
१. रमेश कुमार पौडेल
निजगढ–७
वीरगंजमा म अरु कामको लागि आएको थिए । रेडियोमा फुट्वेयर एक्स्पोको बारेमा जानकारी पाए । वीरगंजमा लागेको फुट्वेयर एक्स्पोमा के कस्तो छ भनेर हेर्नको लागि आएको हो । वीरगंजमा लागेको यो मेला धेरै राम्रो छ । जुत्ता किनेर लैजान भनेर आयो यसबाट मान्छेले धेरै फाइदा उठाउन सकिन्छ । आफ्नै देशमा बनेको समानहरु यस्तो मेला लगाएर बेच्ने योजना राम्रो हो । हाम्रो निजगढमा अहिलेसम्म यस्तो लागेको छैन । तर यो योजना सबै तिर भएको भए धेरै लाभदायी हुने थियो । वीरगंजमा यो दोस्रो पटक लागेको छ । पहिलो पटक राम्रो भएको होला । त्यसैकारण दोस्रो पटक पनि राखेको छ । यो वीरगंज बोर्डर तिर रहेकोले यसको प्रचार–प्रसार भयो भने मान्छेहरु बाहिरबाट पनि किन्न आउँन सक्छन् ।

२. बीरेन्द्रलाल श्रेष्ठ
वीरगंज–२ छपकैया
दोस्रो वीरगंज फुट्वेयर एक्स्पो लागेकोमा मलाई धेरै खुशी लाग्यो । मैले आएर आफ्नो लागि एउटा चप्पल लिए । यो मार्केटमा भएको जुत्ता चप्पलको मूल्य पनि राम्रो छ । समान किन्दा पनि छुट पाइएको छ । नेपालीहरुले गरेको प्रयास राम्रोे छ । हरेक वर्ष यस्तो आयोजना गरेर जनतामा सचेतना ल्याउन सकिन्छ । नेपालमा नै उत्पादन भएको आप्mनै स्वदेशी समानहरु प्रयोग गर्न पाउनु धेरै राम्रो हो । वीरगंजमा लागेको फुट्वेयर एक्स्पोले मानिसहरुलाई आफूतर्फ आर्कषण गरिरहेको छ । बजारमा हरेक किसिमको सामान पाउँछ । यस्तो प्रदर्शन लगाएर नेपालीहरुलाई नेपालको उत्पादनबारे जानकारी दिई प्रोत्साहन गरिनु राम्रो हो । नेपाली उत्पादनको प्रवद्र्धन अभियानलाई सबैले एकताको साथमा अगाडी बढाउनु पर्छ । हाम्रो स्वदेशी समानलाई गर्वले प्रयोग गर्नुपर्छ । अहिले हाम्रो वीरगंजको अवस्था पनि ठिक छैन । तर पनि सबै मानिसले आफ्नो बजेट भित्र बसेर काम गर्नुपर्छ । वीरगंज बोर्डरमा परेर रक्सौलबाट किनेर ल्याएर प्रयोग गर्ने बानी पनि छ । तर जुत्ता चप्पलमा भने नेपालको उत्पादन फिनिसिङ्ग र टिकाउमा उताकोभन्दा राम्रो छ । यहाँकै प्रयोग गर्दा महँगो पनि छैन ।

३.राधा हमाल
वीरगंज– २, छपकैया
वीरगंजमा जुत्ता, चप्पलको मेला लागेको छ । नेपालमा बनेको ब्राण्डहरुलाई प्रदर्शनी गरेर सम्बन्धित सबैलाई जानकारी गराएको धेरै राम्रो हो । नेपाली समानहरुलाई पनि प्रोत्साहन गर्नु राम्रो काम हो । नेपाली समानको मूल्य सस्तो हुनुपर्ने तर सोच जस्तो सस्तो छैन । यहाँ रक्सौल नजिकै भएको कारणले मान्छेहरु त्यहि नै किन्ने प्रयास गर्छन् । जुन जुत्ता यहाँ ५ सयमा पाउँछ । त्यस्तै जुत्ता रक्सौलमा ३ सयमा पाउँछ तर त्यो आइसीमा । जाने आउने र झन्झटको हिसाबले खासै फरक पर्दैन । फुट्वेयर मेलाहरु ठाउँ ठाउँमा लागेको भए यसबाट हाम्रो नेपाललाई पनि फाइदा हुन्छ । यहाँका मान्छे वा बाहिरका मान्छे सबैले जुत्ता प्रयोग गर्छन्, गरिन्छ पनि । समानहरु बाहिर निर्यात हुने सम्भावना बढ्छ । मेलामा सबै वर्गको मान्छेहरुको लागि जुत्ता, चप्पल पाएको भए अझ राम्रो हुन्छ ।

४. सुमन रौनियार (व्यापारी)
वीरगंज–६
वीरगंजमा लागेको फुट्वेयर एक्स्पो मेला राम्रो छ । व्यापारमा कुनै पनि राम्रो छैन । तर यस्तो मेलाहरु बजार क्षेत्रमा लगाउन दिनु नपर्ने हो । यो मेलाले गर्दा जुत्ता चप्पल पसललेहरुलाई गाह्रो भइरहेको छ । हामीले आफ्नो पसलको भाडा तिरेका छौं । अब नेपालमा मेला लगाउँदा हाम्रो नेपालको प्रोडक्ट भनेर हामीले स्टाफलाई खर्च दिनु पर्छ । यहाँ व्यापारबाट सबै काम हुन्छ । अब उनीहरु आएर १ महिना बसेर आफ्नो समानहरुको प्रचार प्रसार गरेर हाम्रो व्यापार बिगार्ने मात्र हो । हाम्रो व्यापार बिर्गे बैंकको क्रणहरु तिर्न गाह्रो हुन्छ । यस्ता मेलाले वीरगंजको व्यापारमा घाटा पु¥याउँछ । यहाँको व्यापार मर्दै गइरहेको छ । व्यापारमा सरकारको कुनै नीति छैन । व्यापारले नै अर्थतन्त्र चल्छ । तर सरकारले व्यापारलाई कुनै सुविधा नदिएर व्यापारलाई ठप्प पार्न लागेको छ । मैले व्यापार गरेको २३ वर्ष भयो । दःुख र व्यापारको स्थिति यस्तो गाह्रो कहिले थिएन ।

५.गुडिया कुमारी
वीरगंज– १५
यहाँ लागेको दोस्रो फुट्वेयर मेलाबाट मैले २ जोरजुत्ता किनेको छु । यहाँका जुत्ता एकदमै राम्रो छन् । यहाँ सबै खालको जुत्ता चप्पलहरु छन् । जुत्ताहरु मूल्य पनि ठिक छ । तर कुनै धेरै मंहगो छ । मंहगो भए पनि राम्रा खालका छन् । यहाँ ३० भन्दा पनि बढि डिजाइनका ब्राण्डहरु छन् । यस्ता खालको जुत्ता चप्पलहरु विदेशमा पनि बेच्नु पर्छ । वीरगंजमा यस्तो व्यापारको मेला लागेको राम्रो हो । तर यहाँको व्यापारमा पनि केहि असर नहोस् भने कुरामा चाही ध्यान दिनुपर्छ ।

६. शान्ति मास्के
वीरगंज– ८
वीरगंजमा लागेको यो फुट्वेयर मेला नेपालको व्यापारमा फाइदा पु¥याएको जस्तो छ । आफ्नै देशमा उत्पादन भएको समानहरु किनबेच हुन थालेको छ । हाम्रो वीरगंजमा कुनै पनि समान मान्छेहरु बिना छुटको लिदैन । यहाँको मान्छेहरुले यो मेलाको सबै जुत्ता चप्पलहरु मंहगो नै लागिरहेको छ । यो मेला जुन उद्देश्यले खोलिएको हो । खासै पूरा होला जस्तो लाग्दैन । धेरै भनेर दाम घटाएर दिए मात्र यहाँका मान्छे सामान किन्छन् । मानिसहरु घुम्दै आउँदा कुनै जुत्ता चप्पलहरु मन परेमा लगिरहेको अवस्था छ । यहाँ धेरै जसो स्थानीय मानिस मात्र किन्न आइरहेका छन् ।