बिहीबारदेखि सुरु हुने चौथो जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । मैथिली विकास कोषद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा कोषका अध्यक्ष जीवनाथ चौधरीले सम्मेलनको व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।
जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा बिहीबारदेखि यही माघ २२ गतेसम्म सञ्चालन हुने पाँच दिवसीय महोत्सवमा साहित्य, कला, राजनीतिक, सामाजिक तथा इतिहाससँग सम्बन्धित विभिन्न २० विषयमा विमर्श, चित्रकला, पुस्तक, मिथिला भोजन प्रदर्शनीलगायत कार्यक्रम तय भएको अध्यक्ष चौधरीले बताउनुभयो ।
त्यसैगरी महोत्सवमा नेपाल र भारतका कलाकारद्वारा मैथिली, नेपाली, हिन्दी, असामी र बङ्गाली गरी पाँच भाषामा आठ नाटक पनि प्रदर्शन गरिनेछ । महोत्सवको उदघाटन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले र समापन मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गर्नुहुनेछ । विभिन्न विषयमाथि हुने विमर्शमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले) का सचिव योगेश भट्टराई, नेकपा (एकीकृत समाजवादी) का सचिव रामकुमारी झाँक्री, राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झ लगायत वक्ताले सहभागिता जनाउने कार्यक्रम रहेको पनि कोषले जनाएको छ ।
कोषले विसं २०७३ देखि हरेक दुई वर्षमा महोत्सव आयोजना गर्दै आएको छ । मैथिली विकास कोष, मधेस प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय आयोजक र जनकपुरधाम उपमहानगरपालिका सहआयोजक रहेको महोत्सवको लागत करिब रु ५२ लाख अनुमान गरिएको जनाइएको छ । महोत्सवमा नेपाल र भारतका करिब तीन सय वक्ता र कलाकर्मी लगायतको सहभागिता रहने पनि आयोजकले जनाएको छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना