काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले आज नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७० औं वार्षिकोत्सव मनाउँदैछ । काठमाडौंको कमदादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकता प्रक्रिया टुंगिएको घोषणा पनि हुने कार्यक्रम छ ।
गत जेठमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएर एकता प्रक्रिया सुरु भएको थियो । केन्द्रमा एकता भए पनि तल्ला तहमा एकीकरण टुंगिएको थिएन । ११ महिनापछि बल्ल जिल्ला कमिटीको घोषणा हुन लागेको हो । ७७ जिल्लाकै अध्यक्ष र सचिवको नाम आज सार्वजनिक गर्ने तयारी छ ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपालका साथै वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेललगायत नेता निरन्तर छलफल गर्दै जिल्ला तहको एकता टुंगो लगाउन सफल भएका हुन् ।
यसअघि नै सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटीको घोषणा भइसकेको छ । जिल्ला तहको एकता टुंगो लागे पनि पोलिटब्युरो कमिटी, केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, जनवर्गीय संगठन र स्थानीय तहको एकता भने अझै टुंगो लागेको छैन । -बाह्रखरी