अभिभावक र सन्तान ो अन्तर सम्बन्ध कस्तो हुनु पर्छ भन्ने बारेमा हाम्रो समाज मा खासै चर्चा भएको पाईदैन । जसका कारण अभिभावक र छोराछोरीको बिचमा अन्तरद्धन्द्ध रहेको उदाहरण समाजमा प्रशस्त रुपमा देख्न पाइन्छ । जसलाई पुस्ता परिवर्तनको समस्या भनेर हामी सजिलै पन्छिने गरेका छौ र यस्ता समस्याहरु अभिभावकको सानो प्रयासले सजिलै कम गर्न सकिन्छ । लगानी ठुलो हँुदैमा, बस्ने बेञ्च राम्रा हुँदैमा, होमवर्क धेरै हुँदैमा र शुल्क महँगो हुँदैमा स्कुलको गुणस्तर राम्रो हुन्छ भन्ने हुँदैन । शिक्षक कस्ता छन् ? कसरी पढाईरहेका छन् ? किताब बाहेक बाहिर जान्छन कि जादैनन ? स्कुल गएर फर्कदा छोराछोरीले के कस्ता कुरा सिके भन्ने विषय ठूलो कुरा हो ।
घरमा आएर बालबालिका स्कुलमा पढेका कुराहरु शेयर गर्छन की गर्दैन्न ? अभिभावकले यस्ता कुराको ख्याल गर्नुपर्ने शिक्षा विज्ञहरु बताउँछन । तर त्यसका लागि घरमा पनि बालमैत्री वातावरण बनाउनु पर्ने हुन्छ । यो वातावरण बनाउने कसले ?
अभिभावकले आफ्नो सिद्धान्त र विचारलाई सन्तान सामु प्रस्ट रुपमा राख्नुपर्छ र हरेक अभिभावकका जीवन प्रति आफ्नो निजि विचार हुन्छन जसको जानकारी सन्तानलाई हुनु जरुरी छ, तर आफ्ना सिद्धान्त र विचारको पूर्तिको लागि सन्तानलाई अनावश्यक दबाब सृर्जना गर्नुहुदैन । आफ्नो सिद्धान्त र बिचारलाई मेरो सन्तानले अनुसरण गरोस भन्ने चाहना प्रत्येक अभिभावकमा हुने गर्छ । ती चाहनाहरु सन्तान को सामु असावधानी पुर्वक प्रस्तुत गर्दा परिवारमा द्वन्दको सिर्जना हुन सक्छ र तसर्थ ती पक्षमा सावधानी अपनाई उचित बातावरणको सिर्जना गरि आफ्नो सिद्धान्त र विचार लाई आफ्नो सन्तान सामु प्रस्ट रुपमा राख्नु पर्छ । सानानानीहरुको लागि हजुरबुबा आमाले सुनाउने दन्त्य कथा र अध्यात्मिक कथा मार्फत प्रदान गरिने शिक्षा निकै महत्वपूर्ण हुन्छ र सकारात्मक विचारले भरिएका कथाहले उनीहरु सकारात्मक मार्गदर्शन गर्दछन । त्यसका लागि अभिभावकले नै अगाडी सर्नु पर्छ ।
आफ्ना सन्तानलाई आफुले माया गर्ने कुरा अभिभावकले सन्तानलाई प्रस्ट रुपमा राख्नु जरुरी छ । विशेष गरि काममा बढी ब्यस्त हुदा कतिपय अवस्थामा छोराछोरीसंग महिनौ राम्ररी कुरा गर्ने अवसर नजुट्न सक्छ, त्यो अवस्थामा फोन गरेर अथवा छोटो समय निकालेर भएपनि आफ्नो माया दर्साउने मौका छोड्नु हुदैन । छोरा छोरीको कोठा अथवा झोलामा सानो पत्र अथवा कार्ड लेखेर आफुले माया गर्ने कुरा उनीहरुलाई सरप्राईज रुपमा प्रस्तुत गर्दा उनिहरु खुशी हुन्छन । यस्ता सानो कुराले सम्बन्ध विकासमा ठुलो भूमिका खेल्छ । सन्तान तपाईको लागि कति जरुरी छन भने कुरा तपाईले उनिहरुलाई प्रस्ट रुपमा आभास हुने वातावरणको सृर्जना गर्नुपर्छ । घरमा खाना खादा सकभर संगै खाने गर्नु होस र उक्त समयमा टेलिभिजन हेर्ने ,फोन मा कुरा गर्ने जस्ता क्रियाकलाप नगर्नु होस् र उक्त समयलाई पूर्णरुपमा पारिवारिक बनाउनु पर्छ ।
आफ्ना छोरा छोरी लाई उपनाम दिएर बोलाउंदा यसले प्रेमलाई प्रकट हुन सहयोग पुग्छ । तर अरु साथीहरुको अगाडी र स्कुलमा उनीहरुलाई विशेष नाम भन्दा उनीहरुको नामबाट बोलाउंदा नै राम्रो हुन्छ र बालबालिकालाई नाम दिदा उनीहरुलाई मनपर्ने खालको नाम छनोट गर्नु पर्छ ।
एउटा विद्यार्थी सफल हुनका लागि पहिलो भुमिका आमाबाबुको हुन्छ । विद्यार्थीको आमाबाबुले कस्तो वातावरणमा बालबालिका हुर्काएका हुन्छन् । त्यसले पनि प्रभाव पार्छ । शिक्षकले त विद्यार्थीलाई नर्सिङ गर्ने काम मात्र गर्छन् । विद्यार्थीको पारिवारीक वातावरण बुझेर नर्सिङ गर्ने हो भने त्यो विद्यार्थी राम्रो हुन्छ । अहिले शिक्षक देख्दा विद्यार्थी तर्सिने वातावरण हट्छ, नत्र भोली यसले शिक्षक विद्यार्थी विचको अन्र्तसम्बन्धमा ठूलो खाडल पैदा गर्छ । जमाना हामीले सोचेभन्दा पनि अगाडी गईसकेको छ ।
हाम्रा छोराछोरी त झनै त्यो भन्दा अगाडी हुने कोशिस गर्छन् । हात हातमा मोबाईल र फेसबुकबाटै उनिहरुले आफ्नो हरेक चाहनाहरु छानि सकेका हुन्छन् । त्यस्तै कुन स्कुल पढ्ने भन्ने कुरा उनिहरुलाई आमाबुवाको सल्लाह चाहिँदैन । त्यसैले अभिभावकले सकेसम्म छोराछोरीलाई मनपर्ने स्कुलमा पढाउनु पर्छ । छोराछोरीको इच्छा बुझ््न सकिएन भने उनिहरुलाई समाल्न सकिदैन । बिद्यालयको भरमा मात्र पर्नु हुदैन घरमा पनि पढाईको वातावरण बनाउनु पर्छ ।