सर्लाही दुर्घटनामा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएका छन् ।
मृत्यु हुनेमा नापी कार्यालय मलंगवाका सहयोगी विनोद घिमिरे छन् । सर्लाहीको बागमती नगरपालिका – ५ बासिन्दा घिमिरेको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।
सोमबार राति ८ बजे नापी कार्यालयका कर्मचारीहरू चढेको बिआर ०६ पिडी ९६४८ नम्बरको भारतीय नम्बर प्लेटको गाडी सर्लाहीको मलंगवा नगरपालिका – १० गम्हरियास्थित चमेली माई मन्दिर नजिकै दुर्घटना भएको थियो ।
दुर्घटनामा नापी कार्यालय मलंगवाका प्रमुख सञ्जय मानन्धरसहित ११ जना घाइते भएका थिए । त्यही दुर्घटनामा घिमिरे गम्भीर घाइते भएका थिए ।
यस्तै महोत्तरीका ३० वर्षीय बैजु यादव र सर्लाहीको मलंगवा नगरपालिका – ३ का ३५ वर्षीय रामलाल साह, सर्लाहीको कौडेना गाउँपालिका – २ का २४ वर्षीय सञ्जित मण्डल, महोत्तरीको एकडारा गाउँपालिका – २ का ३० वर्षीय रिटेन यादव, सर्लाहीको मलंगवा नगरपालिका – ३ का ५० वर्षीय बैधनाथ पटेल घाइते छन् ।
त्यस्तै, मलंगवा नगरपालिका – ७ का ३४ वर्षीय रामबाबु राय, धनुषाको शहीद नगर नगरपालिका – ७ का २९ वर्षीय दीपेन्द्र यादव, बाराको कलैया उपमहानगरपालिका – २० का २४ वर्षीय शहीद अनवर र महोत्तरीका २५ वर्षीय अजय यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ ।
सोमबार राति पौने ८ बजेतिर नवलपुर–मलंगवा सडक खण्डमा सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार गाडी नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको थियो ।
भिडियोहरु
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना