पछिल्लो कालखण्डमा निरङ्कुश पञ्चायती व्यवस्था तथा राजतन्त्रका विरुद्धका अहिंसात्मक तथा शान्तिपूर्ण प्रजातान्त्रिक आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्झना तथा सम्मानमा शहिद दिवसमा मनाउने गरिन्छ । नेपालको पहिलो शहिद घोषणा गरिएका लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने शहिदसम्मको सम्झनामा यो दिवस मनाउने गरिएको छ !
लखन थापा मगर नेपालका प्रथम शहिद हुन् । उनको सहादत भएको १ सय २५ वर्षपछि मात्र २०५६ फागुन ११ गते राज्यले उनलाई चाही शहिद घोषणा गरेको हो । वि.सं १९९७ माघ १० गते निरङ्कुश राणाशासन विरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई राजनैतिक अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रुखमा झुण्ड्याएर हत्या गरिएको थियो । त्यसको दुई दिनपछि माघ १३ गते सिफलमा धर्मभक्तलाई झुण्ड्याएको थियो । माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभाभगवतीमा गोली हानी राणाहरूले हत्या गरेका थिए । ती ४ महान व्यक्ति जस्ले देश र जनताको लागि हाँसीहाँसी ज्यान बलिदान गरेका थिए । न कुनै स्वार्थ न कुनै नीजि उद्देश्य न आफ्नो घर परिवारको लागि ज्यान गुमाएका थिए । उनीहरु निरंकुश राणा शासन विरुद्धमा बलिदान दिई राजनीतिक इतिहासमा स्वर्ण अक्षरमा लेख्न सफल सहिद हुन् । सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि ती सहिदहरुको सपना पूरा गर्न राज्यले गर्नुपर्ने कुरा के कति पूरा भएका हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ ।
२०६२/६३ सालको जनआन्दोलन पछि दलको सिफारिसका आधारमा धेरै व्यक्तिलाई सहिद बनाउन थालियो । दशक लामो माओवादी सशस्त्र द्वन्द्वका क्रममा तत्कालिन राज्य र विद्रोही माओवादी पक्षबाट मारिएका सबैलाई सहिद बनाउने घोषणा गरियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको पालामा झण्डै आठ हजार पाँच सय जनालाई सहिद घोषणा गरी एक लाख रुपैयाँका दरले राहत दिने घोषणा गरेको थियो । अचम्मको कुरा त के थियो भने उक्त संख्यामा करिब दुई हजारको त नाम थर समेत खुल्न सकेको थिएन । आफू सत्तामा भएको बेला माधवकुमार नेपालको सरकारले सत्ता साझेदार २२ दलको समर्थनमा युद्ध र अन्यबेला मारिएका सुरक्षाकर्मी, राजनैतिक कार्यकर्ता र अन्यगरी झण्डै चार हजार व्यक्तिलाई सहिद घोषणा गरेको थियो । मापदण्डका आधारमा सहिदको घोषणा गर्ने भन्दा पनि दलहरुले आफ्ना कार्यकर्ता समर्थक मारिएको अवस्थामा सहिद घोषणा गर्ने परिपाटीले सहिदको महत्व कमजोर बन्दै जानु दःुखद् कुरा हो । पहिलो संविधान सभाको निर्वाचन अघि भएको मधेश आन्दोलनका क्रममा मारिएका ५३ जनालाई मधेशवादी दलहरुले सहिद माने । ती मध्ये केहीलाई सरकारले मधेशी सहिदको घोषणा ग¥यो उतिबेला कार्य क्षेत्रमा खटिएर मारिएका निजामति कर्मचारीलाई निजामति सहिद मानियो । दुर्घटनामा मरेका व्यक्तिलाई पार्टीको झण्डा ओढाएर सहिद घोषणा गर्ने संस्कारले सहिद शब्दकै अवमूल्यन भएको छ ।
जुद्ध शमशेर जङ्गबहादुर राणा विरुद्धको विद्रोहमा वि.सं. १९९७ माघमा मृत्युदण्ड दिइएका र शहिदगेटमा प्रतिमा स्थापित गरिएका सहिद शुकराज शास्त्री, धर्मभक्त माथेमा दशरथ चन्द, गङ्गालाल श्रेष्ठ भिमदत्त पन्त, दुर्गानन्द झा, रत्न कुमार वान्तवा, यज्ञबहादुर थापाको प्रतिमा राखिएको छ । ०७३ भदौ २ गते थरुहट/मधेश आन्दोलनमा मारिएका ४१ प्रदर्शनकारी र ११ सुरक्षाकर्मी गरी ५२ जनालाई एकमुष्ट सहिद घोषणा गरियो । माओवादी सशस्त्र द्वन्द्वका क्रममा मारिएका सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका गरी कुल २ हजार ८ सय ७ जनालाई ०७५ माघ १४ मा एकमुष्ट सहिद घोषणा गरियो । कस्ता व्यक्ति कुन–कुन समयमा सहिद घोषित भए भन्नेबारे पत्ता लगाउन गृह मन्त्रालयले एउटा कार्यदल गठन ग¥यो । यसबाहेक पछिल्लो डेढ दशकमा अन्य थुप्रै व्यक्ति सहिद घोषित र मृतकका परिवारलाई आर्थिक सहायता बाँड्ने क्रम चलेको थियो । जथाभावी सहिद घोषणा गर्ने गलत प्रवृत्तिलाई कसरी रोक्न सकिन्छ ? यो चिन्ताको विषय बन्नुपर्छ । खोज अनुसन्धान गर्ने हो भने पछिल्लो डेढ दशकमा जघन्य अपराधमा जेल परेर मृत्यु भएका कैयौं व्यक्तिलाई पनि सहिद घोषित गरिएको छ । दुर्घटनामा मृत्यु भएकालाई पनि सहिद घोषणा गरिएको छ । व्यक्तिगत रिसिभीको कारण मारिएका अथवा अज्ञात व्यक्तिको आक्रमणको शिकार बनेकालाई समेत सहिद घोषणा गरिरहँदा यो सहिद शब्दकै अवमूल्यन हो कि भन्ने गुनासो पनि चौतर्फी उठेको छ । यसप्रति सरोकारवाला पक्ष गम्भिर र संवेदनशील हुनु पर्ने देखिन्छ ।
वि.सं १९९७ सालमा तत्कालिन राणा शासनको विरोधमा उत्रने क्रममा ज्यानको आहुती दिन तयार भएका शुक्रराज, धर्मभक्त, दशरथ र गंगालाल सहिद हुन् । त्यसपछिका लोकतान्त्रिक आन्दोलनहरुमा देश र जनताको पक्षमा निर्भयताका साथ ज्यानको बाजी लगाएर लोकतन्त्रको स्थापनामा मद्दत पु¥याउनेहरु सहिद हुन् । देश र जनताको लागि ज्यानको आहुती दिने व्यक्तिहरु सहिद हुन् ।
अतः सहिद दिवस हामीले मनाउनु पर्छ । तर किन ? को हुन् सहिद , देशको निमित्त के गरेका थिए, यी सबै कुराको औचित्य महसुस भने गराइनु पर्छ । केवल औपचारिकताका लागि मात्र सहिद दिवस मनाउनुभन्दा उनीहरुले देखाएको सत्मार्गमा हिँड्नु उनीहरुको योगदानको कदर गर्नु र बाँकी सपना पूरा गर्ने तत्परता देखाउनु नै उनीहरुको योगदानको उचित कदर गर्नु हो । यो सहिद प्रतिको सच्चा सम्मान पनि हो । जुन उद्देश्य र लक्ष्यका साथ सहिदहरुले सहादत प्राप्त गरेका थिए । त्यही उद्देश्य र लक्ष्य हासिल गर्न प्रतिवद्ध भै लागेमा नै सहिद प्रतिको सच्चा सम्मान गरेको ठहर्ने छ ।
वास्तवमा अहिले देशमा देखिएको वर्तमान संकटपूर्ण घडीलाई सहिदहरुले देखाएको मार्गको माध्यमबाट निकाश पहिल्याई शान्ति कायम गर्ने मार्गमा लाग्न अब ढिला गरिनु हुदैन । त्यसो भएको हुनाले प्रमुख राजनैतिक दलहरुले देश र जनताको सर्वोत्तम हितमा काम गर्न अनि सहिदले देखाएको बाटोमा लाग्न सहिद दिवसले सबैमा प्रेरणा मिलोस् भन्ने कामना छ । देश र जनताका लागि आफ्नो जिवनको आहुती दिने ती तमाम महान् सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली ।
भिडियोहरु
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना