अन्तर्राष्ट्रिय महिला दिवसको इतिहास हेर्ने हो भने, सन् १८५७ मा अमेरिकामा गार्मेन्टमा काम गर्ने महिला श्रमिकहरूले “समान काम समान ज्याला”को लागि हड्ताल गरे र केही परिवर्तन प्राप्त गरेपछि सन् १९१० मा डेनमार्कको कोपनहेगनमा क्लारा जेट्किनको नेतृत्वमा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनद्वारा ८ मार्चलाई ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’का रूपमा मनाउने प्रस्ताव पारित गरिएको थियो ! श्रमजिवी महिलाहरुको हक हित र अधिकारसंग जोडिएर आएको, विद्रोह परिवर्तन र क्रान्तिकारी इतिहास बोकेको त्यो ऐतिहासिक दिन हो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउदै जाने क्रममा सन् १९७५ मा संयुक्त राष्ट्रसंघले श्रमिक शब्द हटाएर ‘अन्तर्राष्ट्रिय महिला दिवस’ नामाकरण गरी प्रचार ग¥यो । त्यसपछि महिला दिवशलाई पनि फरक फरक ढंगले बुझ्न र मनाउन थालियो । एकथरी महिला तथा संघ संस्थाहरुले आठ मार्चलाई धुमधामका साथ मनाउने तर महिलाहरुका विद्यमान समस्याहरुलाई गौण सम्झने र यथास्थितिमा रमाउने गरेको पाइन्छ भने अर्को थरी महिलाहरुले यसलाई एउटा प्रेरणाको रुपमा लिंदै आठ मार्चको मुल्य, मान्यता र मर्मलाई आत्मसाथ गर्दै महिलामाथि हुने सबै प्रकारका विभेदको अन्त्यको निम्ति आन्दोलनकै एउटा मोर्चाको रुपमा मनाउँदै आइरहेका छन् । क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवश आरम्भ गरेकी थिइन् !
सुरुवात
पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवश अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डमा मनाइयो । संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवश मनाउन थालेपछि यसले आधिकारिक मान्यता पायो । सन् १९९६ मा राष्ट्रसङ्घले “विगत मनाउँदै, भविष्यबारे योजना गर्दै“ भन्ने विषयलाई आत्मसात् गर्यो । नेपालमा विसं २००७ सालदेखि उठ्दै आएको नेपाली महिला आन्दोलनको जगमा वि.स २०१६ सालदेखि नेपालमा पनि ८ मार्च मनाइँदै आएको हो भने, विसं २०४६ सालपछिको परिवर्तनपछि मात्रै नेपाली महिलाले यस दिनलाई सहजताका साथ मनाउन पाएका हुन् ।
सन्देशः
विश्वको मजदुर आन्दोलनमा महिलाहरूको क्रान्तिकारी भूमिकालाई यस दिवसले स्थापित गरेको छ । त्यही मजदुर आन्दोलनमा लाखौँ महिला सडकमा उत्रेर आफ्नो क्रान्तिकारी सौर्य, वीरता र बलिदानलाई अधिकार लिने लडाइँमा विजय प्राप्तिको दिनका रूपमा चिनाउँदै आएको ऐतिहासिक दिन नै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो । महिला मजदुरको अधिकार स्थापित गर्न विद्रोहको अभिव्यक्तिसहितको दिवस हो यो ।
हामीले इतिहासमा पढेका छौं । दास मुक्ति आन्दोलनमा हजारौँ महिला शहिद भए । किसान अर्धदासको मुक्तिका लागि लडाइँ हुँदा हजारौँ महिला विद्रोहका निम्ति तयार भए । सबैभन्दा शक्तिशाली मजदुर आन्दोलनमा महिलाको भूमिका अग्रणी रह्यो । समय क्रममा अगाडी बढ्दै जाँदा १५ औं १६ औं शताब्दीमा पश्चिम युरोपमा पुँजीवादी प्रणाली सुरु हुनथाल्यो । अठारौँ शताब्दीमा बेलायतको औद्योगिक क्रान्तिपछि उद्योगधन्दा र पँुजीमा भएको तीव्र विकासका क्रममा आएको परिवर्तनले पुँजीपतिहरूको स्थिति बलियो बनायो र अन्त्यमा सामन्तहरूका हातबाट सत्ता खोसियो । पुँजीपतिहरूको हातमा सत्ता केन्द्रित हुन थाल्यो । फलस्वरूप, उद्योगधन्दा, कलकारखानाको विकास भयो र त्यही अवस्थाबाट नयाँ युगले जन्म लियो ।
यी बाहेक पनि महिलाहरूमा जागेको पुँजीपतिविरुद्धको घृणालाई अधिकार प्राप्तिका निम्ति सचेत मानसिकताको उन्नत संगठन निर्माणमा प्रयोग गर्नका लागि उनीहरू जुट्न थाले । त्यसैको परिणाममा असमान कानुन र ज्यालाविरुद्ध महिलाहरूको विशाल प्रदर्शन सडकमा उत्रियो । सामूहिक प्रयास, दृढ संकल्प र कठोर त्यागले संसारका तानाशाहहरूलाई झुक्न बाध्य बनायो । विश्वको नर संहारकारी युद्धविरुद्ध शान्ति स्थापनाको आह्वान गर्दै करोडौँ महिलाले सडकमा जुलुस निकाले । त्यो संघर्ष एकता र विजयको प्रतीक थियो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात् ’८ मार्च’ । यस गरिमामय दिवशलाई विश्वभरका उत्पीडित श्रमजीवी, मजदुर महिलाले आफ्नो पुँजीका रूपमा ग्रहण गरेको इतिहासले प्रत्येक वर्ष मुक्ति पर्वका रूपमा समानताका पक्षधरहरूले मनाउँदै आएको मात्रै छैन । हाम्रो माग सम्बोधन गर्न सक्ने बनाएको दिनलाई सार्थक बनाउन पर्छ । महिला भएकै कारणले कोही पनि महिलाहरु कसैबाट प्रताडित हुनु पर्ने छैन । महिलालाई श्रृगारको बस्तुको रुपमा हैन एउटा पूर्ण मानवको रुपमा लिइनेछ ।
समाजको आँखामा महिला
देखे, भोगे अनुसार अझैसम्म पनि विश्व भरिनै महिला हिँसा अत्याधिक छन् । महिलाहरु खुलेर हिड्न,बोल्न सक्ने अवस्थामा परिवर्तन आएतापनि पुरुष र महिलाले गर्ने कामको जिम्मेवारी, हेर्ने दृष्टिकोण र गरिने व्यावहार फरक प्रकारको नै छ । अहिले संसारका विकसित र मानव अधिकारको ग्यारेन्टी भएका भनिएका देशहरूमा पनि महिलाहरुलाई साधनको रूपमा प्रयोग गरिरहेका छन् । खुलेआम महिलालाई बेच्न र बेचीन बाध्य पारिरहेको छ । केही मात्रमा भएका परिवर्तन एउटा सरकारत्मक समानता बाहेक समग्रमा समानता आउनै सकेको छैन । हाम्रो देशमा हेर्ने हो भने पनि दिनानुदिन बलात्कारका घटना घटिरहेका छन् । दाइजोको निहुँमा जीउदै जलाइएका छन् । छोरी छोरी जन्माएको निहुँमा अनेक मानसिक, शारीरिक र सामाजिक यातना खेपीरहेका छन्, मरे पछि गर्ने काजक्रियाको लागि छोरा नै चाहिने, बंश र अंश धान्न छोरा नै चाहिने चलनको अन्त्य भएको छैन जसले गर्दा गर्भमा छोरी रहेको थाहा पाएपछि गर्भपतन गराउनेको संख्या उस्तै छ । अझै सम्म पनि छोरीहरुलाई बाहिर एक्लै हिड्न सक्ने अवस्था छैन । तर यो छोरीको कारणले होइन, समाजको हेरिने गलत कारणले हो । समाजबाट दास युगको अन्त्य भयो तर महिलाहरु अझै दासीनै छन् । यो सत्य हो । तर यसो भनिरहँदा अहिले पनि सबै महिला त्यहिँ नै छन् जहाँबाट आन्दोलन शूरुभएको भन्ने त कदापि होइन । महिला आन्दोलन पश्चात थुप्रै परिवर्तन आएको भने सत्य हो । तर यो नै संतुष्टिको अन्तिम बिन्दु भने होइन भन्ने मात्र हो । पितृसत्ता विरुद्धको वैचारिक अभियानमा, सामाजिक मुल्य मान्यताको पर्खाल तोड्न र पुनारात्वन सोचमा सकारात्मक विज रोप्न अझ हामीले हाम्रो आन्दोलनको स्वरुप परिवर्तनको खाचो भने औल्याईराख्न यो दिवशमा संकल्ःप गर्न सक्नुपर्दछ भन्ने मान्यता हो । महिलाहरु राजनितीमा आउन त थालेका छन् सुखद पक्ष हो, । तर एक दुई जना महिलाहरुलाइ पदमा देखाउने र निर्णायक अधिकार पुरुषले नै लिने चलन अन्त्य भएको छैन । महिलालाई राजनीतिमा सबैभन्दा धेरै अधिकार दिन्छौ भन्ने राजनीति दलहरुले पनि पार्टी्भिभत्रै रहेको पितृसत्तालाई हटाउन सकिरहेका छैनन् । यो झन् गम्भीर समस्याको विषय बनिरहेको छ । धेरै अधिकारहरु प्राप्त गर्नु पर्ने भएकाले महिला आन्दोलनलाई पनि बर्गीय आन्दोलनको रुपमा अगाडि बढाऊँ । अन्तर्रा्ष्ष्ट्रिय महिला दिवशलाई उत्सवको रूपमा हैन आन्दोलनकै चरणको रुपमा मनाउन आवश्यक छ ! साँच्चै भन्ने हो भने हामीले अन्तर्राष्ट्रिय महिला दिवशलाई खुशीयालीको रूपमा मनाउन त्यो दिन मात्र सक्ने छांै जुनदिन महिला र पुरुषमा रहेका प्राकृतिक असमानता बाहेक अरु कुनै पनि असमानता हुने छैनन् । समाजले निर्माण गरेका हरेक बिभेदको अन्त्य हुनेछ । प्राकृतिक रूपमा पाएका जिम्मेबारी बाहेक सबै जिम्मेबारी समान हुनेछन् । महिला भएकै कारणले कोही पनि महिलाहरु कसैबाट प्रताडित हुनु पर्ने छैन । महिलालाई श्रृंगारको बस्तुको रुपमा होइन एउटा मानवको रुपमा लिनु पर्छ ।