१. तपाईको विद्यालयको अवस्था बारे बताइदिनुस् न ?
यो विद्यालय यसै शैक्षिक वर्षबाट सुरुवात भएको होइन । आधा दशक पार गरी धेरै राम्रोसंग चलिरहेको छ । यहाँ पिजीदेखि १ सम्मका कक्षा संचालन भइरहेका छन् । हाम्रो विद्यालयमा डे केयर सेन्टरको पनि व्यवस्था छ । कामकाजी आमाबुबाहरुको लागि काम गर्न सहज गराउन सहयोग पुगोस् भन्ने उद्देश्यले डे केयर पनि संचालन गरेका छौं । हामी ८ महिनाका बच्चादेखि ६ वर्षसम्मका बच्चाहरुलाई शिशु स्याहार केन्द्रमा राख्ने गरी सेवा पनि दिइरहेका छौं । ८ महिनादेखि अढाइ वर्षसम्मको बच्चा १० जना छन् । उनीहरुलाई हेरचाह गर्ने २ जना दिदीहरु राखेको छ । उनीहरुले ६ वर्षदेखि मेरो विद्यालयमा काम गरिरहेका छन् । हरेक कक्षामा २० जनाको दरले विद्यार्थीहरु राखेका छौं । बच्चाहरुलाई संस्कार सिकाउने भनेर एक जना शिक्षक राखेका छौं । उहाँले नै बच्चाहरुलाई बोल्ने, कुरा गर्न सिकाउने र बच्चाहरुको मोवाइलको लत छुटाउने काम गर्छन् । हाम्रो विद्यालयमा आइ.एड.देखि बि. एड.सम्म गरेका शिक्षिकाहरु १४ जना छन् ।
२. विद्यार्थीको हितको लागि विद्यालयमा खाजाको व्यवस्था कस्तो छ ?
हाम्रो विद्यालयमा अभिभावकको सुविधालाई मध्य नजर गरेर खाजा दिने गरेका छौं । विद्यालयको मासिक शुल्कमा खाजाको पैसा जोडेका छैनौं । विद्यार्थीको स्वास्थ्य र अभिभावकको व्यस्ततालाई ध्यान राखेर पिजीदेखि कक्षा १ सम्मको बच्चालाई मेस चलाइरहेको छौं । जुन अभिभावकहरु खाजा बनाएर पठाउन, खुवाउन आउन सक्दैनन् । उनीहरुको बच्चाहरुलाई मेसमा नै खाजा खुवाउने गरिएको छ । जुन अभिभावकहरुले खाजा पठाउन भ्याउनु हुन्छ । उहाँहरु आफ्नो बच्चाकोलागि आफै खाजा पठाउनु हुन्छ । हामी कुनै जबर्जस्ती गर्दैनौं । हाम्रो विद्यालयमा नै खाजा खुवाउनुस् भन्दैनौं ।
३. बालबालिकालाई विद्यालयमा खेल मैदानको व्यवस्था पनि छ ?
हरेक आमाले बच्चाहरुलाई जन्म दिनु मात्र भएको छ । तर ८ महिनादेखि बच्चाहरु हामीसंगै बस्ने भएकोले दोस्रो आमाको रुपमा हामी छौं । त्यसैले उनीहरुको चौतर्फी विकासकोलागि हामीले नै सोच्नु पर्छ । सानो बच्चाहरुको लागि भवनको माथि ट्रष्ट राखेर बनाएका छौं । विद्यालयको भवनको पछाडी ठूलो मैदान छ । त्यहाँ बिहानको प्रार्थना, खेलकुद, योगा गराउने गरेका छौं । मन्टेश्वरीको लागि खेल्ने, पढ्ने समानहरु पनि छ । मन्टेश्वरी तालिम गरेको शिक्षक पनि छन् । म आफै पनि तालिम लिएको छु । ठूला–ठूला बच्चाहरुलाई म तालिम पनि दिन्छु ।
४. टाढाबाट आउन चाहने विद्यार्थीहरुको हकमा के व्यवस्था छ ?
हाम्रो विद्यालयमा जुन अभिभावकले पढाउन इच्छुक हुनुहुन्छ । समाजमा मध्यम र उच्च दुबै वर्गका अभिभावकका बालबालिकाहरुलाई पढाउन सहज होस् । भन्ने उद्देश्यले ई–रिक्सा र भ्यान दुबैको व्यवस्था गरेका छौं । मध्यम परिवारका अभिभावकहरुले अन्य विद्यालयको जस्तो २, ३ हजार तिर्न सक्दैनौं भनी गुनासो गरेको हुनाले ३ वटा ई रिक्सा राखेको छु । यो तीन वटा रुटमा जान्छ । एउटा १० देखि १२ जनासम्म बच्चाहरुलाई राखेर विद्यालयसम्म ल्याउने गछौं । ई–रिक्सामा चारैतिरबाट कभर गरेर चेन लगाएर बच्चाहरुलाई सुरक्षित भ्यान जस्तो बनाए ल्याउने गरेका छौं । प्रत्येक ई–रिक्सामा एक, एक जना दिदी जानुहुन्छ । एकदमै टाढाको बच्चाहरु छ । जुन अभिभावकहरुलाई भ्यान नै चाहियो भने पनि एउटा भ्यान पनि राखेको छु । जुन अभिभावकहरुलाई जस्तो सुविधा चाहियो त्यहि अनुसार नै उपलब्ध गराएको छु । नेश्नल मेडिकल रुटमा एउटा अटो जान्छ । अर्को विद्यालयको वरिपरिका एरियाहरु अमर चौक, नगवा, भिष्वा र एउटा घण्टाघर हुदैं राधेमाईसम्म जान्छ । प्रगतिनगर, परवानीपुर,गण्डकबाट पनि बच्चाहरु हाम्रो विद्यालयमा आउने गरेका छन् ।
६. चिल्ड्रेन गार्डेनमा नै किन विद्यार्थी भर्ना गर्ने ?
हाम्रो विद्यालयमा दक्ष शिक्षकहरु छन् । विद्यालयमा थोरै बच्चाहरु छन् । एउटा कक्षामा २० जना विद्यार्थीहरुको लागि २ जना शिक्षक र १ जना हेरचाह गर्ने दिदीहरु छन् । स्याहार सुसार एकदमै राम्रो हुन्छ । हरकेको घरमा जस्तो खाना पाइन्छ । अभिभावकहरुले घरबाट पठाएको खाना नखाएपनि हामीले यहाँ पाकेको खाना खुवाउने गर्छौ । त्यसको कुनै चार्ज लिदैनौं । यहाँ पढाउने काम गर्ने मजदुरदेखि डाक्टरसम्मको बच्चाहरु छन् । सबैको शुल्क एक समान छ । हरेक वर्गको मानिसहरुले यहाँ बच्चा पढाउन सक्छन् । मासिक ३ हजारमा ३ पटक खाना दिइरहेको छौं । अभिभावकहरुले अन्य विद्यालयको भन्दा यहाँको सुविधा मन पराएर डे केयरबाट कक्षा १ सम्म बढाउनु परेको हो । बालबालिकाहरुलाई चाहिने सबै सामाग्रीहरु मासिक ३ सय लिएर विद्यालयले नै उपलब्ध गराउने गरेका छौं । मेरो पुरा परिवार नै शिक्षा क्षेत्रमा छौं । पैसा कमाउन शिक्षामा लागेको होइन । शिक्षा क्षेत्रमा लाग्ने इच्छाको कारण नै लागेकोले शिक्षा सेवा हो ।
७.तपाइको विद्यालयमा के कस्ता शुल्क निर्धारण गरेको छ ?
विद्यार्थी भर्ना गरेको सुरुवातमा मासिक शुल्क जति भनेको हुन्छ । त्यति नै लिने गरेको छु । स्टेशनरी चार्ज ३ सय मात्र थपिएको हुन्छ । यातायातको खर्च र मेसमा खाना खानेले खानाको खर्च अलगै लाग्ने सबै अभिभावकहरुलाई थाहा छ । वार्षिक उत्सव,कुनै कार्यक्रमको शुल्क लिएको छैन । यो वर्ष भर्ना गर्दा ५ हजार धरौटी राख्ने गरेका छौं । तर कुनै पनि अभिभावकले २,३महिना शुल्क तिर्न नसक्दा धरौटी राखेको रकमबाट नै कटाएर मासिक शुल्क तिर्ने गर्छौ ।
८. अभिभावकहरुलाई अन्तिममा थप सुझावहरु पनि केही छन् ?
जो अभिभावक मेरो विद्यालयमा बच्चा पढाउन इच्छुक हुनुहुन्छ । एक पटक विद्यालय आएर हेर्नुस् । विद्यालयको गतिविधि हेरेर मूल्याङ्कन गर्न सक्नुहुनेछ । तपाइलाई सन्तुष्ट भएपछि हाम्रो विद्यालयमा ढुक्क भएर बच्चा भर्ना गर्न सक्नु हुनेछ । एक घरबाट निस्किएर बच्चा अर्को घरमा आउने हो । अझै तपाइले पठाएकौ भन्दा राम्रो संस्कार र शिक्षा दिएर हामी पठाउछौं । चिल्ड्रेन गार्डेन विद्यालयको उद्देश्य छ, असम्भव भन्ने शब्द शब्द कोषमा नै छैन । अटिजम भएको बच्चा होस् । भर्खरै जन्मेको बच्चा वा अन्य विद्यालयबाट आएको बच्चा होस् । कुनै पनि कारणले अभिभावकहरुको लागि असम्भव छ भने चिल्ड्रेन गार्डेन विद्यालयमा सम्भव छ ।
९. विद्यालय अपग्रेड तर्फ के सोच्नु भएको छ ?
अहिले कक्षा १ सम्म संचालन भइरहेको छ । कक्षा १ मा पढ्ने बालबालिकाको अभिभावकहरुको इच्छा छ । भोलिका दिनमा कक्षा २ पनि संचालन होस् । अभिभावकहरुको आग्रह र सोचलाई मध्य नजर गरेर अर्को वर्ष थप कक्षा संचालन गर्न माग गरेर कक्षा २ संचालन गर्ने सोचमा छौं । हाम्रो विद्यालयमा डे केयरदेखि पिजीसम्म ३५ जना विद्यार्थी र नर्सरीदेखि कक्षा १ सम्म ६५ जना विद्यार्थी छन् ।
१०.तपाईको विद्यालयमा महिला शिक्षिका राख्नुको कारण के हो ?
महिलाहरुले जसरी साना बालबालिकाहरुलाई बुझ्न सक्छन् । पुरुषहरुले त्यसरी बुझ्न सक्दैनन् । साना–साना बालबालिकाहरु विद्यालयमा पढ्ने भएकोले महिला शिक्षक नै उपयुक्त लागेर राखेको हो । महिलालाई पुरुष भएको ठाँउहरुमा काम गर्न धेरै समस्या हुन्छ । मैले १६ वर्षमा काम गर्दा भोगेको अनुभव र पुरुषहरुको कारणले पीडित भएको कारण नै महिला शिक्षिकाहरुलाई प्राथमिक्ता दिन्छु । महिलाहरुको दिगो विकासकोलागि घरमा बसेका गृहिणीहरुलाई पनि सिकाएर मेरो विद्यालयमा काम दिएको छु । यदि कुनै महिला पढेलेखेको हुनुहुन्छ र दुःखि हुनुहुन्छ । कुनै ठाँउमा काम पाउन सक्नु भएको छैन भने चिल्ड्रेन गार्डेन विद्यालयमा आउन सक्नुहुन्छ ।
भिडियोहरु
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना