सुशासनमा ५० प्रतिशत पनि नकटाउने देशलाई भ्रष्टचारग्रस्त मुलुकका रुपमा मापन गरेको विश्व रेकर्डले देखाएको छ । विभिन्न आधार खडा गरी त्यसको आधारमा मापन गरी सार्वजनिक गर्ने तथ्याँकले नेपाल गत बर्ष पनि भ्रष्टाचारग्रस्त मुलुककै रुपमा दर्ज भएको छ । यो तथ्याँकमा नेपालले १०० मा जम्मा ३५ प्रतिशत अंक मात्र अंक पाप्त गरी भ्रष्टाचारग्रस्त मुलुकको रुपमा कायम रहेको पाइएको छ । यो तथ्याँक हरेक वर्ष ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गर्ने गरेको छ । सो सार्वजनिक तथ्याँक अनुसार २०२३ को सार्वजनिक तथ्याँकमा नेपाल भ्रष्टाचारग्रस्त देशकै रुपमा दरिएको हो ।
विज्ञहरुले तयार पारेको विभिन्न अवधारणाका आधारमा विश्वका विभिन्न १८० देशले सार्वजनिक क्षेत्रमा गरेका गतिविधिलाई मापन गरी भ्रष्टाचारको मापन विज्ञहरुको अवधारणाका आधारमा निकालिएको छ । त्यो मापन विभिन्न १३ वटा सूचकाँकका आधारमा ट्रान्सपरेन्सी इन्टरनेसनलले हरेक बर्ष सार्वजनिक गर्ने गरेको छ । विश्वसनीय अन्तराष्ट्रिय संस्थाद्वारा सम्पन्न गरिएको विभिन्न सर्वेक्षणको आधारमा सूची तयारी गरिने ट्रान्सपरेन्सीको कुरा अहिलेसम्म विश्वका प्रायः सबै मुलुकको मान्दै पनि आएका छन् । यो तथ्याँकलाई नियाल्ने हो भने नेपाल १८० देशमध्ये १०८ औं स्थानमा हुनु ५० प्रतिशत पनि सूचकाँक पार नगर्ने र भ्रष्टग्रस्त देशहरुको परिधिमा पर्नु दुर्भाग्यपूर्ण हो ।
दक्षिण एशियाली देशहरुमा सबैभन्दा कम भ्रष्टाचार हुने देशका रुपमा भने भुटान दर्ज भएको छ । उसले १०० मा ६८ अंक प्राप्त गरेको तथ्याँकले समेटिएका देशहरुको तुलनामा भुटान एशियाली देशहरु मध्ये २६ भ्रष्टाचार हुने देश मात्र भएको छ । भारत र माल्दिप्स १०० मा ३९ अंक प्राप्त गरी ९३ औं स्थानमा दर्ज भएका छन् । नेपाल भारत र माल्दिप्सभन्दा पनि पछि पर्नुले नेपालको राज्य व्यवस्थाले प्रतिपादन गरेको कार्यसम्पादनले भ्रष्टाचारको जड अझै गढेको पुष्टि गरेको छ । भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ मा नेपालको अवस्था नसुध्रिनुलाई राम्रो मान्न सकिन्न । यसले देशको छविलाई नै धुमिल बनाएको छ । भ्रष्टाचार बढ्नु र सुशासन कायम हुन नसक्नुमा राज्य जिम्मेवार नभएको प्रमाणित हुन्छ ।
अझ मुलुकको नयाँ संरचना र विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताको आम्दानीको श्रोत नै राजनीतिक पेशालाई अंगिकार गरेपछि नेपालमा भ्रष्टाचार कम हुने बाटो नभेटिने दिशामा उन्मुख भएको प्रतित् हुन्छ । यो निकै दुःखद् पक्ष हो । अझ प्रशासननिक क्षेत्रमा हुने गरेका ढिलासुस्ती, योग्य मान्छे नखोज्ने, एस म्यान खोज्ने प्रवृत्ति र दण्डहितना अन्त्य नहुनु, कानून पालना पूर्णरुपमा नहुनु र स्वार्थको आडमा मात्र कार्य सम्पादन हुनु अनि दोषी भएपछि राजनीतिक आडमा माथिबाट दोषी उम्काइने कारण जस्ता नेपालको भ्रष्टाचार कम नहुने आधारहरु रहेको खुलेको छ । यसले पनि भ्रष्टाचार घट्नुको साटो बढ्ने गरेको पाइएको हो ।
ट्रान्सपरेन्सीको सूचकांकमा डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रुपमा अब्बल ठहरिएका छन् । उनीहरुले १०० मा ९० अंक ल्याई आफूलाई अब्बल राष्ट्रका रुपमा दर्ज भएका हुन् । तथापि उनीहरु पनि १०० मा १०० अंक ल्याउने देशका रुपमा भने अझै पुग्न नसकेको पाइएको छ । हुन त शतप्रतिसत सबै मुलुक कार्यसम्पादनमा अब्बल नै हुन्छन् भन्ने छैन । तर पनि सकेसम्म अब्बल हुनु नै सकारात्मक पक्ष हो ।
भिडियोहरु
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना