फागुन चतुर्दशीको दिनलाइ महाशिवरात्री वर्तको रुपमा मनाइने परम्परा नेपालमा वा हिन्दू धर्मावलम्बी लोक जीवनमा रहिआएको पाइन्छ । यसै दिन सती देवीसित भगवान भोले शड्ढरको विवाह भएको कुरा पुराणहरुमा वर्णित रहेको छ । यस दिन आशुतोष भगवानको आफ्नो शक्ति सामथ्र्य अनुसार भक्तिपूर्वक पूजा अराधना गर्नाले अभिष्ट प्राप्ति हुन्छ भन्ने लोक विश्वास छ । दिनमा भगवान शड्ढरको पूजा अराधना तथा अहोरात्र जागरण गरेर शिवजीको ध्यान कीत्र्तन गर्नाले विशेष फल पाइन्छ भन्ने जनश्रुति रहेको छ । भगवान शड्ढरको बारेमा श्री कृष्ण जी श्रीमद्भागवतमा एक ठा“उमा भन्नु हुन्छ–ततस्य आशुतोषेभ्यो लब्धराज्यश्रियोद्धताः। (श्रीमद्भागवत, दशौं स्कन्ध, श्लोक ११),अर्थात् अर्का देवता आशुतोष हुन जो चाडै पग्लेर आफ्ना भक्तहरुलाइ साम्राज्यलक्ष्मी प्रदान गरि हाल्दछन । त्यस्तै शुकदेवजी भन्नु हुन्छ–शापप्रसादयोरीशा ब्रह्मविष्णुशिवादयः । शद्यःशापप्रसादोऽड्ड शिवो ब्रह्मान चाच्युतः ।।(श्रीमद्भागवत, दशौं स्कन्ध, श्लोक १२)। अर्थात् ब्रह्मा विष्णु र महादेव यी तीनै देवहरुले शाप तथा वरदान दिनमा सक्षम छन तर महादेवले शीघ्र प्रसन्न वा रुष्ट भएर वरदान वा शाप दिन्छन । यस सम्बन्धमा भगवान शिवजीले स्वयं भन्दछन–प्रीयेय तोयेन नृणां प्रपद्यतामहो त्वयाऽऽत्मा भृशमद्र्यते वृथा ।। (श्रीमद्भागवत, दशौं स्कन्ध, श्लोक २०)। अर्थात् हे भाइ म त मेरा भक्तहरुद्वारा जल मात्र चढाउनाले पनि सन्तुष्ट भएर भक्तको अभिष्ट प्रदान गरि दिन्छु, तिमीले बिनसित्ति मै आफ्नो शरिरलाइ किन कष्ट दिन्छौ ? जल मात्र चढाउनाले शिवजीले सन्तुष्ट हुने कुरा स्वीकार गरे पनि पण्डितज्यूहरु अथवा आफ्नो विशेष आग्रहमा पनि कल्याणेच्छु भक्तहरुले शिवरात्री पर्वको अवशरमा जल मात्र चढाउनाले सन्तुष्ट हुदैनन् । यस दिनको शुभअवशरमा शिवजीको विशेष पूजा अराधना गर्ने धोको अनुसार पञ्चोपचार वा षोडसोपचार विधिद्वारा शिवार्चन गर्नमा विशेष रुची राख्दछन । यस विशेष पूजाको क्रममा भक्तजनहरुले विहान नुहाइ धुवाइ गरेर शिवजीको विशेष पूजन अराधनामा स्वयंमेव नियुक्त हुन पुग्दछन । यस क्रममा पवित्रीकरण, आचमन, प्राणायाम, रक्षादीप–प्रज्वालन, स्वतिवाचन,स¬ङ्कल्प, तदन्तर गौरी गणेशको पूजन गरिन्छ । गौरी गणेशको पूजनको क्रममा आवाहन, प्राण प्रतिष्ठा, आसन, पाद्य, अघ्र्य, आचमन, स्नान, पञ्चामृत स्नान, शुद्धोदक स्नान, वस्त्र, यज्ञोपवित, चन्दन, पुष्पमाला, दूर्वाड्ढुर, सिन्दूर, अबीर, धूप, दीप, नैवेद्य, ऋतुफल,ताम्बूल(पान), दक्षिणा तथा आरतीका साथै पुष्पाञ्जली, प्रदक्षिणा तथा प्रार्थना र समपर्ण गरेर गौरी गणेशको पूजन सम्पूर्ण हुन्छ । गौरी गणेशको पूजन पछि शिवजीका पार्षदहरुको पूजनको क्रम सुरु हुन्छ । यस क्रमानुसार नन्दीश्वर पूजन, वीरभद्र पूजन, कार्तिकेय पूजन, कुबेर पूजन, कीर्तिमुख पूजन, तथा सर्प पूजन गरे पछि मात्र शिव पूजनको विधान सुरु हुन्छ । शिवजीको षोडस विधिद्वारा पूजन, अभिषेक गरेर शिवार्चन को विधि पूर्ण हुन्छ । पूजाको विधि सम्पूर्ण भए पछि शिवजीको विशेष स्तुति तथा क्षमापन गरिन्छ । बस्तुतः क्षमापनलाइ नै पूर्ण पूजा मान्नु पर्ने हुन्छ । किनकि देउताको पूजा सकिए पछि जुन सुकै महामहोपाध्याय पण्डतिले पनि देउतासित क्षमापनको क्रममा श्लोक पढदछन– आत्मा त्वं गिरिजामतिः सहचराः प्राणाः शरीरं गृहं, पूजा ते विषयोपभोगरचना निन्द्रा समाधिस्थितिः........विहितंविहितं वा सर्वमेतत् क्ष्भमस्व, जय जय करुणाब्धे श्री महादेव शम्भो । अर्थात हे शमभो ! मेरा आत्मा तपाइ हुनुहुन्छ, बुद्धि पार्वती जी हुन, प्राण तपाइका गण हुन, शरीर तपाइको मन्दिर हो, सम्पूर्ण विषयभोगका रचनाहरु तपाइको पूजा हो, मेरो सम्पूर्ण हिडाइ तपाइको परिक्रमा हो, तथा मैले बोलेका सम्पूर्ण शब्दहरु तपाइका स्तोत्र हुन । यस प्रकार मैले जुन जुन कर्म गर्दछु ती जम्मै तपाइका अराधना हुन ।
रुद्रह्दयोपनिषदमा भगवान शिवको श्रेष्ठताको विषयमा स्पष्ट के उल्लेख छ भने– सर्वदेवात्मको रुद्रः सर्वे देवाः शिवात्मकाः । यस श्लोक अनुसारले पनि महाशिवरात्री पर्वको शुभअवशरमा भक्तिपूर्वक शिवजीको पूजा अराधना तथा रात्री जागरणले भक्तजनहरुलाइ विशेष फल प्राप्ति हुन्छ किनकि सवै देवताहरु शिवजी कै रुप हुन । यिनको विशेष पूजन अर्चन मानिसको चतुर्विध पुरुषार्थ दिलाउनमा समर्थ छ ।
हाम्रो देशमा यस दिनको सुअवरमा भक्तहरु व्रत बस्ने, भगवान शिवजीको स्तोत्त पाठ गर्ने तथा रात्रीको समयमा शिवजीको धुनी बाली शिवार्चन गर्ने तथा शिवजी विषयक शिवचर्चा गर्ने गर्दछन् । यस दिन पशुपतिस्थानमा विश्व प्रसिद्ध मेला लाग्ने गर्दछ । जसमा देश विदेशका हजारौ भक्तजनहरु तथा साधु–सन्त र नागा बाबाहरुले भाग लिन आउदछन । देशको विभिन्न क्षेत्रमा अवस्थित शिवालयहरुमा पनि मेला तथा विशेष पूजा–अराधना हुने गर्दछ । यस दिनको पावन अवसरमा भगवान शिवले हामी सबैको कल्याण गरून भन्ने शुभकामना अर्पण गरौ, जय भोलेनाथ..अवघड़दानी..!