई वर्तमान महानगर प्रमुख राजेशमान सिंहले स्वीकारी ठोस कदम अगाडी बढाउँदा पवित्र मन्दिरले व्यक्तिको कब्जाबाट उम्किने अवसर पाएको उनको तर्क छ ।
यो मन्दिरको जग्गालाई आफू मन्दिरको पुजारी हुँ भन्दै शम्भुनाथ तिवारीले महानगर विरुद्ध मन्दिर अतिक्रमण तथा तोडफोड गर्न नदिन माग गर्दै अदालतमा रिट दिएका थिए । उक्त रिट अदालतबाट अस्वीकार भएसँगै २०७९ साल चैत २५ गते महानगरपालिकाले कथित पुजारी तिवारीले मन्दिर नै बन्धक बनाउने गरी निर्माण गरेको पक्की संरचनामा डोजर चलाई अतिक्रमित जग्गा अतिक्रमण मुक्त गराएको थियो ।
‘सानो ईच्छाशक्तिले मन्दिरको जग्गा अतिक्रमण मुक्त गराउन सम्भव थिएन’ वीरगन्ज महानगर प्रमुखका प्रेस सल्लाहकार महेश दासले बताए । जनप्रतिनीधिको ईच्छाशक्ति भए राम्रो काम गर्न कसैले रोक्न सक्दैन भन्ने यो सन्देश काफी भएको उनको भनाइ छ । अहिलेसम्म महानगरले कुल डेड सय विघाभन्दा बढि अतिक्रमित सार्वजनिक जग्गा महानगरको स्वामित्वमा ल्याउन सफल भएको वीरगन्ज महानगरपालिकाको जनसम्पर्क सल्लाहकार नवराज फुयालले बताए ।
त्रेतायुगमा अयोध्या र हालको मधेश प्रदेशको राजधानी धनुषाको जानकी मन्दिरको सांस्कृतिक सम्बन्धले पछिल्ला समयमा पनि व्यापकता पाइरहेको छ । कारण अयोध्यामा उत्सव छाउँदा जानकी क्षेत्र पनि उल्लासमय बनेको सर्वसाधारणको भनाइ छ । “त्रेतायुगमा राम र सीताको वैवाहिक सम्बन्धले दुई ठाउँलाई एक सूत्रमा बाँधेकोले पनि अयोध्या र जानकीमाताको पवित्र भूमिको महत्व उच्च रहेको उनीहरुको तर्क छ । समयक्रमसँगै भौगोलिक हिसाबले नेपाल र भारत दुई देशमा सो ठाउँ विभक्त भए पनि भगवान रामललाको महिमा दुबै देशको लागि महत्वपूर्ण रहेको सर्वसाधारणको बुझाइ छ ।
भारतमा हुने राम मन्दिरको प्राण प्रतिष्ठाका लागि सीताको माइती गाउँ धनुषाबाट चाँदीका धनुष वाणलगायत सुन चाँदीका विभिन्न गहना, लत्ताकपडा, फलफूलसहित एक हजारभन्दा बढी भार अयोध्या पठाइसकेको पनि थियो । राम मन्दिरको प्राण प्रतिष्ठाका दिन धनुषाको जानकी मन्दिरमा १ लाख २५ हजार दीप बाल्नुका साथै विशेष आरती समेत गरियो । यो उत्सवमा जानकी मन्दिरसहित मधेश प्रदेशका सबै जिल्लामा समेत उल्लास मनाइयो । वीरगन्जमा त यो उल्लास अझ डबल भयो । मधेश प्रदेशका १ सय ३६ वटै पालिकाहरुले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुने दिन भव्य दिपावली गरेका छन् । वीरगन्जको रामजानकी मन्दिरमा स्थापित रामसीताको प्राण प्रतिष्ठा पछि यहाँ सोमबार साँझ ४५ मिनेटसम्म खुसीले आतिसवाजी समेत गरियो ।
माघ ८ गते अर्थात सोमवारका दिन माछामासु, मदिराजन्य पदार्थ सेवन तथा विक्री वितरण नगर्न वीरगन्ज महानगरद्वारा पनि सूचना जारी गरिएको थियो । भारतको अयोध्या र पर्साको वीरगन्जमा नै भगवान रामसीताको मूर्ति र प्राण प्रतिष्ठाको लहरले मधेश प्रदेशका हिन्दुधर्मावलम्बीहरु आरध्यदेव भगवानको आस्थामा पूरै झुमे ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना