स्थानीय, प्रदेश र केन्द्रको चुनाव भएको झण्डै डेढ वर्ष वित्न लाग्यो । स्थानीय निकायको चुनाव होस् वा अन्य चुनाव, सवै उम्मेदवारले वाचा गरेको एउटा साझा आवश्वासन थियो । युवाको लागि अवसर, युवाको लागि रोजगारी ।
कुनै न कुनै वहानामा सवै पार्टीका उम्मेदवारले युवालाई ललिपप देखाउने काम गरेकै थिए । तर अहिले व्यवहारमा भने अवसर सृजना नभएको देखिन्छ । सवै उम्मेदवारहरु जनताको घर आँगनमा पुगेर भोट मागेको बेलामा युवाको लागि रोजगारीको व्यस्था गर्ने, विदेशिनबाट रोक्ने, नेपालमै अवसरको सृजना गर्ने भनेर भाषण गर्दै हिडेका थिए । निर्वाचनको समयमा उनीहरुको भाषणको व्यवस्थापन देखि लिएर अरु सवै कुराको व्यस्थापनमा युवाहरु नै खटिएको देखिन्थो । तर निर्वाचित भइसके पछि उनै युवाहरुको व्यवस्थापनमा कुनै पनि किसिमको चासो नदिएको युवाहरुको गुनासो छ । युवाहरुलाई आफु अनुकुल प्रयोग गर्ने तर काम सकेपछि कुनै न कुनै बहानामा ती युवालाई असक्षम भनी छाडने प्रचलन छ । आफु अनुकुल प्रयोग गर्ने तर ती युवाको उचित व्यवस्थापन नगर्ने प्रचलनले युवाहरुमा राजानितिक प्रति बितृष्णा बढेको देखिन्छ ।
नेपालको पानी र युवाको जवानी खेर गईरहेको चर्चा त गरिन्छ । तर त्यसको व्यवस्थापनका लागि खासै चासो दिईदैन । प्रत्येक वर्षको बजेट भाषणमा युवा रोजगारीको कुरा हुन्छ तर त्यसको कार्यान्वयन नहुदै अर्काे बजेट भाषण हुन्छ । भाषण र घोषणा पत्रमा युवाको अवसरको बारेमा बोल्न र लेख्न नछुटाउने पार्टीहरु निर्वाचन पछि किन युवालाई विश्वास गर्दैनन् । किन युवाहरुलाई अवसर दिदैनन् । के युवाहरुलाई परिचालन गर्ने हो की अवसर पनि दिने हो ? खोई त युवाको लागि अवसर ?
अहिले देश नयाँ संरचनामा गएको छ । २० औ वर्ष देखि नेतृत्व रहेको स्थानीय तह अधिकार सम्पन्न नेतृत्व पाएको छ । तर युवाहरुको समस्या जस्ताको त्यस्तै छ । रोजगारीको लागि युवाहरु विदेशाीने र विदेशमा सस्तोमा आफनो श्रम बेच्न बाध्य रहेका छन । शिक्षाको गुणस्तर खस्केको छ, प्राविधिक शिक्षाको अभाव छ । जसका कारण हाम्रा युवाहरुको उर्जा खेर गईरहेको छ ।
स्थानीय सरकार आए पछि केही नयाँ योजना आउला भनेर आशामा बसेका युवाहरु अहिले निराश हुन थालेका छन । घर घरमा सिंह दरवार आउने आशामा वसेका युवाहरु अहिले हाम्रो लागि सिंह दरवार नआएको भन्न थालेका छन । भाषणमा युवाको लागि रोजगारीको व्यवस्था गर्ने, युवाको सहि व्यवस्थापन गर्ने भनेका नेताहरु आजकाल यसको बारेमा बोल्न छोडेका छन् । निर्वाचनको समयमा ठुला ठुला गफ दिने नेताहरु सक्षम युवाको व्यवस्थापनभन्दा पनि आफनो आसेपासेको व्यवस्थापनमा लागेको पाईन्छ । आखिरमा कहिले सम्म युवाहरुलाई अवसरबाट बन्चि राख्ने ? युवालाई सपना मात्र बाडने हो की व्यवस्थापन पनि गर्ने ?
मतदाताको संख्या हेर्ने हो भने युवाको संख्या बढी छ । नेतृत्वमा पुग्ने यसको संख्या पनि अब त बढ्न थालेको छ । निर्वाचनको समयमा युवाको आवश्यकता पर्ने, तर त्यसको उचित व्यवस्थापनमा ध्यान नदिने नेताहरुको नियत नै प्रष्ट देखिन थालेको छ । युवालाई परिचालनको लागि प्रयोग गर्ने नेताहरुको निति नै हो त ? यसको बारेमा युवाहरुले पनि सोच्नु, अवसर नै नपाउने ठाउँमा किन लगानी गर्ने भन्ने कुरा युवाहरुले बुझनु पर्ने सचेत युवाहरु बताउन थालेका छन् । पार्टीको झन्डा बोक्ने, आन्दोलनमा अगाडी जान सक्ने क्षमता देखे पनि निर्वाचन र आन्दोलन बाहेक उनीहरुको क्षमता किन देखिदैन ।
नयाँ संरचना संगै आफनै गाउँघरमा स्थानीय सरकार गठन भएको छ । स्थानीय सरकारले युवाहरुको उर्जावान् शतिmलाई व्यवस्थापन गर्न ठोस कदम चाल्नु पर्छ । घरेलु तथा साना उद्योगलाई प्राथमिकतामा राखी स्थानीय स्तरमा नै रोजगारी सृजना गर्नु पर्छ । होईन भने नेपालको पानी र युवाको जावनी बाहिर पठाएर हामीले सोचेको विकास सम्भाव हुँदैन ।