फागुन १५ देखि सुरु गर्ने भनिएको शहीद स्मारक सी डिभिजन लिग एक महिना पछि सर्ने पक्का भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत मंसिरमा सी डिभजन क्लबहरुसँग छलफल गर्दै १५ फागुनदेखि सी डिभिजन लिग आयोजना गर्ने निर्णय गरेको थियो ।
तर आयोजक एन्फा अहिले त्यो निर्णयबाट आफैँ पछि हटेको छ । एन्फाले सी डिभिजन क्लबहरुसँग पछिल्लो पटक छलफल गरेपछि प्रतियोगिताको मिति सर्ने पक्का भएको छ ।
सी डिभिजन लिगका क्लबहरुसँग पछिल्लो छलफल पछि एन्फाले चैतको २२ गतेदेखि सी डिभिजन लिग गर्ने तयारी गरिरहेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
‘सी डिभिजन क्लबहरुसँग सबै विषयमा छलफल गरेपछि उहाँहरुको प्रस्ताव अनुसार नै चैत २२ गतेदेखि गर्न उपयुक्त हुने देखियो’, प्रवक्ता शाहले भने, ‘मिति सर्ने पक्का हो तर निर्णय हुन बाँकी छ । अहिलेलाई यो मिति प्रस्तावित हो । यो प्रस्ताव कार्यसमिति बैठकबाट पास भएपछि नयाँ मितिबारे निर्णय हुन्छ ।’
प्रवक्ता शाहले एन्फा पछि हटेको भन्दा पनि क्लबहरुको तयारीको समय र आर्थिक विषयहरुले गर्दा दुई पक्ष नै मिति सार्न तयार भएको बताए । ‘क्लबहरुले पनि तयारीका लागि समय कम हुने भनेपछि सबै विषयमा छलफल गरेर मिति सार्न लागिएको हो’, शाहले भने ।
एन्फाले यसअघि मंसिरमै सी डिभिजन लिगको लागि मिति तय गरेको थियो । तीन महिनाअघि नै मिति तय गरे पनि फेरि तयारीको समय पुगेन भनर लिग सार्न लागिएको हो ।
एन्फाले सी डिभिजन लिग उपत्यका बाहिर गर्नका लागि पनि क्लबहरुसँग छलफल पनि गरेको थियो । तर अब काठमाडौंमा र उपत्यका बाहिर हुने भन्ने विषयमा एन्फाले केही भनेको छैन ।
एन्फाले गत वर्ष ए डिभिजन लिग आयोजना गरे पनि बी र सी डिभिजन लिग आयोजना गर्न सकेको थिएन । पछिल्लो पटक सी डिभिजन लिग २०७९ जेठमा भएको थियो । जसमा झापा एफसी च्याम्पियन बनेको थियो । झापासँगै प्लानिङ ब्वाइज सी बाट बी डिभिजनमा बढुवा भएका थिए । हाल सी डिभिजनमा १४ क्लब छन् ।
यसवर्ष एन्फाले कुनै पनि डिभिजन लिग आयोजना गर्न सकेको छैन । सी डिभिजन लिग नै वर्षको अन्तिममा हुने भएपछि अब अन्य डिभिजनको लिग यो वर्ष नहुने पक्का छ ।
एन्फाले बी डिभिजन लिगका क्लबहरुसँग पनि छलफल गर्दै आए पनि लिगको मिति तय गर्न सकेको छैन । प्रवक्ता शाहले फेरि बी डिभिजन क्लबहरुसँग छलफल गरेर मिति तय गरिने जानकारी दिए ।
एन्फाको अब बस्ने कार्यसमिति बैठकमा विभिन्न प्रतियोगिताहरु र क्यालेन्डरको बारेमा छलफल हुने पनि शाहले जानकारी दिए ।
भिडियोहरु
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना