पश्चिमा मुलुकबाट भित्रिएको ‘भ्यालेन्टाइन डे’ अर्थात् विश्व प्रेम दिवस मनाउने प्रचलन नेपालमा संस्कारको रुपमा विकास हुँदै गइरहेको छ । भ्यालेन्टाइन डे मनाउने परम्परा नेपाली समाजमा झांगिदो अवस्थामा छ । विशेषगरी शहर बजारमा एक सातादेखि नै भ्यालेन्टाइनको रमझम शुरु हुनु, एउटा राष्ट्रिय पर्वको झंै सामाजिक संजाल रंगिनु, बजारमा फुलको बिक्रीवितरण तथा युवा युवतीको जमघटले आधुनिक संस्कृतिले गाँज्दै गरेको प्रतित हुन्छ । नेपाली नयाँ पुस्ताले प्रेम दिवसलाई महान् पर्वका रुपमा स्विकार्नुले के संदेश दिंदैछ ? भन्ने आउने पिढिको लागि पनि गम्भिर प्रस्न खडा गरेको छ । इतिहासले भने जस्तो तेस्रो शताब्दीमा रोमका सैनिकहरुमाथि त्यहाँका सैन्य प्रमुखले अघोषित रुपमा विवाहमा प्रतिवन्ध लगाएपछि एक सैनिकले विद्रोह स्वरुप प्रेम विवाह गरेको प्रसंगसँग भ्यालेन्टाइन डेको इतिहास जोडिएको छ । अर्को तिर क्लाउडियसका पादरीले ति जोडीको विवाह जुराइदिएपछि उनै पादरीको नाम भ्यालेन्टाइनबाट यस दिनको शुरुआती भएको इतिहासलाई अहिलेको आधुनिक संस्कृतिले कुन बाटो अंगाल्दैछ भन्ने कुरा मनन्योग्य छ ।
प्रेम के हो ? कसरी व्याख्या गर्ने
प्रेमलाई शब्दमा व्याख्या गर्ने शब्द पटक्कै होइन । तसर्थ प्रेमको व्याख्यामा सबैका आफ्ना आफ्नै तरिका छन् । किन कि प्रेम मानव जीवनको त्यो भावनात्मक शब्द हो । जो हामीलाई छोएर बहने हावाको स्पर्स झैँ देख्न सक्दैनौं । तर महसुस गर्न सक्छौं , बगिरहेको पानीलाई अंक बनाएर बताउन सक्दैनौं । तर बगिरहेको छ भन्न सक्छौ । श्वास फेर्दा अक्सिजन नभए वाँच्न सक्दैनौं । तर त्यसको रङ रुप बताउन सक्दैनौं । प्रेम पनि एक भावना हो । यसलाई महसुस गर्न सक्छौ । प्रेमले श्रद्धा जगाउँछ श्रद्धाले विश्वासको वातावरण बनाउँछ । प्रेमले रुवाँउछ प्रेम नै हसाँउछ र त संसारको सर्वोत्तम बस्तु भनेकै प्रेम हो भन्ने महसुस गराउँछ ।
तर प्रविधिको विकाससँगै विश्व साँघुरिँदै गएको छ । योसँगै विश्वव्यापीकरण र आधुनिकीकरण हुँदै पश्चिमी परिवेशका संस्कृति पनि विश्वभर परिचित भइसकेका छन् । क्रिसमस, अङ्ग्रेजी नयाँ वर्ष, भ्यालेटाइन डे आदि यहाँको परिवेशमा नौलो रहेन !उसो त प्रेम देखाएर गर्ने कुरा होइन, हिजोका हाम्रा पू्र्खाले गर्ने प्रेम अनि श्रद्धा र आजका हामीले मनाउने दिवसको बिच फरक त होला म तिमीलाई माया गर्छु भन्नू र तीमिले गरेको माया अनुभूति गर्नु फरक भए पनि प्रेम स्वीकार्न वा गर्न कुनै निश्चिति दिन समय हामीले निर्धारण गर्नुले सकारात्मक अनि दिगो संदेश दिदैछ ?
अस्तित्वलाई बिगार्न हुँदैन
प्रेम आफैमा निस्वार्थ छ ! प्रेम आफैमा अकल्पनीय छ । प्रेमको कुनै सीमा र अवधि हुँदैन । प्रेमको कुनै जात अनि वर्ग न धन अनि धर्म केहि हुँदैन । फेरि पनि प्रेम संसारमा सर्वोकृस्ट छ । एउटी आमाले आफ्नो सन्तानलाई गर्ने प्रेम जस्तो पवित्र अनि निश्चल निर्वाह हरेक सम्बन्धमा निभाउन सक्ने हो भने सामाजिक संजाल अथवा प्रेम दिवस नै हुनुपर्छ भन्ने पक्कै हुँदैन ! हामी एकैछिन सोचौं त बच्चा जव आफ्नो आमाको गर्भबाट बाहिर आउँछ । उसको लागि प्रेमको अर्थ भनेको केवल आमा हुन्छ । त्यसपछि बुवा घरमा अन्य सदस्यसँगै उ जन्मिएको त्यो समाजसम्म प्रेम फैलिदै जान्छ भने यो चक्र उस्को बिवाहा उस्को बालबालिकासम्म पुग्छ तर उ जन्मिदा सँगै जन्मिएको प्रेम बाडिएर एउटा आकार लिएको हुँदैन । अब त्यो भन्दा अलि पर गएर प्रेमको उदाहरणको लागि आजसम्म अमर बन्न सकेको प्रेम लैला–मजनु, रोमियो–जुलियट, मुना–मदन लगाएत छन् । जो आजसम्म उदाहरणमा अमर छन् ।
प्रेम कत्ति अनमोल हुन्छ । तर प्रेम निःशुल्क हुन्छ । निशुल्क पाएको प्रेमलाई फेरि तपाईंको सोच अनुसार तय गर्न सक्नुहुन्न कि प्रेम कहिले, कहाँ कति र को सँग हुन्छ भनेर । प्रेम जतिसुकै भए पनि अब पुग्यो प्रेमले भरपुर भयो भन्न सकिँदैन न बढी भो अरुलाई पनि बाडौ हुन्छ । र त प्रेम एक सर्वशक्तिशाली अनुभुति हो भनिन्छ जो देखिदैन तर महसुस हुन्छ । हिजोआज प्रेम सब्दलाई सस्तो बनाइदै गएको अनुमान गर्न सकिन्छ । आफ्नो सोचले गर्दा निश्चल प्रेम शब्दलाई नै कलंकित बनाएका उदाहरण पनि प्रसस्तै छउन्जेल हाम्रो समाजमा। मानिसहरुको अस्वस्थ प्रतिस्पर्धाले देखावटीपन बढ्यो, स्वार्थीपनाले अपराध बढ्यो, हिंसा बड्यो प्रेम गर्ने व्यक्ति आफ्नो प्रेमी या प्रेमिकाको अगाडी खाली मन लिएर जान्छ । त्यही खाली मन लिएर व्यक्त गरिने प्रेमको उत्सव हो, प्रेम दिवस भनिन्छ तर उक्त दिन समयमा प्रेम सुरुवात गरौ भनेर प्रेमलाई आफै भित्र बाधेर भने राखिएको हुँदैन । अँ यो हुनसक्छ अभिव्यक्त गर्ने दिन भनेर लुकेर वा लुकाएर गरेको प्रेम अभिव्यक्त गर्ने दिन मान्न सकिएला तर युवा युवतीको हकमा । तर प्रेमले जन्म त उतिबेला नै लिन्छ जतिबेला गर्भमा चलमलाउन सुरु गर्छ । विश्व प्रेमको परिधिमा नै सञ्चालित भएको हुन्छ । प्रेमले नै मानिसलाई आशा, धैर्य, क्षमा, सहिष्णुता प्रदान गर्दछ । जसले प्रेमलाई बोध गरेको हुन्छ, उसकानिम्ति प्रेम धैर्य हो, प्रेम सहिष्णुता हो, प्रेम प्रतीक्षा हो, प्रेम सेवा हो ।शिष्टता, विनम्रता, सौम्यता, भद्रता, अनुग्रह, करुणशीलता, नम्रता प्रेमकै अभिव्यक्ति हुन् । प्रेम पदार्थमा हुन्छ, प्रेम चेतनामा हुन्छ । प्रेम आँखामा हुन्छ, प्रेम एउटी पत्नीको ईष्र्यामा हुन्छ, बोलिमा हुन्छ व्याबहारमा हुन्छ । प्रेम आमाको बोलीमा हुन्छ, बाबुको हप्का दप्काइमा हुन्छ । प्रेम मातृत्वमा खेल्छ, भ्रातृत्वमा बाँँच्छ, मित्रतामा हाँस्छ । यत्रतत्र सर्वत्र सबैतिर प्रेम छर्न सके सबैतिरबाट प्रेम नै पाइन्छ । प्राप्तिको अपेक्षा नराखी अन्तरआत्माबाटै प्रस्फुटित हुने हृदयको झङ्कार भनेको नै प्रेम हो । प्रेम दिवसका रूपमा होइन, हरेक दिनका आफ्ना क्रियाकलापमा जरुरी हुन्छ । बोली चाली र व्याबहारमा हुन्छ । सम्मानमा हुन्च सबैभन्दा महत्वपूर्ण प्रेम स्वतन्त्रतामा हुन्छ । प्रेम सबै धर्म, दर्शन अध्यात्म र रहस्यवादको प्रकृति हो, प्रेमलाई सस्तो रूपमा नबुझौँ । भनिन्छ, प्रेममा रोमान्स हुन्छ तर रोमान्समा प्रेम नहुन सक्छ । पछिल्लो समय प्रेममा हिंसाको पनि प्रवेश भएको पाइन्छ । प्रेमीको प्रस्ताव स्वीकार गर्दा हिंसाको सिकार हुनु परेका थुप्रै घटनाहरू हामीमाझ छन् । प्रेम मेरो कुरा माने अमृत हुने आफू खुशी हिडे बिष हुने भन्ने पट्कै होइन । हक, अधिकारको नाममा प्रेम बाध्यतामा बाध्नु हुँदैन । कति सजिलै भन्छन् म तिमीलाई माया गर्छु तर त्यही माया गर्छु भन्ने मान्छे राक्षसका रूपमा प्रस्तुत भएको थुप्रो उदाहरण हाम्रो समाजमा छन् । छोराले बाबुलाई मारेको । प्रेमीले प्रेमिका मारेको प्रेमको नाउँमा आत्म हत्या वा डिप्रेसनमा पुगेको अनगिन्ती उदाहरण मात्रै होइन चुनौती थपिएको अवस्था अहिलेको समाजमा छ ।
प्रेम मनौवैज्ञानि र दार्शनिक अनुसार हेर्ने हो भने प्रेम एक प्राकिृतिक शक्ति हो । जो हाम्रो अधिनमा हुँदैन । जस्तो मौसम हामीले चाहे जस्तो बनाउन सकिँदैन हावा पानी र घाम हाम्रो परिस्थिति मुताविक चल्दैन । तसर्थ प्रेम दुई व्यक्तिकोबीचको असाधारण सम्बन्ध हो, जुन परस्पर विश्वास, एक अर्का बिच सम्मान र स्वतन्त्रतासँग जोडिएको हुन्छ ।
नत्र हेरौ न किताबि अक्षरहरु किन कोरिए होला ती ठुल्ठुला उपन्यास र कथाको रुपमा जन्म लिएका ती अक्षरहरु अमर छन् । कथा, कहानी, भावना महसुसमा हेरौ र महसुस गरौ । र त प्रेम यहि कुरामा निर्भर रहन्छ कि तपाई कोसँग कुन परिस्थितिमा हुनुहुन्छ र कति सुरक्षित हुनुहुन्छ । अनि तपाईलाई त्यति नै जरुरी लाग्छ प्रेम जसरी साँस फेर्नको लागि हावाको आवश्यकता हुन्छ । यसलाई गुमाउँदा तपाईलाई शारिरक र मानसिक पिडा हुन्छ । तसर्थ प्रेम भावना हो । त्याग हो तपस्या हो प्रेम प्रतीक्षा हो ।
प्रेममा स्वतन्त्रता होइन, स्वतन्त्रतामा प्रेम
समाजको आँखा छल्दै छाडा संस्कृतिको विकास दिनदिनै हुन थालेको छ । जसरी प्रकृतिमा प्रवाह छ, त्यसैगरी हामीभित्र पनि प्रेम प्रवाह हुनुपर्छ । स्वास प्रश्वास क्रिया, रक्तसंचार, उर्जाको प्रवाह नसानाडीहरू मुटुको धड्कन सबै प्रवाहमा हुनुपर्दछ । स्वासले जन्म लिन्छ भने मृत्युसंगै स्वास छुट्छ । यदि कसैका सामु झुक्नुपर्ने स्थिति छ भने ऊसित प्रेम गर्न सकिंदैन । जहाँ स्वतन्त्रताको अतिक्रमण हुन्छ, त्यहाँ प्रेम टिक्न सक्दैन । स्वतन्त्रता जस्तै प्रेम पनि व्यक्तिको प्राकृतिक विशेषता हो । कसैको रुचि–इच्छालाई स्वीकार गर्ने साहस स्वयंलाई आफ्नो दृष्टिकोणमा उठाउने–सम्मान गर्ने प्रक्रिया हो । प्रेम त्यो होइन जो म जे भन्छु त्यो हुनुपर्ने, मेरो इच्छा अनुरुप चल्नु पर्ने । खाने, लाउने, बोल्ने, हिड्ने, हास्ने बोल्ने कुरामा अधिकार जमाएर प्रेम प्राप्त हुँदैन । प्रेम र घृणा उत्पन्न हामी भित्रबाट नै हुने हो तर अंहकार कहिलेकाही प्रेममा हावी भएको हुन्छ । हाम्रो सम्बन्ध विश्वासले टिक्छ । यदि म प्रेम गर्छु कसैलाई भने पूरा भरोसा गर्न सक्नुपर्छ । उस्को स्वतन्त्रतामा हस्तक्षेप गर्छु भने त्यो प्रेम होइन अंहकार हो । कसैको स्वतन्त्रतालाई प्रेमको बन्धक बनाइन्छ भने त्यो प्रेम होइन ।
भिडियोहरु
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना