प्रत्येक वर्ष नयाँ साल लाग्ने वित्तिकै शिक्षाको विषयले चर्चा पाउँछ । वैशाखमा हुने विद्यालय भर्ना अभियान संगसंगै विद्यालयभन्दा बाहिर रहेका बालबालिकाको संख्या, समयमा पुस्तक नपुगेको, शिक्षामा सरकारको लगानी, सामुदायिक विद्यालयको अवस्था र सुधारका लागि गरिनु पर्ने काम यति मात्र नभएर पछिल्लो वर्ष त अभिभावत्व ग्रहण गर्ने होडबाजीले पनि खुवै चर्चा पाएको थियो ।
सामुदायिक विद्यालय संगसंगै नीजि विद्यालयको चर्काे शुल्क र कितावमा हुने कमिशनको पनि चर्चा हुने गरेको पाईन्छ । यस वर्ष पनि यो चर्चा सुरु भइसकेको छ । शिक्षाको विषयमा जति चर्चा गरे पनि त्यो कम हुन जान्छ । किन भने शिक्षा विनाको जिवनको कुनै अर्थ छैन । मानव जिवनका लागि शिक्षा नभई नहुने कुरा हो । सामुदयिक विद्यालयको बारेमा जति चर्चा परिचर्चा गरे पनि आम मानिसको विश्वास जित्न सकेको छैन । सामुदायिक विद्यालय सवैका लागि हो । यस प्रति सवैको विश्वास हुुनु पर्ने । तर त्यस्तो हुन सकेको छैन ।
हाम्रो समाजमा सरकारको लगानी र नीजि लगानिका रुपमा शिक्षा लिने दिने प्रक्रियाको विकास भएको छ । शिक्षामा लगानि गरिरहदा नागरिकको तर्फबाट सरकारी सार्वजनिक विद्यालयमा हुनु पर्ने लगाव र माया पछिल्लो चरणमा कमि भएको पाइन्छ । सामुदायिक विद्यालयलाई कसरी गुणस्तरीय र पारदर्शी बनाउने भन्ने चासो र चिन्ता कसैको गएको देखिदैन । समग्रमा भन्नु पर्दा सामुदायिक विद्यालय प्रति आम मानिसको विश्वास नै घटेको छ । आखिर सामुदायिक विद्यालयले जनताको विश्वास कहिले पाउछन् ? यसका लागि शिक्षक तथा प्रधानाध्यापकको ध्यान किन जादैन ?
सामुदायिक विद्यालय प्रति आम मानिसको विश्वास लागोस् पनि कसरी ? सरकारी विद्यालयका शिक्षकहरु संगको विस्वासको कमी छ । शिक्षकहरु आफै सरकारी विद्यालयमा आफ्ना वालबालिका पढाउदैनन् भने आम नागरिकले आफ्ना बालबालिका कसरी पढाउन सकिन्छ भनेर विश्वास गरुन् । नियमित विद्यालय नआउने । विद्यार्थीको अभिभावक संग समन्वय र सहकार्य नगर्ने ।
विद्यार्थी भएका पनि विद्यालयमा कति हाजिर भए कति भएनन् ? हाजिर नहुने विद्यार्थीको अभिभाकलाई कुनै चासो र जानकारी नलिने ? विद्यार्थिको गृहकार्य तथा पाठ्य पुस्तकको अवस्था कस्तो छ ? कसरी प्रयोग गरिएको छ ? भन्ने सम्म शिक्षक चासो लिदैनन् । यसकारण पनि सामुदायिक सरकारी विद्यालयमा विश्वासको कमि छ । यस अवस्थाको परिवर्तन कसरी गर्न सकिन्छ त ? सवै सामुदायिक विद्यालय नराम्रा मात्र छन् भन्न सकिदैन । किन भने सामुदायिक विद्यालयहरु पनि उत्कृष्ट छन् । तर खास गरी हाम्रो क्षेत्र, प्रदेश वा जिल्लामा सामुदायिक विद्यालयभन्दा पनि नीजि विद्यालय प्रति अभिभावकको विश्वास बढी छ । त्यसैले सामुदायिक विद्यालयले आम मानिसको विश्वास प्राप्त गर्न जरुरी छ ।
सामुदायिक विद्यालय हाम्रै समुदायको लागि हो । हामीले तिरेको करबाट नै शिक्षा क्षेत्रमा लगानी भएको हुन्छ । या नि कि सामुदायिक विद्यालयमा हाम्रै लगानी भएको हामी आम मानिसले पनि बुझन जरुरी छ । बोलीचालीको भाषामा सरकारी विद्यालय भनेर बुझने र यसको हेरचार सरकारले गर्ने भनेर हामी विद्यालय प्रति चासो राख्दैनौ । जसरी निजि विद्यालयमा प्रत्यक्ष आफ्नो लगानी भए अनुसार भेटघाट, छलफल, अन्तरक्रिया, नियमित बालबालिको क्रियाकलाप सहित निजि विद्यालयहरुमा गर्ने गर्दछन् । त्यसरी नै सामुदायिक विद्यालयमा पनि गर्ने र शिक्षक वर्गलाई बारम्बार कानुनी नितिगत व्यवस्थाको जानकारी गराउने हो भने नागरिक हुनुको दायित्व पक्कै पनि हुन्छ ।
सामुदायिक विद्यालय प्रति समुदायको चासो बढेन भने हाम्रो प्रदेशको शिक्षामा सुधार हुन सक्दैन । पहिलादेखि नै शिक्षामा पछाडी रहेको हाम्रो ठाउँको शिक्षामा सुधार ल्याउन सामुदायिक विद्यालयहरुले आम मानिसको विश्वास जित्न जरुरी र त्यसका लागि स्थानीय र प्रदेश सरकारले ठोस कदम चाल्न छ ।