प्रमुख प्रतिपक्षी एमालेका सांसद रघुजी पन्तले नेपालमा १ हजार र ५ सयका नोटहरू सरकारले बजारबाट फिर्ता लिनुपर्ने बताएका छन् । पछिल्लो समय मुलुकमा डिजिटल बैंकिङ बढिरहेको र कागजी नोट प्रयोगमा कमी आइरहेको बताउँदै उनले एक हजार र पाँच सयका नोटहरू सरकारले बजारबाट फिर्ता लिनुपर्ने सुझाएका हुन् ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा सांसद पन्तले सुरक्षण मुद्रण विधेयक, २०८० माथि आफूले राखेका संशोधनको पक्षमा तर्क राख्ने क्रममा सरकारले ठूलो दरका नोटहरू फिर्ता लिनुपर्ने बताएका हुन् । १००० र ५०० को नोट सरकारले बिस्तारै बजारबाट खिच्दा हुन्छ । अहिले कारोबार डिजिटल भइसक्यो । सामान्य कारोबारका लागि २०-५० दरका नोट भए हुन्छ, उनले भने, अमेरिकी डलर १०० भन्दा बढी त छैन चलिरहेको छ संसारमा । डिजिटल इकोनोमिक सर्कुलेसन चलिरहेको छ । तपाईंको हातमा नगद नोटको आवश्यकता नहुन सक्छ ।
पछिल्लो समय हुलाक टिकटलगायतको उपयोगितामा ह्रास आइरहेको र काजगी नोटको पनि अवस्था त्यस्तै हुने पन्तको भनाइ थियो । उनले सुरक्षण मुद्रणका कतिपय सामग्री निजी क्षेत्रलाई पनि दिनका लागि कानुनी प्रावधान राख्नुपर्ने बताए । हुलाक टिकट जनक शिक्षा सामग्री केन्द्रले छापिराखेको र नेपालका बैंकहरूको चेक, विभिन्न सहकारीको चेक, कतिपय सुरक्षण मुद्रणका कागजात नेपालको निजी प्रेस उद्योगले छाप्न लागेको बताउँदै उनले निजी क्षेत्रलाई पनि छपाइका लागि खुकुलो व्यवस्था राख्नुपर्ने बताएका हुन् ।
सरकारले अर्बौंको लगानी गरेर सुरक्षण मुद्रण स्थापना गर्दा पछि भार हुने हो कि भन्नेतर्फ पनि पन्तले सचेत गराएका छन् । पहिल्यै आएको विधेयक हो यो र उहिल्यै ल्याइसक्नुपर्ने थियो कि भन्ने छ । अब यो सेतो हात्ती हुन्छ कि भन्ने डर छ, उनले भने ।
कानुन निर्माण गर्दा अहिलेको कागजी नोट उपयोगिताको ह्रासलाई ख्याल राखेर आगामी ५० वर्षको अवस्था ख्याल गर्नुपर्ने पनि पन्तको भनाइ थियो ।
भिडियोहरु
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना