बाराको कलैयामा जन्मेकी सुशिला साह वीरगंज महानगरपालिका वडा नं.–१५ स्थित नवदीप एकेडेमीको प्रधानाध्यापक तथा संचालक हुन् । उनको विवाह पनि बारा जिल्लाको महागढीमाई नगरपालिकामा भएको थियो । कलैयाबाट एस.एल.सी गरेकी उनले ठाकुरराम बहुमुखी क्याम्पसबाट विज्ञान विषयमा प्लस टु, वाणिज्य संकायबाट स्नाहतक, एक वर्षे बि.एड र शिक्षा शास्त्र संकायबाट स्नातकोत्तर गरेकी छन् । पछिल्लो समय प्याव्सनको केन्द्रिय सदस्य मनोनित भएकी नवदीप एकेडेमीको संचालक तथा प्रधानाध्यापक सुशिला साहसंग शिक्षा क्षेत्रसँग आबद्ध रही गरिएको कुराकानी :
१) निजी तथा आवासिय विद्यालय प्याव्सनको केन्द्रिय सदस्यमा मनोनित हुदाँ कस्तो महशुस भएको छ ?
निजी तथा आवासिय विद्यालयको छाता संगठन प्याव्सनको केन्द्रिय सदस्यमा मनोनित हुन पाउँदा धेरै खुशी लागेको छ । धेरै गौरवान्वित भएको छु । नीजि तथा आवासीय विद्यालय प्याव्सन पर्साको सदस्य, कोषाध्यक्ष र सह–सचिव हुदै प्याव्सनको कार्य समितिमा १४ वर्षसम्म बसेर काम गरेको अनुभव छ । अहिले केन्द्रिय स्तरमा जाने मौका पाएको छु । केन्द्रिय सदस्यमा मनोनित हुदाँ केन्द्रका धेरै सदस्यहरुसंग परिचित हुने मौका मिलेको छ । केन्द्रियस्तरमा भएका निर्णयहरुलाई आफ्नो जिल्लासम्म ल्याउन र जिल्लाका समस्याहरुलाई केन्द्रसम्म पु¥याउन सहज भएको महशुस भएको छ ।
२) निजी विद्यालयहरुप्रति सरकारले हेर्ने दृष्टिकोण सकारात्मक नभएको गुनासो छ नि अब कसरी पहल गर्नुहुन्छ ?
निजी तथा आवासीय प्याव्सनको केन्द्रिय तहमा महिला तथा बालबालिका संरक्षण हितको सदस्यमा मनोनित भएको छु । मैले बुझेसम्म यस विभागमा महिला तथा बालबालिकाको हकहित र संरक्षणको लागि काम गर्नुपर्ने हुन्छ । पहिला पनि केन्द्रियस्तरमा भएका अधिवेशन, अन्तरक्रिया जस्ता कार्यक्रममा हुदाँ वर्ष एक दुई पटक जाने गरेको थिए । केन्द्रियस्तरका छलफलहरुमा भाग लिदै जादाँ समय अवस्था अनुसार कतिको काम गर्न अवसर पाइन्छ । अहिले नै यही गर्छु भन्न सक्ने अवस्था छैन । मैले कुन क्षेत्रमा काम गर्ने अवसर पाउँछु । त्यही अनुरुप नै काम गर्न सक्छु भन्ने लाग्छ ।
३) नीजि विद्यालयहरुले अभिभावक र विद्यार्थीलाई आर्थिक भार बढी दिने गुनासो छ नि ?
वीरगंजमा सस्ता निजी विद्यालयहरु पनि छन् । यो विषयमा अभिभावकहरुले पनि विचार गर्नु पर्ने हो । अभिभावक कतिको शुल्क तिर्न सक्षम छु भन्ने सोचेर बुझेर मात्र बालबालिकालाई विद्यालयमा भर्ना गर्नुपर्छ । नर्सरी कक्षाको शुल्क ५ सय भएका विद्यालय पनि छन् । यही नर्सरी कक्षाको शुल्क ५ हजार ७ हजार पनि छ । नेपालीमा उखान नै छ, घाँटी हेरेर हाड निल्नुपर्छ । अभिभावकले पनि आफ्नो क्षमता अनुसार कस्तो विद्यालयमा पढाउन सक्छु भनेर रोज्नु पर्छ । कतिपय अभिभावकहरु कम शुल्क भएको विद्यालयमा पढाइ नराम्रो हुन्छ भन्ने गरेका छन् । बढी भएको विद्यालयमा बालबालिका भर्ना गराएर शुल्क महङ्गो भयो भन्नु उचित होइन । जुन विद्यालयले राम्रो शिक्षक राखेको हुन्छ । त्यसको शुल्क पनि महङ्गो हुन्छ । कम शुल्क भएका विद्यालयहरुमा पढाइकोस्तर कम हुनु स्वभाविक हो । विद्यालयलाई दोष दिनु भन्दा पनि आफ्नो आर्थिक अवस्था अनुसारको विद्यालयमा पढाउनु पर्छ । विद्यालयको अन्य कुनै आम्दानी हुदैन । विद्यालयले राम्रो शिक्षा दिन्छ भने शिक्षकलाई पनि बढी तलब दिनुपर्छ । कुनै पनि विद्यालयले विद्यार्थीको शुल्कबाट नै शिक्षकलाई तलब दिने हो । विद्यार्थीबाट कम शुल्क लिएर शिक्षकलाई बढी तलब दिन सक्दैन । विद्यालयले सेवा मात्र दिने हो ।
४) सरकाबाट चाही निजी विद्यालयहरुको संस्थागत विकासको लागि के गरोस् भन्ने अपेक्षा गर्नु हुन्छ ?
सरकारबाट सबैभन्दा बढी निजी विद्यालयहरुलाई करको दायरामा सहयोग गर्नुपर्छ । हरेक वर्ष करको दायरा बढाइ रहेको छ । निजी विद्यालयहरुलाई करको कारण आर्थिक भार बढेको छ । सरकारलाई हामी घर बहाल कर, तलबको कर, व्यवसाय कर, सबैको १ प्रतिशत कर तिर्न तयार छौं । तर हरेक वर्ष व्यवसाय कर, घर बहाल कर पनि अत्याधिक बढाएको छ । सरकारले जति कर बढाएर लिन्छ । त्यति नै विद्यालय र अभिभावकहरुमा आर्थिक भार थपिएको छ । यो वर्ष विद्यालयको बस र भ्यानको कर दुई वर्ष पहिला तिरेकोभन्दा दोब्बर बढेको छ । पहिला यातायातमा एउटा भ्यानको ३० हजार तिरेको यो वर्ष तिर्न जादाँ ६५ हजार तिर्नु परेको हो । पहिला सरकारले विद्यालयहरुलाई छुट् दिएको थियो । तर अहिले छुट्को व्यवस्था छैन । विद्यालयको भवन विद्यालयको नाममा नै दर्ता भएपछि सरकारले छुट्को व्यवस्था गर्नु पर्ने हो । तर गरेको छैन । यसको असर विद्यालयको व्यवस्थापनमा पर्छ । विद्यालयले लगानी गरे अनुरुप कुनै प्रतिफल लिन पाएको छैन ।
५) जिल्ला हुदै केन्द्रसम्म नेतृत्वदायी भूमिकामा पुग्दा एउटा महिलाहरुले कस्ता चूनौतीको सामाना गर्नु परेको छ ?
महिलाहरु जुन सुकै क्षेत्रमा पनि काम गर्न अगाडी बढ्छ भने उसले बाहिरका धेरै तत्वहरुसंग लड्नु पर्छ । घर, समाज, बाहिरको साथीभाइसँग संघर्ष नै गर्नु पर्छ । घर, परिवार, समाजले एउटा महिलाबाट धेरै कुरा पाएको हुन्छ । तर पनि समाजले महिलामाथि हेर्ने दृष्टिकोण अझै परिवर्तन भएको छैन । अहिले महिलाहरु मात्र होइन पुरुषहरु पनि महिलाको प्रगतिमा जलिरहेका हुन्छन् । महिला भएर कसरी अगाडी गयो । उसको खुट्टा कसरी तानौं भन्ने सोचलाई परिवर्तन गर्न सक्नु पर्छ । वीरगंजमा विद्यालय संचालन गर्ने महिला औलामा गर्न सक्ने १० देखि १५ जना छन् भने बाँकी सबै पुरुष नै छन् । त्यही १० प्रतिशत कामकाजी महिलाहरुको पनि खुट्टा तान्ने पुरुष पनि ५० प्रतिशत नै छन् । महिलाहरुले पनि कसरी राम्रोसंग विद्यालय संचालन गरिरहेको छ ? महिलाहरु कसरी हाम्रो बराबरीमा बसेर काम गरेका छन् भन्ने कुराले धेरै पुरुषहरुलाई पोलिरहेको हुन्छ । महिलाको पछाडी कुरा काटे पनि प्रशंसा गर्ने पुरुषहरु पनि धेरै छन् ।
७) मधेशको शिक्षाकोस्तर कमजोर छ भनिरहदाँ शिक्षाको अवस्थामा सुधार गर्न के गर्नुपर्छ ?
शिक्षा कि पढेर जानिन्छ कि परेर जानिन्छ । शिक्षा जति पढ्नु र पढाउनु हुन्छ । त्यति नै राम्रो हुदै जान्छ । बालबालिकादेखि लिएर शिक्षकसम्म जति लगानी गर्न सक्यो त्यति नै राम्रो हुन्छ । जुन पनि विद्यालयमा बालबालिकाको चौतर्फी विकास होस् । क्षमतावान, योग्य शिक्षकको व्यवस्था गरौं । विद्यालयमा भएका शिक्षकहरुलाई तालिम दिऔं । शिक्षकहरुले बालबालिकाहरुलाई राम्रो शिक्षा दिन सकुन् । कुनै–कुनै समयमा विद्यालयमा अभिभावकहरुलाई बोलाएर घरमा बालबालिकाहरुलाई कसरी हेर्ने विषयमा तालिम दिनु पनि आवश्यक देखिन्छ । किनकी कतिपय अभिभावकले घरमा पनि आफ्नो बालबालिकालाई विद्यालयबाट दिएको गृहकार्य गर्न र पढ्न लगाउँछन् । तर कतिपय बालबालिकाको गृहकार्य हामीले नै विद्यालय आएपछि गर्न लगाउनु पर्ने अवस्था छ । गुणस्तरीय शिक्षा र बालबालिकाको चौतर्फी विकासकोलागि अभिभावक, शिक्षक, प्रधानाध्यापक सबैलाई बेला–बेलामा सेमिनार तथा अन्तरक्रिया गर्नुपर्छ ।
८) अन्त्यमा के भन्न चाहनुहुन्छ ?
समग्रमा भन्नुपर्दा म आफूमा गौरवान्वित महशुस गर्छु । म एउटा महिला, आमा हो । मेरो पनि दुई वटा छोरा र छोरीलाई राम्रोसंग शिक्षा दिन पाइरहेको छु । त्यो नै एउटा ठूलो कुरा हो । विद्यालयमा भएका सबै बालबालिकाहरुको पनि आमा हो । त्यो बच्चाहरुको लागि मसंग जति अभिभावक जोडिनु भएको छ, उहाँहरुलाई म के भन्न चाहन्छु भने विद्यालयमा तपाइको बच्चा ६, ७ घण्टा मात्र बस्ने हुन् । घरमा अभिभावकसंग १२, १३ घण्टा बस्छन् । विद्यालयको शिक्षाले मात्र बालबालिकालाई पुग्दैन । घरमा अभिभावकसंग बस्दाको समयमा बालबालिकालाई दिएको शिक्षा नै महत्वपूर्ण हुन्छ । विद्यालयमा पढेका विषयहरुलाई घरमा ३० मिनेट भने पनि बच्चाहरुलाई राखेर पढ्न लगाउनु पर्छ । आफ्नो बालबालिकाहरुलाई केही समय दिनु पर्छ । आफूले गरेको कर्मलाई फलको आशा नराखी काम गरे अवश्य एक दिन फल पाइन्छ । सबै अभिभावकले आफ्नो बालबालिकाको शिक्षामा ख्याल गर्नु पर्छ ।
भिडियोहरु
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना