प्याब्सन अन्तर विद्यालय चेस प्रतियोगिता शनिबार सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ ज्योतिनगरस्थित लिटल एञ्जल्स स्कुलमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भए ।
प्रतियोगितामा जुनियर र सिनियर कक्षाका विभिन्न १५ वटा विद्यालयका विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो । सिनियरतर्फ कक्षा ९–१० का विद्यार्थीहरुबीच भएको प्रतियोगितामा गौतम माद्यामिक विद्यालयका शिवम पाठक प्रथम, मस्कोट माविका निखिल बैठा दोश्रो र न्यू वेभ माविका राज चौधरी तेश्रो भएका थिए । त्यस्तै मिनिल्याण्ड माविका शत्रुधन कुमार साह र मुनलाईट माविका राहुल सहनीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
त्यस्तै कक्षा ६ देखि ८ सम्मको विद्यार्थीहरुबीच भएको प्रतिस्पर्धामा मस्कोट माविका शुभम सामल प्रथम, मुनलाईट माविका सनम श्रेष्ठ दोश्रो र वीरगञ्ज पब्लिक स्कुलका सन्चु प्रसाद चौरसिया तेश्रो भएका छन् । गौतम माविका रोमन यादव र न्यू वेभ माविका विशाल चौहानले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी कक्षा पाँचसम्मका विद्यार्थीहरुबीच भएको प्रतिस्पर्धामा गोल्डेन फ्युचर माविका सचिन यादव प्रथम, मनकामना माविका सार्थक श्रेष्ठ दोश्रो तथा ज्ञानज्योती माविका लक्की राजाले तेश्रो स्थान हासिल गरेका थिए । गौतम माविका अभिषेक यादव र साउथजोन माविका सुरज चौहानले सान्त्वना पुरस्कार पाए ।
छात्रातर्फको प्रतिस्पर्धामा मुनलाईट माविकी साक्षी साह प्रथम, मास्कोट माविकी स्नेहा साह दोश्रो, ज्ञानज्योती माविकी अहेना प्रविन तेश्रो तथा गोल्डेन माविकी शशी चौरसिया र ऋचा पटेलले सान्त्वना पुरस्कार पाएका छन् ।
प्रतियोगितामा विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय संगठन ९प्याब्सन० का केन्द्रीय सदस्य छेडुप लामा, विशिष्ट अतिथि प्याब्सन पर्साका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी, चेस खेलका प्रमुख अरविटर तथा वडा नम्बर २० का वडा अध्यक्ष रामकिशोर सिंह ९पराग०, प्याब्सन मधेस प्रदेशका बरिष्ठ उपाध्यक्ष श्याम केसी, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, कञ्चञ्जंघा माविका निर्देशक मार्टिन मोक्तान लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष आलोक चौरसियाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लिटल एञ्जल्स माविका निर्देशक तथा प्रिन्सिपल सन्नी पाख्रिनले गरेका थिए ।
भिडियोहरु
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना