प्रगतिशील तथा श्रमजीवि पत्रकारहरुको साझा संगठन प्रेस चौतारी नेपालले जनताटाइम्स डटकमका सम्पादक यसिमा महतसहित ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
२६औं स्थापना दिवसको अवसरमा आज काठमाडौंमा आयोजित बिशेष कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले सम्पादक महतसहित पुरस्कृत ६ जना पत्रकारलाई पुरस्कार प्रदान गरेका हुन् । प्रेस चौतारीले यस बर्ष ६ जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।
कार्यक्रममा सम्पादक महतलाई चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी २० हजार २० रुपैयाँ रहेको छ । यस्तै यस वर्षको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार अन्नपुर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारीलाई प्रदान गरिएको छ । यस्तै अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार प्रेस चौतारीका पूर्वबरिष्ठ उपाध्यक्ष एवं जनप्रशासन डटकम र जनप्रशासन पाक्षिकका प्रधान सम्पादक माधव नेपाललाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशी ३५ हजार ३५ रुपैयाँ रहेको प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।
यसैगरी वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार अन्नपुर्ण पोष्टका रौतहट समाचारदाता फणिदेव महत डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर सम्वाददाता रुकुमपूर्व निवासी महेश केसी र सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार काभ्रेकी काजल तामाङलाई प्रदान गरिएको छ । यी तीनवटै पुरस्कारको राशी २० हजार २० रुपैयाँ रहेको छ ।
बरिष्ठ पत्रकार गोबिन्द पोखरेलको संयोजकत्वमा चौतारीका महासचिव हिरामान लामा र सचिव हरिबल्लभ नेपाल रहनुभएको सिफारिश समितिले पुरस्कृत पत्रकारको नाम छनोट गरी सिफारिश गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि एमाले उपाध्यक्ष पौडेलसहित एमाले उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पुरस्कृत पत्रकारहरुलाई सम्मानपत्र, माला र चेक हस्तान्तरण गरेका हुन् ।
पुरस्कारको प्रायोजन प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले गरेको कार्यक्रममा अध्यक्ष बस्नेतले जानकारी दिए । बस्नेतले गत बर्ष पनि मञ्चले नै परस्कारको सौजन्य गरेको भन्दै धन्यवाद दिनुभयो । कार्यक्रममा प्रेस चौतारीले सहकार्यसँगै उल्लेख्य सहयोग गरेको भन्दै प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापालाई सम्मानित गरेको छ । अध्यक्ष थापाको तर्फबाट अन्तराष्ट्रिय कमिटीका सदस्य सरस्वती केसीले कार्यक्रममा सम्मानपत्र ग्रहण गरेका हुन् ।
भिडियोहरु
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना