नेपाली भाषा साहित्यको विकास र विस्तारमा जोड दिने उद्देश्यले पाठ्यक्रम विमर्श तथा भाषा साहित्य सम्बन्धी तीन दिने कार्यक्रम सम्पन्न भएको छ । साहित्यिक चौतारी नेपालको १० औं वार्षिकोत्सवको तथा राष्ट्रियस्तरको कार्यक्रम यो पटक वीरगन्जमा सम्पन्न भएको हो ।
वीरगन्ज महानगरपालिका भित्रका नेपाली बिषय शिक्षक शिक्षिकाहरु मध्ये ५० जना जतिलार्ई पाठयक्रम, भाषा र साहित्यका बारे प्रशिक्षण समेत दिइएको कार्यक्रम वीरगन्ज महानगरपालिकाको सहयोगमा भएको छ । वीरगन्जको विर्तास्थित त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम माध्यमिक विद्यालयको सभाकक्षमा सुरु भएको कार्यक्रमको उद्घाटन वीरगन्ज महानगरपालिकाका महानगर प्रमुख राजेशमान सिंहले गरेका थिए । सो क्रममा महानगर प्रमुख सिंहले भाषा, संस्कृति र साहित्यको विकास वैभव वीरगन्जका लागि अपरिहार्य रहेको तर्क गरेका थिए । महानगरको सर्वाङ्गिण विकासका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार जस्तै भाषा, साहित्य तथा संस्कृतिको भूमिका पनि महत्वपूर्ण हुने बताएका थिए ।
विद्यार्थीलाई भाषा, साहित्य र व्याकरणको महत्व सिकाउन अपरिहार्य भइरहेको वर्तमानमा शिक्षकहरुले समेत स्तरीय शिक्षण गर्न जान्नु पर्ने आवश्यकतालाई मध्यनजर गरी विभिन्न २५ विद्यालयका नेपाली शिक्षक–शिक्षिकाहरुलाई पनि कार्यक्रममा सहभागी गराइएको आयोजक साहित्यिक चौतारी नेपालको अध्यक्ष गीता भण्डारीले बताइन् । उनैको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यिक चौतारी नेपालका बरिष्ठ सल्लाहकार तथा प्राध्यापक डा. देबी नेपालले भाषा तथा साहित्यको जगेर्नामा वीरगन्ज महानगरले गरेको सहयोग प्रसंशा योग्य रहेको बताएका थिए । भोजपुरी भाषाको बाहुल्यता रहेको क्षेत्रमा नेपाली भाषा तथा साहित्यलाई पनि शुद्धसँग लेख्न र उचारण गर्दै यहाँका शिक्षक शिक्षिकाले पढाउन चुनौतीपूर्ण भए पनि महानगरको सचेतना र सहयोगले यस्ता कार्यक्रम मार्फत कमजोरी सच्याउन बल पुग्ने उनको भनाइ छ । साहित्य, भाषा तथा कलासँग विद्यार्थीलाई नजिक राख्न शिक्षक शिक्षिकाहरुको सिकाई गहन हुनु पर्ने पूर्व प्राज्ञ समेत रहेका डा.नेपालको जोड छ ।
सो कार्यक्रममा नारायणी वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा. विश्वम्भर शर्मा, लक्ष्मी साहित्य समाज पर्साका अध्यक्ष एवम् पत्रकार महेशचन्द्र गौतम, राजधानी दैनिक मधेश प्रदेश प्रमुख एवं प्रेस चौतारी नेपालका पर्साका अध्यक्ष तुलसी भण्डारी, व्हिन मधेशका अध्यक्ष आनन्द थामी लगायतले भाषा, व्याकरण तथा साहित्यको संरक्षण र प्रवद्र्धनमा सबैको साथ रहनु पर्नेमा जोड दिएका थिए ।
साहित्यिक चौतारी नेपालले वीरगन्ज महानगरका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुको क्षमता अभिवृद्धिका लागि संचालन गरेको कार्यशालामा शिक्षक शिक्षिकाहरुको पनि सकृय उपस्थिति रहेको थियो । समापन कार्यक्रममा सहभागी तथा सहयोगी संघसंस्था र व्यक्तिहरुलाई समेत विभिन्न प्रमाण पत्र सहित सम्मान गरिएको छ । तीन दिने कार्यक्रममा नेपाली भाषा तथा साहित्यको जगेर्णा नेपाली बिषय शिक्षक ५० जना र विद्यार्थीहरुलाई पनि सहभागी गराइएको थियो ।
सहभागीहरुलाई भाषा, साहित्य र प्रवद्र्धनका बारे प्रा.डा. देवी नेपाल र पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले प्रशिक्षण दिएका थिए । साहित्य चौतारी नेपालका महासचिव रामप्रसाद सुवेदीले सहजीकरण गरेको कार्यक्रमको समापन वीरगन्जकै बसपार्कस्थित अनमोल पार्टी प्यालेशमा भएको थियो । कार्यक्रम समापनमा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको सहभागीता रहेको थियो । उनले साहित्य, भाषा तथा पाठ्यक्रम निर्माण समाजको ऐन भएकोले यसलाई शुद्ध र सरल रुपमा यथार्थपरक ढंगले बाहिर ल्याउनु पर्नेमा जोड दिए । उक्त तीन पक्षमा संवेदनशिलता अपनाई अझ स्थानीय पहिचान झल्कने बिषयहरुलाई पनि समावेश गर्न सकिए अझ प्रभावकारी हुने सभामुख मण्डलले जोड दिए । साहित्यिक चौतारी नेपालकी केन्द्रीय कोषाध्यक्ष कमला भण्डारी ढकालले स्वागत मन्तव्य व्यक्ति गरेको कार्यक्रममा विभिन्न श्रष्टाहरुलाई कबिता वाचनको अवसर पनि दिइएको थियो ।

भिडियोहरु
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना