५० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा राम कुमार महाविर प्रसाद केडिया आँखा अस्पताल, परवानीपुरले शनिवार आफ्नो अस्पतालको सभाहलमा एक भब्य समारोह कार्यक्रमको आयोजना गरेका हुन् ।
सो भब्य समारोह कार्यक्रमका सभापति केडिया आँखा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार केडियाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा उधोगपति मुरलीधर रूङ्गटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका सभापति केडिया र प्रमुख अतिथि रूङ्गटाद्वयले केडिया आँखा अस्पतालका ३ जना उत्कृष्ठ कर्मचारी राजेश बहादुर अधिकारी, डा.गोबिन्द गुरूङ र लालबाबु पटेललार्इ सम्मानित गर्दे प्रमाण पत्र समेत प्रदान गरेका हुन् ।

साथै आँखा अस्पताल ४९ औं वर्ष पुरा गरी ५० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उक्त अस्पताल परिसर भित्र सवारी चालकहरूको निःशुल्क आँखा चेक जाँच गर्नकालागी आँखा शिविर कार्यक्रमको पनि आयोजना गरिएको थियो ।
उक्त अस्पताललाइ ५ तल्लाको आधुनिक भवन निर्माण गरीनुकासाथै अस्पताललाइ अध्ययन संस्थान बनाउनकालागी भावी योजना रहेको ब्यवस्थापन समितिका अध्यक्ष केडियाले कार्यक्रममा बताए ।
४९ वर्षमा अस्पतालले हाल सम्म लगभग २३ लाख जना आँखा बिरामीहरूको आँखा चेकजाँच गरीनुकोसाथै लगभग ५ लाख ५० हजार जना आँखा बिरामीहरूको आँखाको शल्यक्रिया गरीएको जनाए ।
अस्पतालमा रेटिना, ब्लोकोमा, बाल नेत्र, आँखाको नानी, आँशु नली, तथा थैली बिभाग अस्पतालले संचालनमा ल्याएको छ ।
साथै अस्पतालले शिक्षक र शिक्षिक, महिला तथा महिला स्वंम सेवीका, औषधि बिक्रेता लगायतका महानुभावहरूलाइ समय–समयमा तालिम संचालन गर्दै आएको छ ।
एम. डि. ओपथोसेलमोलोजिस्ट १२ जनालाइ रेजिडेन्सी तालिम स्किल डेभलपमेन्ट र पारामेडिकल स्टफ तालिम र इन्टरसिप तालिम ४० जनालाइ दिइएको छ।
त्यसैगरी रिसर्च तर्फ १२ वटा पेपर पब्लिष्ट भइसकेको र १२ वटा पेपर छिटै पब्लिष्ट गर्ने तयारीमा रहेको प्रशासन प्रमुख बर्माले जानकारी गराए ।

सो समारोह कार्यक्रमको बिशिष्ठ अतिथि परवानीपुर गाउँपालिकाका प्रमुख रामक्षेत्री पटेल, अतिथि नेत्र ज्योति संघ पर्सा शाखाका अध्यक्ष भगवति चौधरी, केडिया आँखा अस्पताल ब्यवस्थापन समुहका पुर्व अध्यक्ष स्व. हिरालाल केडियाको श्रीमति परमेश्वरी देवि केडिया, केन्द्रिय आँखा अस्पतालका नेत्र बिशेषज्ञ डा. सरिता यादवले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा बीरगंज उधोग बाणिज्य संघका पुर्व अध्यक्ष तथा केडिया अर्गेनाइजेशनका प्रदिप केडिया, सुनिल केडिया र रमेश कुमार अग्रवालको बिशेष उपस्थिति रहेको थियो ।
उक्त समारोह कार्यक्रम केडिया आँखा अस्पतालका प्रमुख प्रशासकिय अधिकृत प्रकाश वर्माले संचालन गरेका थिए ।


भिडियोहरु
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना