सानो–सानो पूँजीलाई संचित गरी आर्थिक सहजता अपनाउने नीति सहकारी क्षेत्रको प्रभावकारी नीति हो । धेरैलाई जानकारी भएको यो नीति सहकारीका केही संचालकहरुको स्वार्थका कारण कहिलेकाही विवादमा पर्ने गरेको छ । सहकारी संस्थाका संचालकहरु सर्वसाधारणको निक्षेप लिएर फरार भएका केही घटना नभएका होइनन् । ती स्वार्थीहरुका कारण सहकारी क्षेत्र नै विवादमा पर्ने गरेको छ । सर्वसाधारण र शेयर सदस्यहरुले पनि सचेत चाही हुनु पर्छ । विश्वासिलो सहकारीहरुसँग मात्र कारोवार गर्नु पर्छ । सबै सहकारी खराब भने छैनन् । सहकारीहरु प्रति सर्वसाधारणको विश्वसनीता बढाउन थप के गर्न सकिन्छ ? भनी स्थानीयसँग लिएको प्रतिक्रियाः
मुन्ना कुमार ठाकुर (प्रबन्धक)
परिवार बचत तथा ऋण सहकारी संस्था लि.,वीरगंज
सहकारी संस्था यस्तो माध्याम हो । जसले आम नागरीकलाई बैकसम्म पु¥याउने काम गर्ने महत्वपूर्ण भूमिका खेलेको छ । सहकारीले एउटा भौचर,चेक भर्न नआउने व्यक्तिलाई पनि साना सहकारीले नै सिकाएको छ । सहकारी आफैमा खराब होइन । सहकारी संचालन गर्ने व्यक्तिमा निर्भर रहन्छ । पछिल्लो समयमा साना सहकारीले होइन । ठूला–ठूला सहकारीहरु जो करोडौं, अरबौंको कारोबार गर्ने सहकारीहरुले बदमासी गरेको कारण आज सहकारी क्षेत्र नै बदनाम भएको हो । यसको असर मध्यम स्तरका सहकारीहरुलाई प्रभाव परेको छ । बजारमा धेरै सहकारीहरु छन् । बचतकर्ताहरुले बचत गर्दा पनि ध्यान दिनुपर्छ । तपाई जुन सहकारीमा बचत गर्नुहुन्छ । त्यो सहकारी संस्थाको संचालक कस्तो छ । स्थानीय छ वा बाहिरको छ बुझ्न जरुरी छ । सहकारी संस्था संचालकको आचरण कस्तो छ । सहकारीले बचतकर्ताहरुलाई कस्ता सेवासुविधा दिएको छ । सबै कुराहरु बुझेर मात्र बचत गर्नुपर्छ । सहकारीको विषयमा बुझ्न सहकारीहरुको वार्षिक साधारण सभामा जानुपर्छ । भने सहकारीहरुले पनि हरेक वर्ष साधारणसभा राखेर संस्थाको आय विवरण सार्वजानिक गर्नुपर्छ । संस्थाको संचालक तथा समितिहरुले संस्था प्रति आम जनतालाई सकारात्मक बनाउन सधै लागि पर्नुपर्छ । पहिला सहकारीहरुलाई अनुगमन गर्ने सहकारी डिभिजन कार्यालय थियो । तर अहिले स्थानीय सरकारको जिम्मेवारी भएपनि विगत ७ वर्षदेखि अनुगमन गरेको छैनन् । समय–समयमा सहकारीको अनुगमान गर्दा सहकारीका संचालकहरु सचेत हुन्छन् । जसले गर्दा संचालकहरुले बचतकर्ताको रकम दुरुपयोग गर्न पाउदैनन् । हरेक सहकारीहरुले सहकारीको नियम अनुसार सही तरिकाले ऋण प्रवाह गर्ने हो भने सहकारी क्षेत्रको बदनाम हुदैन । आम जनतामा पनि सहकारी प्रति विश्वासको वातावरण सृजना हुन्छ ।
जितेन्द्र कुमार बर्मा (प्रबन्धक)
महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.,वीरगंज
हरेक सहकारीहरुका संचालकले सहकारी नीति तथा प्रविधि भित्र बसेर सहकारी संचालन गरेमा अत्यन्तै विश्वासिलो हुन्छ । सहकारी जस्तो अन्य कुनै क्षेत्र छैन । हाम्रो सहकारीले यो आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट कर र जगेडा कोष कटाएर बाँकी रकमको २५ प्रतिशत ४० लाख रुपैयाँ बचत कर्ताहरुलाई बाड्ने घोषणा गरेका छौं । वर्तमान अवस्थामा सहकारीहरुले जति नाफा हुन्छ । सबै आफैले लिइरहेको छ । प्राइभेट लिमिटेड जस्तो सहकारीहरु चलाइरहेको छ । पहिला हरेक ठाउँमा सहकारी डिभिजन कार्यालय थियो । सहकारी डिभिजनले आ–आफ्नो क्षेत्रको सहकारीहरुलाई हेर्ने, अनुगमन गर्ने काम हुन्थ्यो । सहकारीहरुले सही तरिकाले काम गर्ने र नीतिगत रुपमा लगानी हुन्थ्यो । अहिले अनुगमन गर्ने निकाय कुनै छैन । सहकारीको जिम्मेवारी स्थानीय निकायलाई दिएको छ । स्थानीय तहबाट सहकारीको समय–समयमा अनुगमन गर्ने काम भएको छैन । जथाभावी मनपरी गरेर सहकारीका संचालकहरुले आफै ऋण लिएर जमिनमा लगानी गरेर बढी भन्दा बढी फाइदा कमाउने उद्देश्य राखेका थिए । तर जमिनको मूल्य एक्कासी घट्यो । जमिन बिक्री नभएर ऋण तिर्न सकेन । यो कारणले गर्दा सहकारीले बचतकर्ताको समयमा बचत फिर्ता दिन नसकेर भाग्न थाले । जसले गर्दा आज सहकारीको बदनाम भएको छ । जनताको सहकारी प्रतिको विश्वास टुटेको छ । जनतामा विश्वास दिलाउन सहकारीले नीति र प्रविधिमा बसेर सहकारी संचालन गर्नुपर्छ ।
सुमित्रा श्रेष्ठ (संचालक)
नमस्ते नेपाल बुटिक सेन्टर
अहिले केही सहकारीले गलत गर्दा आम जनताको सहकारी प्रति नै जनविश्वास हटेको छ । आम जनतामा सहकारी प्रति विश्वास टुटेको छ । धेरै मानिसहरुले सहकारीमा पैसा राख्नकोलागि छाडिसकेका छन् । कम ब्याज आएपनि पैसा बैकमा राख्दा सुरक्षित हुने भन्ने सबैमा महशुस भएको छ । केही सहकारीहरुले गलत तरिकाले लगानी परिचालन गरेका हुनाले भाग्ने स्थितिको सृजना भएको छ । सहकारी प्रति विश्वास बढाउन सरकारले पनि सहकारीहरुको समय–समयमा अनुगमन गर्नुपर्छ । सहकारीको नीति विरुद्ध काम गर्ने सहकारीहरुलाई कानूनी दायरामा ल्याउनु पर्छ । राम्रो काम गर्ने सहकारीहरुलाई प्रोत्साहन गर्न सम्मान तथा पुरस्कारको व्यवस्था गर्नुपर्छ । अहिले जति पनि भागेका सहकारीलाई सरकारले छिटो भन्दा छिटो कानुनी दायरामा ल्याउनु पर्छ । अनि मात्र जनताको मनमा सहकारी प्रति विश्वास बढ्छ । धेरै जनताको सहकारीमा राखेको पैसा अलपत्र परेको छ । जनताको डुबेका पैसा फिर्ता पाएमा जनतामा पनि विश्वास बढ्दै जान्छ ।
विशाल रायमाझी (स्थानीय)
वीरगंज–७
सहकारी भनेको गरिब जनताको लागि एकदमै राम्रो संस्था हो । सानो आम्दानी भएका मानिसले पनि बचत गर्न सक्ने र घर व्यवहारमा संचालन गर्न चाहिने साना भन्दा साना समस्या परिपूर्ति गर्न यसले ठूलो सहयोग गर्छ । सहकारी भाग्नमा सहकारीका साथै आम जनताको पनि दोष छ । केही सहकारीहरुले सही तरिकाले ऋण प्रवाह नगर्दा पनि सहकारीहरु डुबेका छन् । भने धेरै जनताहरुले पनि समयमा लिएको ऋण फिर्ता नगर्दा पनि बाध्यताले सहकारी भाग्ने अवस्था आएको हो । यसमा सरकारको भूमिका सक्रिय हुनुपर्छ । जसरी बैकहरुलाई राष्ट्र बैकले निगरानी गरेको छ । त्यस्तै सहकारीलाई पनि सरकारले निगरानी गर्ने हो भने जनताहरु पनि ठगिने अवस्था आउदैन । सहकारीका संचालकहरु पनि सचेत भएर काम गर्छन । सहकारीहरु पनि पीडित हुनु पर्दैन । यस्तो अवस्थाको सृजना हुने हो भने सहकारी प्रति गुमेको विश्वास पूनः फर्कने छ ।
सुसिल सरार्फ
वीरगंज – ५
सहकारी क्षेत्रमा हाम्रो जनप्रतिनिधिहरुले स्थानिय तहका जनताहरु माथि ध्यान दिनुपर्छ । यस्ता सहकारीहरुको बारेमा थाहा नभएको मानिसहरुले राम्रोसंग सहकारीहरु बारे जनकारी लिनुपर्छ । सहकारी क्षेत्रलाई थप विश्वासनिय बनाउन यस क्षेत्रमा काम गर्ने मान्छेहरु राम्रो र इमान्दार हुनुपर्छ । शिक्षित नभएको मानिसलाई सहकारीका विषयमा सबै कुराको जानकारी न हुन सक्छ । त्यस्ता मानिसलाई सहकारी शिक्षा दिनुपर्छ । सहकारीका सबै राम्रो र नराम्रो पक्षहरुको अवगत गराउनु पर्छ । सहकारीका बारेमा स्पष्ट बचतकर्ताहरुमा जानकारी गराउनु पर्छ । सहकारीहरु धेरै छन् । धेरैले आफ्नो सहकारी माथि सबैलाई विश्वास दिलाएर काम गरेका हुन्छन् । कुनै पनि सहकारीमा बचत गर्नु अघि सहकारीको बारेमा पुरै जानकारी लिनुपर्छ । सहकारीका संचालक कस्ता छन् । त्यसमा कस्ता मानिसहरु काम गर्छन । सबै जानकारी लिएर नै बचत गर्नुपर्छ । सरकारले पनि यस्तो यस्तो सहकारीहरु माथि निगरानी राख्नुपर्छ । सरकारले सहकारी संस्थाहरु पनि जथाभावी खोल्न दिनु हुदैन । सहकारी गरिब जनताको सहयोगी हो ।
बबिता अधिकारी
वीरगंज – २
सहकारी क्षेत्रलाई थप विश्वासनिय बनाउनको लागि सर्वप्रथम तिनीहरुको पहिचान गरेर मात्र सहकारी संस्थामा बचत गर्नुपर्छ । सरकारले सहकारीहरुलाई धरौटी राखेर मात्र सहकारी संचालन गर्न अनुमति दिनुपर्छ । कुनै सहकारी संस्था भागेर गए पनि उनीहरुबाट असुल गर्न सकियोस । त्यहाँ काम गर्ने जुन कार्मचारीहरु पनि राम्रो पहिचान खुल्ने प्यान,भ्याट नम्बर सही रुपमा छ कि छैन हेर्नुपर्छ । पुस्तौं पुस्ताको पहिचान खुलेका कर्मचारीहरु राख्नुपर्छ । धेरै मानिसहरु खाइ नखाइ आफ्नो पैसा सहकारीमा जम्मा गरेरका हुन्छन् । साना ठूला सबै व्यापारीहरुले आफ्नो जति पनि कमाएको पैसा हुन्छ । सहकारीहरुमा राख्ने गरेको हुन्छन् । जनताले धेरै विश्वास राखेर मात्र आफ्नो पैसा कुनै सहकारीमा राख्ने गरेको छन । पछिल्लो समयमा आएर धेरै सहकारीहरु भाग्ने गरेर छन । यहाँको जनताको विश्वास तोडिरहेको छ । सरकारले यस्तो संस्थाहरु माथि कडा नियम बनाउनु पर्छ । कानूनी दायरामा ल्याउनुपर्छ ।
गुड्डी कुमारी
वीरगंज – ३
सहकारी संस्थाले थप विश्वासनिय बनाउनको लागि सबै भन्दा पहिला जुन सहकारी संस्थामा आफ्नोे खाता खोल्न गएका छौं । भने त्यो संस्थाहरुको प्यान नम्बर सही छ कि छैन । सरकारबाट उनीहरुले अनुमति लिएको छ कि छैन । हामी बचतकर्ताहरुले जानकारी लिनुपर्छ । उनीहरुले आफ्नो संस्था खोल्नको लागि कति धरौटी राखेको छ । त्यो पनि हामीहरुले जानकारी लिनुपर्छ । हामीलाई संस्था विश्वासिलो लागेमा मात्र आफ्नो गर्नुपर्छ । आफुलाई मात्र विश्वासिलो लागेर हुदैन । सहकारीहरुले पनि आफ्नो काम गर्ने कर्मचारीहरु प्रति ध्यान दिनुपर्छ । इमान्दार मानिस राख्नुपर्छ । सहकारीले गरिब निमुखा वर्गमा धेरै सहयोग पु¥याएको छ । तर हाल आएर धेरै सहकारी संस्थाहरु आफ्नो काममा इमान्दारी देखाउन सकेको छैन । जसको कारणले गर्दा मानिसमा सहकारी संस्थाहरु प्रति विश्वास घटेको छ । सहकारी संस्थाले गर्दा पनि हाम्रो देश विकासमा मद्दत पुगेको छ ।
मन्जु कर्ण
वीरगंज – ४
सहकारी क्षेत्रहरुमा सबै वर्गका मान्छेहरुले बचत गरेको हुन्छ । सहकारीबाट धेरै मान्छेहरुले ऋण पनि लिएको हुन्छ । यस्ता संस्थाहरुमा गरिब देखि लिएर साना ठुला सबै व्यपारीहरुले आफनो खाता खोलेका हुन्छन । धेरै मान्छेहरुले यहाबाट ऋण लिएर आफनो व्यपार सुरु गरेको हुन्छ । यस्ता संस्थाहरुमा मान्छेहरुले धेरै विश्वास गरेको हुन्छ । तर अहिलेको अवस्था अनुसार मात्र विश्वासले कुनै पनि काम हुदैन । कुनै पनि पैसाको कारोबार गर्दा तयहाको बारेमा पुरै जानकारी लिएर नै गर्नुपर्छ । सहकारी संस्थाहरुमा पनि विभिन्न किसिमको नियमहरु हुन्छ त्यो नियम कस्तो छ । पुरै राम्रो सित पढेर मात्र कुनै पनि काम गर्ने ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना