बारा,
स्वादिष्ट खाना, नाचगाना सहित डेढ सय भन्दा बढि व्यवसायीक स्टल घुम्न सकिने गरी जीतपुरसिमरा महोत्सव २०८० को सम्पूर्ण तयारि पूरा भएको छ । आयोजकले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ बजनी स्थित महोत्सव स्थलमा विहिबार पत्रकार सम्मेलन मार्फत महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
‘कृषि, पर्यटन, खेल, उद्योग र व्यापार÷जीतपुरसिमरा बारा, मधेस समृद्धिको मुख्य आधार’ भन्ने नारासहित जीतपुरसिमरा महोत्सव र पहिलो जीतपुरसिमरा एक्स्पो २०२४ हुन लागेको हो । महोत्सवको भोली शुक्रबार मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
मालपोत कार्यालय छेउको खुल्ला चौरमा फागुन १८ गते देखि हुने महोत्सव फागुन २९ गतेसम्म चल्ने छ । पछिल्लो समयमा सुस्त बनेको व्यवसायिक क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले जीतपुरसिमरा नगर उधोग बाणिज्य संघले पहिलो पटक महोत्सवको आयोजना गर्न लागेको हो । आर्थिक मन्दीका कारण ठप्प हुने अवस्थाको व्यावसायिक क्षेत्रलाई एकै थलो मार्फत प्रवर्द्धन तथा प्रोत्साहन गर्ने महोत्सवको उद्देश्य रहेको संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए ।
लामिछानेले महोत्सवमा आर्थिक, शैक्षिक, पर्यटन, कृषिलगायत विभिन्न क्षेत्रको गरी डेढ सय भन्दा बढि प्रदर्शनी रहने जनाएका छन् । उनका अनुसार महोत्सवमा सकेसम्म हरेक क्षेत्रलाई समेट्ने प्रयास गरिएको छ । महोत्सव अवलोकन गर्न आउने नागरिकले ती व्यावसायिक क्षेत्रका बारेमा बुझ्न पाउने र आवश्यकता अनुसारका सामाग्री खरिद तथा सेवाबारे परामर्श लिन सक्नेछन् ।
महोत्सवमा व्यवसायिक स्टल, औद्योगिक, कृषि एवं अटो मोबाइल प्रर्दशनी, विभिन्न परिकारका स्टल, वैदेशिक रोजगारका लागि परामर्शका साथै मनोरञ्जनात्मक बाल उद्यानको आनन्द उठाउन सकिन्छ । स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहने महोत्सवमा प्रथम जीतपुरसिमरा डान्स च्याम्पियन २०८० को समेत तयारी गरिएको छ । च्याम्पियनमा प्रथम हुनेले तिस हजार, द्धितियले १५ हजार, तृतियले १० हजार र चौथो हुनेले ५ हजार रुपैंया नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
महोत्सव सफल बनाउन स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा निजी क्षेत्रबाट सहयोगको अपेक्षा राखेको आयोजकले महोत्सवमा ८३ लाख रुपैंया खर्च हुने अनुमान राखेको छ । महोत्सवका लागि आवश्यक स्वीकृति लिइसकेको तथा २० वटा उपसमिति गठन भइ काम गरिरहेको संघका महासचिव प्रकाश गिरीले बताए ।
महोत्सव प्रवेशका लागि विद्यार्थीले २५ रुपैंया तथा अन्यले ५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने अपाङ्गता र ज्येष्ठ नागरिकले निःशुल्क अवलोकन गर्न सक्नेछन् । महोत्सवलाई करिब एक लाख भन्दा बढीले अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ । हुलास स्टिल, पतंजली, जाउलाखेल डिष्ट्रिलरीको प्रायोजनमा हुन लागेको महोत्सवको पार्टनरका रुपमा ग्लोबल आईएमी बैंक, नेपाल ईन्भेष्टमेन्ट बैंक, भायनेट, सगरमाथा लुम्बिनी ईन्सुरेन्स, टिभिएस र फिस्ट वाल्क सुज रहेका छन् । उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय मधेशप्रदेशले प्रवद्र्धन गरेको महोत्सवको संरक्षक प्रवद्र्धक जीतपुरसिमरा उपमहानगरपालिका रहेको छ भने अभिभावकिय भुमिकामा नेपाल उद्योग वाण्ज्यि महासंघ तथा उद्योग वाणिज्य महासंघ मधेशप्रदेश रहेका छन् ।
भिडियोहरु
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना