एसीसी महिला प्रिमियर कप खेल्ने टोलीलाई बिदाइ गरिएको छ ।
बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले महिला राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् ।
मलेसियामा हुने प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया, संयुक्त अरब ईमिरेट्स (युएई), थाइल्यान्ड, इण्डोनेसिया, हङकङ, चीन, म्यानमार, भूटान, बहराइन, कुवेत ओमन सिंगापुर, जापान, कतार र माल्दिभ्सले सहभागिता जानउने छन् ।
प्रतियोगिता आगामी फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुँदैछ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल पुग्ने टोली सन् २०२४ को एसिसी महिला एशिया कपका लागि छनोट हुनेछन् ।
नेपाली टोलीमा इन्दु बर्मा ९कप्तान०, रुविना क्षेत्री, सीता रानामगर, काजल श्रेष्ठ, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, विन्दु रावल, अस्मिना कर्माचार्य, यशोदा बिष्ट, खुसी डंगोल, सबनम राई, रोमा थापा, संगीता राई, सम्झना खड्का, पुजा महतो, कविता कुँवर छन् ।
भिडियोहरु
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना