चन्चले स्वभावकी १० वर्षीय युष्मा पाण्डे सर्लाहीको नयाँ रोड स्थित ज्ञान ज्योति आवसीय विद्यालयको कक्षा ३ मा अध्ययनरत छात्रा हुन् । आमा बाबाकी पहिलो सन्तान हुन् युष्मा । उनका एक भाई छन् । भाई युनिष सोहि विद्यालयमा एल.के.जिमा अध्ययनरत छन् । बाबा गोविन्द पाण्डे वैदेशिक रोजगारिमा छन् भने आमा गोमा पाण्डे बाख्रा पालन व्यवसाय गर्छिन् । युष्मा हाल आमा गोमासँगै बस्छिन् । घुम्न रुचाउने भएकोले यसपालीको चैते विदामा वीरगंज आफ्नो फुपुदिदिकोमा आएको उनले बताइन् ।
सानै उमेर भए पनि एकदमै बाठी छिन् युष्मा । खेल्नभन्दा पढ्न रुचाउने युष्मालाई नेपाली विषय सजिलो लागे पनि विज्ञान गाह्रो लाग्ने बताउँ छिन् । आफ्नो विद्यालयमा त्यति अतिरिक्त कार्यक्रम नहुने भए पनि हाजिरीजवाफ र नृत्यमा आफु सहभागि हुने गरेको उनले बताइन् । मेरो मिल्ने साथि सुरवी हो । किन कि उ मसंगै बस्छे, मिल्छे । सबै कुरा सियर गर्छे । अनि मलाई कम्प्युटर पढाउने अनिता मिस पनि मन पर्छ उनले भनिन् । भविष्यमा शिक्षिका बन्ने उनको लक्ष्य रहेको बताइन् ।
फलफुल असाध्यै मन पराउने युष्मा खाना त्यति रुचाउदिनन् । कागती दाल भात र टमाटरको अचार बाहेक अरु खादिन । विद्यालयबाट आउने वितिकै आफ्नो गृहकार्य गर्ने उसको राम्रो बानी छ । मलाई पढ्न धेरै मन लाग्छ । म नआएको गृहकार्य छिमेकी आन्टिलाई सोधेर लेख्छु उनले भनिन् । पढाई बाहेक घरको काममा पनि आफ्नि आमालाई सघाउने गर्छु उनले भनिन् ।
सानै भएर होला, अलि चन्चले छ । तर भन्यो भने मान्छे । घरको काममा पनि उतिकै सहयोग गर्छे । घरमा हुदा आफ्नो पढाई सकेर मात्रै अरु काम गर्छे । टिभी र मोवाइल नचलाउने राम्रो बानी छ यस्को । उनकी फुपुदिदी एशोधा चिमरियाले बताइन् ।
अरुभन्दा उसको पढाइ राम्रो छ । राम्रो अंक ल्याएर उतिर्ण हुन्छे । उसका बाबा आमाले त नर्सिङ्ग पढाउने भन्छन् । तर उसले सक्दिन म त शिक्षक बन्छु भन्छे । हेरौं पछि के हुन्छ उसको इच्छालाई पनि बुझ्नु पर्छ नि । जर्बजस्ती गर्ने कुरा पनि आउँदैन एशोधाले भनिन् ।
हुन त सरकारी विद्यालयको पढाई राम्रो छ र मान्यता पनि छ । तर सरकारी विद्यालय घर देखि टाढा भएकोले सुरक्षालाई ध्यानमा राखेर नै उनीहरुलाई भाइ बुहारीले नीजि विद्यालयमा राखेका छन् । सानै छे जान सक्दिन बरु पछि ८ कक्षादेखि सरकारी विद्यालयमा राख्ने सोच उनीहरुको छ उनले भनिन् ।